1“यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।
1Thou shalt not see thy brother's ox or his sheep go astray, and hide thyself from them: thou shalt in any case bring them back unto thy brother.
2यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउञ्जेलसम्म राख्न सएछौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ।
2And if thy brother be not near unto thee, and thou know him not, then thou shalt bring it unto thy house, and it shall be with thee until thy brother seek after it, and thou shalt restore it unto him.
3यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।
3And so shalt thou do with his ass; and so shalt thou do with his clothing; and so shalt thou do with everything that is lost of thy brother, which he loseth, and thou findest: thou mayest not hide thyself.
4“यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।
4Thou shalt not see thy brother's ass or his ox fall by the way, and hide thyself from them: thou shalt in any case [help] him to lift them up.
5“कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।
5There shall not be a man's apparel on a woman, neither shall a man put on a woman's clothing; for whoever doeth so is an abomination to Jehovah thy God.
6“तिमी बाटोमा हिडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सएछौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।
6If a bird's nest chance to be before thee in the way, in any tree, or upon the ground, with young or with eggs, and the dam sitting upon the young or upon the eggs, thou shalt not take the dam with the young:
7आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सएछौ।
7thou shalt in any case let the dam go, and thou mayest take the young to thee, that it may be well with thee, and that thou mayest prolong thy days.
8“जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।
8When thou buildest a new house, thou shalt make a parapet for thy roof, that thou bring not blood upon thy house, if any one should in any wise fall from it.
9“तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किन? किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।
9Thou shalt not sow thy vineyard with [seed of] two sorts, lest the whole of thy seed which thou hast sown, and the produce of thy vineyard, be forfeited.
10“गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।
10Thou shalt not plough with an ox and an ass together.
11“तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।
11Thou shalt not wear a garment of mixed material, [woven] of wool and linen together.
12“तिमीले धेरै धागाहरूका टुक्रा सँगै बाँधेर फुर्का बनाउनु पर्छ अनि ती फुर्काहरू आफ्नो लुगाको चार कुनामा बाँध्नु पर्छ।
12Tassels shalt thou make thee on the four corners of thy clothing, wherewith thou coverest thyself.
13“एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सएछ।
13If a man take a wife, and go in unto her and hate her,
14मानिसले झूटो बोल्नु सएछ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सएछन्।
14and charge her with things for scandalous talk, and cause an evil name against her to be spread abroad, and say, This woman have I taken, and I came in unto her, and I did not find her a virgin;
15यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ।
15then shall the father of the damsel, and her mother, take and bring forth the tokens of the damsel's virginity unto the elders of the city in the gate;
16त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन।
16and the damsel's father shall say unto the elders, I gave my daughter unto this man as wife, and he hates her;
17यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।”‘ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा देखाउनु पर्छ।
17and behold, he charges her with things for scandalous talk, saying, I found not thy daughter a virgin; and here are the tokens of my daughter's virginity. And they shall spread the cloth before the elders of the city.
18तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ।
18And the elders of that city shall take the man and chastise him;
19तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन।
19and they shall fine him a hundred shekels of silver, and give them unto the father of the damsel, because he hath caused an evil name to be spread abroad against a virgin in Israel. And she shall remain his wife: he may not put her away all his days.
20“तर यस्तो पनि हुनु सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सएछ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसकलान्। यदि यस्तो भयो भने,
20But if this thing is true, [and] virginity hath not been found with the damsel;
21शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किन? किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।
21then they shall bring out the damsel unto the entrance of her father's house, and the men of her city shall stone her with stones that she die: because she hath wrought infamy in Israel, committing fornication in her father's house; and thou shalt put evil away from thy midst.
22“यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।
22If a man be found lying with a man's wife, they shall both of them die, the man that lay with the woman, and the woman; and thou shalt put away evil from Israel.
23“यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ,
23If a damsel, a virgin, be betrothed to some one, and a man find her in the city, and lie with her,
24तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।
24then ye shall bring them both out unto the gate of that city, and stone them with stones that they die; the damsel, because she cried not, [being] in the city, and the man, because he hath humbled his neighbour's wife; and thou shalt put evil away from thy midst.
25“तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरदस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ।
25But if a man find a betrothed damsel in the field, and the man force her, and lie with her, then the man only that lay with her shall die;
26तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन।
26and unto the damsel thou shalt do nothing: there is in the damsel no sin worthy of death; for as when a man riseth against his neighbour, and murdereth him, so is this matter;
27त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एकलै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षीको निम्ति कराएकी हुन सकछ तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।
27for he found her in the field, the betrothed damsel cried, and there was no one to save her.
28“एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे,
28If a man find a damsel, a virgin, who is not betrothed, and lay hold on her, and lie with her, and they be found,
29त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिकका तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किन? किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुञ्जेल छोड्न पाउँदैन।
29then the man that lay with her shall give unto the damsel's father fifty [shekels] of silver, and she shall be his wife, because he hath humbled her; he may not put her away all his days.
30“कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।
30A man shall not take his father's wife, nor uncover his father's skirt.