1“बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ।
1And thou shalt make the altar of acacia-wood, five cubits the length, and five cubits the breadth; the altar shall be square; and the height thereof three cubits.
2त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।
2And thou shalt make its horns at the four corners thereof; its horns shall be of itself; and thou shalt overlay it with copper.
3“वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।
3And thou shalt make its pots to cleanse it of the fat, its shovels, and its bowls, and its forks, and its firepans; for all the utensils thereof thou shalt employ copper.
4वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ।
4And thou shalt make for it a grating of network of copper; and on the net shalt thou make four copper rings at its four corners;
5त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।
5and thou shalt put it under the ledge of the altar beneath, and the net shall be to the very middle of the altar.
6“वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर।
6And thou shalt make staves for the altar, staves of acacia-wood, and overlay them with copper.
7वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ।
7And its staves shall be put into the rings, that the staves may be on both sides of the altar, when it is carried.
8वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।
8Hollow with boards shalt thou make it: as it hath been shewn thee on the mountain, so shall they make [it].
9“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।
9And thou shalt make the court of the tabernacle. On the south side, southward, hangings for the court of twined byssus; a hundred cubits the length for the one side,
10र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ।
10and the twenty pillars thereof, and their twenty bases of copper, the hooks of the pillars and their connecting-rods of silver.
11उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसंग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।
11And likewise on the north side in length, hangings a hundred [cubits] long, and its twenty pillars, and their twenty bases of copper; the hooks of the pillars and their connecting-rods of silver.
12“पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ।
12-- And the breadth of the court on the west side, hangings of fifty cubits; their pillars ten, and their bases ten.
13पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ।
13-- And the breadth of the court on the east side, eastward, fifty cubits;
14एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ।
14the hangings on the one wing, of fifteen cubits; their pillars three, and their bases three.
15यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।
15And on the other wing hangings of fifteen [cubits]; their pillars three, and their bases three.
16“आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ।
16-- And for the gate of the court a curtain of twenty cubits, of blue, and purple, and scarlet, and twined byssus, embroidered with needlework; their pillars four, and their bases four.
17आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ।
17All the pillars of the court round about shall be fastened together with [rods of] silver; their hooks of silver, and their bases of copper.
18आँगन एक सय हात लामो अनि पचास हात चौडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ।
18The length of the court shall be a hundred cubits, and the breadth fifty everywhere, and the height five cubits of twined byssus; and their bases of copper.
19पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।
19All the utensils of the tabernacle for the service thereof and all the pegs thereof, and all the pegs of the court shall be of copper.
20“भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ।
20And thou shalt command the children of Israel, that they bring thee olive oil, pure, beaten, for the light, to light the lamp continually.
21हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
21In the tent of meeting outside the veil, which is before the testimony, Aaron and his sons shall dress them from evening to morning before Jehovah: [it is] an everlasting statute, for their generations, on the part of the children of Israel.