1दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन वर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।”
1And there was a famine in the days of David three years, year after year; and David inquired of Jehovah. And Jehovah said, It is for Saul, and for [his] house of blood, because he slew the Gibeonites.
2(गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।) राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।
2And the king called the Gibeonites, and spoke to them. (Now the Gibeonites were not of the children of Israel, but of the remainder of the Amorites; and the children of Israel had sworn to them; and Saul sought to smite them in his zeal for the children of Israel and Judah.)
3दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”
3And David said to the Gibeonites, What shall I do for you? and with what shall I make atonement, that ye may bless the inheritance of Jehovah?
4गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।” दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”
4And the Gibeonites said to him, As to Saul and his house, it is with us no question of receiving silver or gold, neither is it for us to have any man put to death in Israel. And he said, What ye say will I do for you.
5गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो।
5And they said to the king, The man that consumed us, and that devised against us that we should be destroyed from remaining in all the borders of Israel,
6दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।” राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”
6let seven men of his sons be given up to us, and we will hang them up to Jehovah in Gibeah of Saul, the chosen of Jehovah. And the king said, I will give [them].
7तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए।
7But the king spared Mephibosheth, the son of Jonathan the son of Saul, because of Jehovah's oath that was between them, between David and Jonathan the son of Saul.
8दाऊदले आरमोनी र मपीबोशेत तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका र्बजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए।
8And the king took the two sons of Rizpah the daughter of Aiah, whom she had borne to Saul, Armoni and Mephibosheth; and the five sons of [the sister of] Michal the daughter of Saul, whom she had borne to Adriel the son of Barzillai the Meholathite;
9दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।
9and he gave them into the hands of the Gibeonites, and they hanged them on the hill before Jehovah. And they fell all seven together, and were put to death in the first days of the harvest, in the beginning of barley harvest.
10रिस्पा, एयाइकी छोरीले भाडरा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाडरा चट्टामाथि फसल काटिने शुरू देखि लिएर वर्षाको शुरू नहुञ्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्।
10Then Rizpah the daughter of Aiah took sackcloth, and spread it for her upon the rock, from the beginning of harvest until water poured on them out of the heavens, and suffered neither the fowl of the heavens to rest on them by day, nor the beasts of the field by night.
11मानिसहरूले दाऊदलाई रिश्पाको यस्तो गति-विधीमाथि सबै जानकारी गराए।
11And it was told David what Rizpah the daughter of Aiah, the concubine of Saul, had done.
12तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गल्बिम झुण्डाएका थिए।
12And David went and took the bones of Saul and the bones of Jonathan his son from the men of Jabesh-Gilead, who had stolen them from the open place of Beth-shan, where the Philistines had hanged them, the day the Philistines had smitten Saul in Gilboa;
13दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए।
13and he brought up from thence the bones of Saul and the bones of Jonathan his son; and they gathered the bones of them that were hanged.
14बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।
14And they buried [them] with the bones of Saul and Jonathan his son in the country of Benjamin in Zela, in the sepulchre of Kish his father; and they did all that the king had commanded. And afterwards God was propitious to the land.
15पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए।
15And the Philistines had yet war again with Israel; and David went down, and his servants with him, and fought with the Philistines. And David was exhausted.
16इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।
16And Ishbibenob, who was of the children of Raphah -- the weight of his lance was three hundred shekels of bronze, and he was girded with new [armour] -- thought to smite David.
17तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए। तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन।”
17And Abishai the son of Zeruiah succoured him, and smote the Philistine and killed him. Then the men of David swore to him, saying, Thou shalt go no more out with us to battle, that thou quench not the lamp of Israel.
18पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।
18And it came to pass after this, that there was again a battle with the Philistines, at Gob; then Sibbechai the Hushathite smote Saph, who was of the children of Raphah.
19फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।
19And there was again a battle at Gob with the Philistines; and Elhanan the son of Jaare-oregim, a Bethlehemite, smote Goliath the Gittite; now the shaft of his spear was like a weaver's beam.
20गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औला थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो।
20And there was again a battle, at Gath; and there was a man [there] of great stature, that had on each hand six fingers, and on each foot six toes, four and twenty in number; and he also was born to Raphah.
21त्यो मानिसले इस्राएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। जोनाथन चाहिं दाऊदका भाइ शिमीका छोरा थिए।
21And he defied Israel; but Jonathan the son of Shimea David's brother smote him.
22यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।
22These four were born to Raphah, in Gath; and they fell by the hand of David, and by the hand of his servants.