1“तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।
1When Jehovah thy God shall bring thee into the land whither thou goest to possess it, and shall cast out many nations from before thee, the Hittites, and the Girgashites, and the Amorites, and the Canaanites, and the Perizzites, and the Hivites, and the Jebusites, seven nations greater and mightier than thou,
2परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।
2and when Jehovah thy God shall give them up before thee and thou shalt smite them, then shalt thou utterly destroy them: thou shalt make no covenant with them, nor shew mercy unto them.
3ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।
3And thou shalt make no marriages with them: thy daughter thou shalt not give unto his son, nor take his daughter for thy son;
4किन? कारण, तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
4for he will turn away thy son from following me, and they will serve other gods, and the anger of Jehovah will be kindled against you, and he will destroy thee quickly.
5“तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।
5But thus shall ye deal with them: ye shall break down their altars, and shatter their statues, and hew down their Asherahs, and burn their graven images with fire.
6किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ।
6For a holy people art thou unto Jehovah thy God: Jehovah thy God hath chosen thee to be unto him a people for a possession, above all the peoples that are upon the face of the earth.
7किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ।
7Not because ye were more in number than all the peoples, hath Jehovah been attached to you and chosen you, for ye are the fewest of all the peoples;
8तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किन? किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसंग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।
8but because Jehovah loved you, and because he would keep the oath which he had sworn unto your fathers, hath Jehovah brought you out with a powerful hand, and redeemed you out of the house of bondage, from the hand of Pharaoh king of Egypt.
9“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
9And thou shalt know that Jehovah thy God, he is God, the faithful ùGod, who keepeth covenant and mercy to a thousand generations with them that love him and keep his commandments;
10“तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न।
10and repayeth them that hate him [each] to his face, to cause them to perish: he delayeth not with him that hateth him, he will repay him to his face.
11यसकारण आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ।
11And thou shalt keep the commandment, and the statutes, and the ordinances, which I command thee this day, to do them.
12“यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुसरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ।
12And it shall come to pass, if ye hearken to these ordinances, and keep and do them, that Jehovah thy God will keep with thee the covenant and the mercy which he swore unto thy fathers;
13उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।
13and he will love thee, and bless thee, and multiply thee, and will bless the fruit of thy womb, and the fruit of thy ground, thy corn and thy new wine, and thine oil, the offspring of thy kine, and the increase of thy sheep, in the land which he swore unto thy fathers to give thee.
14“अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू बियाउने योग्य हुनेछन्।
14Thou shalt be blessed above all the peoples; there shall not be male or female barren with thee, or with thy cattle;
15परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।
15and Jehovah will take away from thee all sickness, and none of the evil infirmities of Egypt, which thou knowest, will he put upon thee; but he will lay them upon all them that hate thee.
16तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किन? किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।
16And thou shalt consume all the peoples that Jehovah thy God will give up unto thee; thine eye shall not spare them, and thou shalt not serve their gods; for that would be a snare unto thee.
17“‘यी देशहरू हामीभन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ, यस्ता कुराहरू मनमा नसोच।
17If thou shouldest say in thy heart, These nations are greater than I; how can I dispossess them?
18तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो।
18fear them not; remember well what Jehovah thy God did unto Pharaoh, and unto all the Egyptians;
19तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा उपयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।
19the great trials which thine eyes saw, and the signs, and the wonders, and the powerful hand, and the stretched-out arm, whereby Jehovah thy God brought thee out: so will Jehovah thy God do unto all the peoples whom thou fearest.
20“परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई ध्वंश पार्नु हुनेछ।
20Moreover, Jehovah thy God will send the hornet among them, until they that are left, and they that hide themselves from thee, are destroyed.
21ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।
21Thou shalt not be afraid of them; for Jehovah thy God is in thy midst, a ùGod great and terrible.
22अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगलीजनावरहरू तिमीहरूका लागि ज्यादै बढने छन्।
22And Jehovah thy God will cast out those nations from before thee by little and little; thou shalt not be able to make an end of them at once, lest the beasts of the field increase upon thee.
23तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ।
23But Jehovah thy God will give them up before thee, and will confound them with great consternation, until they are destroyed.
24परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।
24And he will give their kings into thy hand, and thou shalt put out their name from under the heavens; no man shall stand before thee, until thou hast destroyed them.
25“तिमीहरूले तिनीहरूका देव-देवताको मूर्तिहरू आगोमा फ्याँकि दिनु पर्छ अनि जलाएर नष्ट परिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा ध्वंश पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुँदैन।
25The graven images of their gods shall ye burn with fire; thou shalt not covet the silver and gold [that is] on them and take it unto thee, lest thou be ensnared therein; for it is an abomination to Jehovah thy God.
26तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।
26And thou shalt not bring an abomination into thy house, lest thou be a cursed thing like it: thou shalt utterly detest it, and thou shalt utterly abhor it; for it is a cursed thing.