1तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।
1And Jacob called his sons, and said, Gather yourselves together, and I will tell you what will befall you at the end of days.
2“हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।”
2Assemble yourselves, and hear, ye sons of Jacob, And listen to Israel your father.
3“रूबेन तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि अनि शक्तिशाली हुन्छस्।
3Reuben, thou art my firstborn, My might, and the firstfruits of my vigour: Excellency of dignity, and excellency of strength.
4तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्।”
4Impetuous as the waters, thou shalt have no pre-eminence; Because thou wentest up to thy father's couch: Then defiledst thou [it]: he went up to my bed.
5“शिमोन र लेवी दाज्यू-भाइ हुन्। तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँचन्। गह्रुँ
5Simeon and Levi are brethren: Instruments of violence their swords.
6तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहदिन अनि तिनीहरूको सभामा उपस्थित हुनु चाँहदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।
6My soul, come not into their council; Mine honour, be not united with their assembly; For in their anger they slew men, And in their wantonness houghed oxen.
7तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।”
7Cursed be their anger, for it [was] violent; And their rage, for it [was] cruel! I will divide them in Jacob, And scatter them in Israel.
8“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।
8Judah -- [as to] thee, thy brethren will praise thee; Thy hand will be upon the neck of thine enemies; Thy father's children will bow down to thee.
9यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफुले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस् अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।
9Judah is a young lion; From the prey, my son, thou art gone up. He stoopeth, he layeth himself down as a lion, And as a lioness: who will rouse him up?
10यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन। तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
10The scepter will not depart from Judah, Nor the lawgiver from between his feet, Until Shiloh come, And to him will be the obedience of peoples.
11उसले आफ्नो गधा दाखको बोटमा बाँध्नेछ। उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ। सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ।
11He bindeth his foal to the vine, And his ass's colt to the choice vine; He washeth his dress in wine, And his garment in the blood of grapes.
12उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन् उसका दाँतहरू दूधलेगर्दा सेता छन्।”
12The eyes are red with wine, And the teeth [are] white with milk.
13“जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”
13Zebulun will dwell at the shore of the seas; Yea, he will be at the shore of the ships, And his side [toucheth] upon Sidon.
14“इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम गर्न ढल्किएको बलियो गधा जस्तो हो।
14Issachar is a bony ass, Crouching down between two hurdles.
15ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ। ऊ हेर्छ उसको जग्गा राम्रो छ। त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ। ऊ कमारा जस्तै खट्न राजी हुने छ।” दान
15And he saw the rest that it was good, And the land that it was pleasant; And he bowed his shoulder to bear, And was a tributary servant.
16“दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।
16Dan will judge his people, As another of the tribes of Israel.
17दान बाटोको किनारमा बसेको सर्प झैं हुनेछ। दान बाटो छेउमा सुतिरहेको सर्प झैं भयानक हुनेछ। त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।
17Dan will be a serpent on the way, A horned snake on the path, Which biteth the horse's heels, So that the rider falleth backwards.
18“परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।” गाद
18I wait for thy salvation, O Jehovah.
19“एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ।”
19Gad -- troops will rush upon him; But he will rush upon the heel.
20“आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।”
20Out of Asher, his bread shall be fat, And he will give royal dainties.
21“नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो। अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।”
21Naphtali is a hind let loose; He giveth goodly words.
22“यूसुफ अत्यन्त सफल भएको छ। यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।
22Joseph is a fruitful bough; A fruitful bough by a well; [His] branches shoot over the wall.
23धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए।
23The archers have provoked him, And shot at, and hated him;
24दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।
24But his bow abideth firm, And the arms of his hands are supple By the hands of the Mighty One of Jacob. From thence is the shepherd, the stone of Israel:
25आफ्ना बाबुका परमेश्वरबाट शक्ति पाउनेछन्। सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
25From the ùGod of thy father, and he will help thee; And from the Almighty, and he will bless thee -- With blessings of heaven from above, With blessings of the deep that lieth under, With blessings of the breast and of the womb.
26मैले प्राप्त गरेको आशीर्वादहरू मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्। ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्।”
26The blessings of thy father surpass the blessings of my ancestors, Unto the bounds of the everlasting hills: They shall be on the head of Joseph, And on the crown of the head of him that was separated from his brethren.
27“बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो। बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ। अनि राती उ लुटेका वस्तुहरू भाग लगाउँछ।”
27Benjamin -- [as] a wolf will he tear to pieces; In the morning he will devour the prey, And in the evening he will divide the booty.
28यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो।
28All these are the twelve tribes of Israel, and this is what their father spoke to them; and he blessed them: every one according to his blessing he blessed them.
29तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।
29And he charged them, and said to them, I am gathered to my people: bury me with my fathers in the cave that is in the field of Ephron the Hittite,
30कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।
30in the cave that is in the field of Machpelah, which is opposite to Mamre, in the land of Canaan, which Abraham bought of Ephron the Hittite along with the field for a possession of a sepulchre.
31त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ।
31There they buried Abraham and Sarah his wife; there they buried Isaac and Rebecca his wife; and there I buried Leah.
32त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।” 33आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।
32The purchase of the field, and of the cave that is in it, was from the children of Heth.
33[This verse may not be a part of this translation]
33And when Jacob had made an end of commanding his sons, he gathered his feet into the bed, and expired, and was gathered to his peoples.