1“दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।
1And thou shalt make the tabernacle [with] ten curtains of twined byssus, and blue, and purple, and scarlet: with cherubim of artistic work shalt thou make them.
2हरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ।
2The length of one curtain shall be twenty-eight cubits, and the breadth of one curtain four cubits -- one measure for all the curtains.
3पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ।
3Five of the curtains shall be coupled one to another, and [the other] five curtains coupled one to another.
4पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुर्काउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर।
4And thou shalt make loops of blue on the edge of the one curtain at the end of the coupling; and likewise shalt thou make [them] in the edge of the outermost curtain in the other coupling.
5हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ।
5Fifty loops shalt thou make in the one curtain, and fifty loops shalt thou make at the end of the curtain in the other coupling: the loops shall be opposite to one another.
6त्यसपछि ती पर्दाहरूसंगै जोडनका लागि पाँचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसंगै जोडेर एउटा पवित्र पाल बनाऊ।
6And thou shalt make fifty clasps of gold, and couple the curtains together with the clasps, that the tabernacle may be one [whole].
7“तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ।
7And thou shalt make curtains of goats' [hair] for a tent over the tabernacle: eleven curtains shalt thou make them.
8यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लमाइ र चार हात चौडाइ गरी सबै बराबर हुनुपर्छ।
8The length of one curtain shall be thirty cubits, and the breadth of one curtain four cubits -- one measure for the eleven curtains.
9पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छःवटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख।
9And thou shalt couple five of the curtains by themselves, and six of the curtains by themselves, and shalt double the sixth curtain in the front of the tent.
10एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्।
10And thou shalt make fifty loops on the edge of the outermost curtain of the coupling, and fifty loops on the edge of the curtain in the other coupling.
11काँसाका पचासवटा मुन्द्रीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर।
11And thou shalt make fifty clasps of copper, and put the clasps into the loops, and couple the tent, that it may be one [whole].
12यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ।
12And that which remaineth hanging over of the curtains of the tent, the half curtain that remaineth, shall hang over the rear of the tabernacle.
13यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ।
13And the cubit on the one side, and the cubit on the other side of that which remaineth in the length of the curtains of the tent, shall hang over the sides of the tabernacle on this side and on that side, to cover it.
14बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।
14And thou shalt make a covering for the tent of rams' skins dyed red, and a covering of badgers' skins over [that].
15“पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर।
15And the boards for the tabernacle thou shalt make of acacia-wood, standing up;
16अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौडा हुनै पर्छ।
16ten cubits the length of the board, and a cubit and a half the breadth of one board.
17एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर।
17One board shall have two tenons, connected one with the other: thus shalt thou make for all the boards of the tabernacle.
18पवित्र पालको दक्षिण पट्टि जोडन बीसवटा फल्याकहरू बनाऊ,
18And thou shalt make the boards for the tabernacle, twenty boards on the south side southward.
19अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ।
19And thou shalt make forty bases of silver under the twenty boards; two bases under one board for its two tenons, and two bases under another board for its two tenons.
20पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ।
20And for the other side of the tabernacle on the north side there shall be twenty boards.
21अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चादीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ दुइवटा बनाऊ।
21And their forty bases of silver; two bases under one board, and two bases under another board.
22अझ छवटा फल्याकहरू बनाऊ।
22And for the rear of the tabernacle westward thou shalt make six boards.
23पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ।
23And two boards shalt thou make for the corners of the tabernacle at the rear;
24कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसंगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ।
24and they shall be joined beneath, and together shall be united at the top thereof to one ring: thus shall it be for them both; they shall be for the two corners.
25त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।
25And there shall be eight boards, and their bases, of silver, sixteen bases; two bases under one board, and two bases under another board.
26“पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर।
26And thou shalt make bars of acacia-wood; five for the boards of the one side of the tabernacle,
27पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ।
27and five bars for the boards of the other side of the tabernacle, and five bars for the boards of the side of the tabernacle at the rear westward;
28माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।
28and the middle bar in the midst of the boards reaching from one end to the other.
29“फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ।
29And thou shalt overlay the boards with gold, and make [of] gold their rings, the receptacles of the bars, and shalt overlay the bars with gold.
30मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।
30And thou shalt set up the tabernacle according to its fashion, as hath been shewn thee on the mountain.
31“निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।
31And thou shalt make a veil of blue, and purple, and scarlet, and twined byssus; of artistic work shall it be made, with cherubim.
32बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ।
32And thou shalt attach it to four pillars of acacia-wood overlaid with gold, their hooks of gold; they shall be on four bases of silver.
33करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ।
33And thou shalt bring the veil under the clasps, and bring in thither, inside the veil, the ark of the testimony; and the curtain shall make a division to you between the holy [place] and the holiest of all.
34महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।
34And thou shalt put the mercy-seat on the ark of the testimony in the holiest of all.
35“पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।
35And thou shalt set the table outside the veil, and the lamp-stand opposite to the table on the side of the tabernacle southward; and thou shalt put the table on the north side.
36“निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।
36And thou shalt make for the entrance of the tent a curtain of blue, and purple, and scarlet, and twined byssus, of embroidery.
37यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।”
37And thou shalt make for the curtain five pillars of acacia[-wood], and overlay them with gold; their hooks shall be of gold; and thou shalt cast five bases of copper for them.