Nepali

Darby's Translation

Deuteronomy

6

1“आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
1And these are the commandments, the statutes, and the ordinances, which Jehovah your God commanded to teach you, that ye may do them in the land whereunto ye pass over to possess it,
2सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।
2that thou mayest fear Jehovah thy God, to keep all his statutes and his commandments which I command thee, thou, and thy son, and thy son's son, all the days of thy life; and that thy days may be prolonged.
3हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।
3And thou shalt hear, Israel, and take heed to do [them]; that it may be well with thee, and that ye may increase greatly, as Jehovah the God of thy fathers hath said unto thee, in a land flowing with milk and honey.
4“हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
4Hear, Israel: Jehovah our God is one Jehovah;
5तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।
5and thou shalt love Jehovah thy God with all thy heart, and with all thy soul, and with all thy strength.
6आज मैले दिएको आज्ञाहरू सधैं सम्झना राख।
6And these words, which I command thee this day, shall be in thy heart;
7जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।
7and thou shalt impress them on thy sons, and shalt talk of them when thou sittest in thy house, and when thou goest on the way, and when thou liest down, and when thou risest up.
8मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख
8And thou shalt bind them for a sign on thy hand, and they shall be for frontlets between thine eyes.
9तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
9And thou shalt write them upon the posts of thy house, and upon thy gates.
10“परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।
10And it shall be, when Jehovah thy God bringeth thee into the land which he swore unto thy fathers, to Abraham, to Isaac, and to Jacob, to give thee: great and good cities which thou buildedst not,
11परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।
11and houses full of everything good which thou filledst not, and wells digged which thou diggedst not, vineyards and oliveyards which thou plantedst not, and thou shalt have eaten and shalt be full;
12“तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।
12[then] beware lest thou forget Jehovah who brought thee forth out of the land of Egypt, out of the house of bondage.
13परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ।
13Thou shalt fear Jehovah thy God, and serve him, and shalt swear by his name.
14तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन।
14Ye shall not go after other gods, of the gods of the peoples that are round about you;
15परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
15for Jehovah thy God is a jealous ùGod in thy midst; lest the anger of Jehovah thy God be kindled against thee, and he destroy thee from the face of the earth.
16“तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।
16Ye shall not tempt Jehovah your God, as ye tempted him in Massah.
17तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ।
17Ye shall diligently keep the commandments of Jehovah your God, and his testimonies, and his statutes, which he hath commanded thee.
18तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ।
18And thou shalt do what is right and good in the sight of Jehovah, that it may be well with thee, and that thou mayest enter in and possess the good land which Jehovah swore unto thy fathers,
19अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।
19thrusting out all thine enemies from before thee, as Jehovah hath spoken.
20“भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’
20When thy son shall ask thee in time to come, saying, What are the testimonies, and the statutes, and the ordinances, which Jehovah our God hath commanded you?
21तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो।
21then thou shalt say unto thy son, We were Pharaoh's bondmen in Egypt; and Jehovah brought us out of Egypt with a powerful hand;
22परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं।
22and Jehovah shewed signs and wonders, great and grievous, upon Egypt, upon Pharaoh, and upon all his household, before our eyes;
23“त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो।
23and he brought us out thence, that he might bring us in, to give us the land which he swore unto our fathers.
24परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैं जीवित राख्नु हुनेछ।
24And Jehovah commanded us to do all these statutes, to fear Jehovah our God, for our good continually, that he might preserve us alive, as it is this day.
25परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’
25And it shall be our righteousness if we take heed to do all these commandments before Jehovah our God, as he hath commanded us.