Nepali

Darby's Translation

Genesis

11

1यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरु थिए।
1And the whole earth had one language, and the same words.
2जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे।
2And it came to pass as they journeyed from the east, that they found a plain in the land of Shinar, and dwelt there.
3तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरुको घर बनाउदा ढुङ्गाको सट्चामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।
3And they said one to another, Come on, let us make bricks, and burn [them] thoroughly. And they had brick for stone, and they had asphalt for mortar.
4तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”
4And they said, Come on, let us build ourselves a city and a tower, the top of which [may reach] to the heavens; and let us make ourselves a name, lest we be scattered over the face of the whole earth.
5परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो।
5And Jehovah came down to see the city and the tower which the children of men built.
6तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्।
6And Jehovah said, Behold, the people is one, and have all one language; and this have they begun to do. And now will they be hindered in nothing that they meditate doing.
7यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्‌न नसकून्।”
7Come, let us go down, and there confound their language, that they may not understand one another's speech.
8यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो।
8And Jehovah scattered them thence over the face of the whole earth. And they left off building the city.
9त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।
9Therefore was its name called Babel; because Jehovah there confounded the language of the whole earth. And Jehovah scattered them thence over the face of the whole earth.
10शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ वर्षपछि शेम जब एक सय वर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए।
10These are the generations of Shem. Shem was a hundred years old, and begot Arphaxad two years after the flood.
11अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।
11And Shem lived after he had begotten Arphaxad five hundred years, and begot sons and daughters.
12जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।
12And Arphaxad lived thirty-five years, and begot Shelah.
13शेलह पछि अर्पक्षद चार सय तीन वर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।
13And Arphaxad lived after he had begotten Shelah four hundred and three years, and begot sons and daughters.
14शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।
14And Shelah lived thirty years, and begot Eber.
15एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।
15And Shelah lived after he had begotten Eber four hundred and three years, and begot sons and daughters.
16एबेर चौंतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो।
16And Eber lived thirty-four years, and begot Peleg.
17पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।
17And Eber lived after he had begotten Peleg four hundred and thirty years, and begot sons and daughters.
18पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।
18And Peleg lived thirty years, and begot Reu.
19रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ वर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।
19And Peleg lived after he had begotten Reu two hundred and nine years, and begot sons and daughters.
20रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।
20And Reu lived thirty-two years, and begot Serug.
21सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरु पनि जन्मिए।
21And Reu lived after he had begotten Serug two hundred and seven years, and begot sons and daughters.
22सरूगको उमेर तीस वर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो।
22And Serug lived thirty years, and begot Nahor.
23नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
23And Serug lived after he had begotten Nahor two hundred years, and begot sons and daughters.
24नाहोरको उमेर उन्तीस वर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो।
24And Nahor lived twenty-nine years, and begot Terah.
25तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
25And Nahor lived after he had begotten Terah a hundred and nineteen years, and begot sons and daughters.
26तेरहको उमेर सत्तरी वर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।
26And Terah lived seventy years, and begot Abram, Nahor, and Haran.
27तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए।
27And these are the generations of Terah: Terah begot Abram, Nahor, and Haran; and Haran begot Lot.
28हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए।
28And Haran died before the face of his father Terah in the land of his nativity at Ur of the Chaldeans.
29अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।
29And Abram and Nahor took wives: the name of Abram's wife was Sarai; and the name of Nahor's wife, Milcah, a daughter of Haran, the father of Milcah and the father of Iscah.
30साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।
30And Sarai was barren: she had no child.
31तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।
31And Terah took Abram his son, and Lot the son of Haran his son's son, and Sarai his daughter-in-law, his son Abram's wife; and they went forth together out of Ur of the Chaldeans, to go into the land of Canaan, and came as far as Haran, and dwelt there.
32तेरह दुइ सय पाँच वर्षसम्म बाँचेर हारानमा मरे।
32And the days of Terah were two hundred and five years; and Terah died in Haran.