Nepali

Darby's Translation

Habakkuk

1

1यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।
1The burden which Habakkuk the prophet did see.
2हे परमप्रभु, म निरन्तर तपाईंसंग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसंग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
2Jehovah, how long shall I cry and thou wilt not hear? I cry out unto thee, Violence! and thou dost not save.
3मानिसहरुले सामानहरु लुट्छन् अनि अरु मानिसहरुलाई चोट पुर्याउँछन्। मानिसहरु लडाईं अनि झगडा गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरु देखाउनु हुँदैछ।
3Why dost thou cause me to see iniquity, and lookest thou upon grievance? For spoiling and violence are before me; and there is strife, and contention riseth up.
4व्यावस्थाका कानूनहरु ब्यर्थ भईसकेकोछ अनि मानिसहरुले न्याय गर्दैनन्। दुष्टहरुले धर्मीहरुलाई लडाईंमा जितिरहेछन्। यसकारण, न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
4Therefore the law is powerless, and justice doth never go forth; for the wicked encompasseth the righteous; therefore judgment goeth forth perverted.
5परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरुलाई हेर, तिनीहरुलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।
5See ye among the nations, and behold, and wonder marvellously; for [I] work a work in your days, which ye will not believe, though it be declared [to you].
6म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।
6For behold, I raise up the Chaldeans, that bitter and impetuous nation, which marcheth through the breadth of the earth, to possess dwelling-places that are not theirs.
7कल्दी मानिसहरुले अन्य जातिहरुलाई भयभित पार्नेछन्। कल्दी मानिसहरु आफु जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्।
7They are terrible and dreadful: their judgment and their dignity proceed from themselves.
8तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।
8And their horses are swifter than the leopards, and are more agile than the evening wolves; and their horsemen prance proudly, and their horsemen come from afar: they fly as an eagle that hasteth to devour.
9तिनीहरु सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरुका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरुले धेरै कैदीहरुलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।
9They come all of them for violence: the crowd of their faces is forwards, and they gather captives as the sand.
10“तिनीहरुका सैनिकहरुले अन्य देशका राजाहरुको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरु उनीहरुका निम्ति तमाशा बन्नेछन्। तिनीहरुको सैनिकहरु अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरुले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरुलाई सजिलै हराउँनेछन्।
10Yea, he scoffeth at kings, and princes are a scorn unto him; he derideth every stronghold: for he heapeth up dust, and taketh it.
11फेरि उनिहरु अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरु आफ्नो शक्तिको पूजा गर्छन्।”
11Then will his mind change, and he will pass on, and become guilty: this his power is become his +god.
12हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।
12-- Art thou not from everlasting, Jehovah my God, my Holy One? We shall not die. Jehovah, thou hast ordained him for judgment; and thou, O Rock, hast appointed him for correction.
13तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरुले पाप गरिरहेको हेर्न सकनु हुन्न। यसकारण तपाईले ती पापीहरुको बिजय कसरी हेर्नु हुन्छ? दुष्ट मानिसहरुले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्न?
13[Thou art] of purer eyes than to behold evil, and canst not look on mischief: wherefore lookest thou upon them that deal treacherously, [and] keepest silence when the wicked swalloweth up a [man] more righteous than he?
14“तपाईंले मानिसहरुलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरुछन्, तिनीहरु समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।”
14And thou makest men as the fishes of the sea, as the creeping things, that have no ruler over them.
15शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
15He taketh up all of them with the hook, he catcheth them in his net, and gathereth them into his drag; therefore he rejoiceth and is glad:
16बल्छी अनि जालले माछा मार्छ त्यसको कमाईले उसलाई मिठो खान र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरुले जालको पूजा गर्छन्। तिनीहरुले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरुको सम्मानमा धूप जलाउँछन्।
16therefore he sacrificeth unto his net, and burneth incense unto his drag; for by them his portion is become fat, and his meat dainty.
17के यसरी तिनीहरु आफ्ना जालहरुले धन कमाई रहेछन्? के तिनीहरु लगातार कुनै दया नदेखाई मानिसहरुलाई ध्वंश पारिरहने छन्?
17Shall he therefore empty his net, and not spare to slay the nations continually?