1नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए। येपेतका सन्तानहरु
1And these are the generations of the sons of Noah: Shem, Ham, and Japheth; and to them were sons born after the flood.
2येपेतका छोराहरु थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
2The sons of Japheth: Gomer, and Magog, and Madai, and Javan, and Tubal, and Meshech, and Tiras.
3गोमेरका छोराहरु थिए अशकनज, रीपत र तोगर्मा
3And the sons of Gomer: Ashkenaz, and Riphath, and Togarmah.
4याबानका छोराहरु थिए-एलीशा, तर्शोश, कित्तीम र दोदानीम।
4And the sons of Javan: Elishah, and Tarshish, Kittim, and Dodanim.
5तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए। तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरु थिए। हामका सन्तानहरु
5From these came the distribution of the isles of the nations, according to their lands, every one after his tongue, after their families, in their nations.
6हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।
6And the sons of Ham: Cush, and Mizraim, and Phut, and Canaan.
7कूशका छोहरु थिए-सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरु थिए-शबा र ददान।
7And the sons of Cush: Seba, and Havilah, and Sabtah, and Raamah, and Sabtecha. And the sons of Raamah: Sheba and Dedan.
8निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए।
8And Cush begot Nimrod: he began to be mighty on the earth.
9परमप्रभुको महान योद्धा शिकारीहरु मध्ये एकजना थिए। त्यसकारण मानिसहरु निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”
9He was a mighty hunter before Jehovah; therefore it is said, As Nimrod, the mighty hunter before Jehovah!
10शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो।
10And the beginning of his kingdom was Babel, and Erech, and Accad, and Calneh, in the land of Shinar.
11यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरु बनाए।
11From that land went out Asshur, and built Nineveh, and Rehoboth-Ir, and Calah,
12कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरु मध्ये कालह सबै भन्दा ठूलो थियो।
12and Resen, between Nineveh and Calah: this is the great city.
13मिश्र, लूद, अनाम, लहाब, नप्तूह,
13-- And Mizraim begot the Ludim, and the Anamim, and the Lehabim, and the Naphtuhim,
14पत्रुस, कसलू अनि कपतोर मानिसहरुका पिता थिए। (पलिश्ती मानिसहरु कसलूका सन्तान थिए।)
14and the Pathrusim, and the Casluhim, out of whom came the Philistines, and the Caphtorim.
15कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।
15-- And Canaan begot Sidon, his firstborn, and Heth,
16कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी,
16and the Jebusite, and the Amorite, and the Girgashite,
17हिब्बा, अर्कोत र सिनीत मानिसहरु,
17and the Hivite, and the Arkite, and the Sinite,
18अर्वादी, समारी र हमाती मानिसहरु उत्पन्न भए। यसरी कनानका सन्तानहरु संसारका जताततै फिंजिए।
18and the Arvadite, and the Zemarite, and the Hamathite. And afterwards the families of the Canaanites spread themselves abroad.
19कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
19And the border of the Canaanite was from Sidon, as one goes to Gerar, up to Gazah; as one goes to Sodom, and Gomorrah, and Admah, and Zeboim, up to Lesha.
20ती सब मानिसहरु हामका सन्तान थिए र ती सबै मानिसहरुको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरुको एउटा अलगै राज्य थियो।
20These are the sons of Ham, after their families, after their tongues, in their lands, in their nations.
21शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए।
21And to Shem -- to him also were [sons] born; he is the father of all the sons of Eber, the brother of Japheth the elder.
22शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।
22The sons of Shem: Elam, and Asshur, and Arphaxad, and Lud, and Aram.
23अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।
23And the sons of Aram: Uz, and Hul, and Gether, and Mash.
24अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,
24-- And Arphaxad begot Shelah; and Shelah begot Eber.
25एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
25And to Eber were born two sons: the name of the one was Peleg, for in his days was the earth divided; and his brother's name was Joktan.
26योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह,
26And Joktan begot Almodad, and Sheleph, and Hazarmaveth, and Jerah,
27हदोराम, ऊजाल, दिक्ला,
27and Hadoram, and Uzal, and Diklah,
28ओबाल, अबमाएल, शबा,
28and Obal, and Abimael, and Sheba,
29ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।
29and Ophir, and Havilah, and Jobab: all these were sons of Joktan.
30ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।
30And their dwelling was from Mesha, as one goes to Sephar, the eastern mountain.
31ती मानिसहरु शेमको परिवारका थिए। तिनीहरु आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्टमा गठित थिए।
31These are the sons of Shem, after their families, after their tongues, in their lands, after their nations.
32नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए। यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए।
32These are the families of the sons of Noah, after their generations, in their nations. And from these came the distribution of the nations on the earth after the flood.