Nepali

Darby's Translation

Genesis

50

1जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए।
1And Joseph fell upon his father's face, and wept upon him, and kissed him.
2यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे।
2And Joseph commanded his servants the physicians to embalm his father. And the physicians embalmed Israel.
3मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।
3And forty days were fulfilled for him; for so are fulfilled the days of those who are embalmed. And the Egyptians mourned for him seventy days.
4सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसंग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु।
4And when the days of his mourning were past, Joseph spoke to the house of Pharaoh, saying, If now I have found favour in your eyes, speak, I pray you, in the ears of Pharaoh, saying,
5‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।”‘
5My father made me swear, saying, Behold, I die; in my grave which I have dug myself in the land of Canaan, there shalt thou bury me. And now, let me go up, I pray thee, that I may bury my father; and I will come again.
6फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”
6And Pharaoh said, Go up and bury thy father, according as he made thee swear.
7यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए।
7And Joseph went up to bury his father; and with him went up all the bondmen of Pharaoh, the elders of his house, and all the elders of the land of Egypt,
8तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए।
8and all the house of Joseph, and his brethren, and his father's house; only their little ones, and their flocks, and their herds, they left in the land of Goshen.
9मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।
9And there went up with him both chariots and horsemen; and the camp was very great.
10तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे।
10And they came to the threshing-floor of Atad, which is beyond the Jordan; and there they lamented with a great and very grievous lamentation; and he made a mourning for his father of seven days.
11जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।
11And the inhabitants of the land, the Canaanites, saw the mourning at the threshing-floor of Atad, and they said, This is a grievous mourning of the Egyptians. Therefore the name of it was called Abel-Mizraim, which is beyond the Jordan.
12यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे।
12And his sons did to him according as he had commanded them;
13तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो।
13and his sons carried him into the land of Canaan, and buried him in the cave of the field of Machpelah which Abraham had bought along with the field, for a possession of a sepulchre, of Ephron the Hittite, opposite to Mamre.
14आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।
14And, after he had buried his father, Joseph returned to Egypt, he and his brethren, and all that had gone up with him to bury his father.
15याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”
15And when Joseph's brethren saw that their father was dead, they said, If now Joseph should be hostile to us, and should indeed requite us all the evil that we did to him!
16यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो।
16And they sent a messenger to Joseph, saying, Thy father commanded before he died, saying,
17उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।” त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए।
17Thus shall ye speak to Joseph: Oh forgive, I pray thee, the transgression of thy brethren, and their sin! for they did evil to thee. And now, we pray thee, forgive the transgression of the servants of the God of thy father. And Joseph wept when they spoke to him.
18तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”
18And his brethren also went and fell down before his face, and said, Behold, we are thy bondmen.
19तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन।
19And Joseph said to them, Fear not: am I then in the place of God?
20यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो।
20Ye indeed meant evil against me: God meant it for good, in order that he might do as [it is] this day, to save a great people alive.
21यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।
21And now, fear not: I will maintain you and your little ones. And he comforted them, and spoke consolingly to them.
22यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश वर्ष पुगेर मरे।
22And Joseph dwelt in Egypt, he and his father's house; and Joseph lived a hundred and ten years.
23यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।
23And Joseph saw Ephraim's children of the third [generation]; the sons also of Machir the son of Manasseh were born on Joseph's knees.
24जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”
24And Joseph said to his brethren, I die; and God will certainly visit you, and bring you up out of this land, into the land that he swore unto Abraham, to Isaac, and to Jacob.
25तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”
25And Joseph took an oath of the children of Israel, saying, God will certainly visit you; and ye shall carry up my bones hence.
26यूसुफ जब एक सय दश वर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।
26And Joseph died, a hundred and ten years old; and they embalmed him; and he was put in a coffin in Egypt.