1परमप्रभुले अब्रामलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड र मैले देखाएको देशमा जाऊ।
1And Jehovah had said to Abram, Go out of thy land, and from thy kindred, and from thy father's house, to the land that I will shew thee.
2म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।
2And I will make of thee a great nation, and bless thee, and make thy name great; and thou shalt be a blessing.
3म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु। पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु।”
3And I will bless them that bless thee, and curse him that curseth thee; and in thee shall all families of the earth be blessed.
4यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर वर्ष पुगेका थिए।
4And Abram departed as Jehovah had said to him. And Lot went with him. And Abram was seventy-five years old when he departed out of Haran.
5अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए।
5And Abram took Sarai his wife, and Lot his brother's son, and all their possessions that they had acquired, and the souls that they had obtained in Haran, and they went out to go into the land of Canaan; and into the land of Canaan they came.
6अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे।
6And Abram passed through the land to the place of Shechem, to the oak of Moreh. And the Canaanite was then in the land.
7त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।” अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए।
7And Jehovah appeared to Abram, and said, Unto thy seed will I give this land. And there he built an altar to Jehovah who had appeared to him.
8त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।
8And he removed thence towards the mountain on the east of Bethel, and pitched his tent, [having] Bethel toward the west, and Ai toward the east; and there he built an altar to Jehovah, and called on the name of Jehovah.
9तब अब्रामले यहूदाको दक्षिणी मरूभूमि इलाका नेगेबपट्टि आफ्नो यात्रा शुरू गरे।
9And Abram moved onward, going on still toward the south.
10त्यस समय त्यहाँ अनिकाल चलिरहेको थियो। त्यहाँ अनिकाल अत्यन्तै भएकोले तिनी केही समयको निम्ति मिश्र देशतिर लागे।
10And there was a famine in the land. And Abram went down to Egypt to sojourn there, for the famine was grievous in the land.
11तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ।
11And it came to pass when he was come near to enter into Egypt, that he said to Sarai his wife, Behold now, I know that thou art a woman fair to look upon.
12जब मिश्र देशीहरूले तिमीलाई देख्नेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्।
12And it will come to pass when the Egyptians see thee, that they will say, She is his wife; and they will slay me, and save thee alive.
13यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”
13Say, I pray thee, thou art my sister, that it may be well with me on thy account, and my soul may live because of thee.
14अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे।
14And it came to pass when Abram came into Egypt, that the Egyptians beheld the woman that she was very fair.
15केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे।
15And the princes of Pharaoh saw her, and praised her to Pharaoh; and the woman was taken into Pharaoh's house.
16फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।
16And he treated Abram well on her account; and he had sheep, and oxen, and he-asses, and bondmen, and bondwomen, and she-asses, and camels.
17फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो।
17And Jehovah plagued Pharaoh and his house with great plagues because of Sarai Abram's wife.
18यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। किन?
18And Pharaoh called Abram, and said, What is this thou hast done to me? Why didst thou not tell me that she was thy wife?
19तिमीले तिम्री बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ। यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखे। तर अब म तिम्री पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।”
19Why didst thou say, She is my sister, so that I took her as my wife. And now, behold, there is thy wife: take [her], and go away.
20त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे।
20And Pharaoh commanded [his] men concerning him, and they sent him away, and his wife, and all that he had.