Nepali

Darby's Translation

Nahum

3

1यो हत्याराहरूको शहरलाई एकदमै नराम्रो हुनेछ! निनवे शहर एकदमै झुटले भरिएको छ। यो अन्य देशहरुबाट ल्याएको सामानहरुले भरिएकोछ।
1Woe to the bloody city! It is all full of lies [and] violence; the prey departeth not.
2तमीहरुले कोर्राको आवाज, पाङ्ग्राहरुको आवाज, घोडाहरुका दौड अनि रथहरु दगुर्दै गरेको आवाजहरु सुन्दैछौ।
2The crack of the whip, and the noise of the rattling of the wheels, and of the prancing horses, and of the bounding chariots!
3घोड-सवारले आक्रमण गरिरहेकाछन् र तिनीहरुका तरवारहरु चम्किरहेकाछन्, तिनीहरुको भालाहरु चम्किरहेकोछन्। त्यहाँ लाशको थुप्रो छ, अनगन्ती लाशहरु छरिएका छन्, मानिसहरु ती लाशहरुमा ठेस लागेर लरबराएकाछन्।
3The horseman springing up, and the glitter of the sword, and the flash of the spear, and a multitude of slain, and a mass of carcases, and no end of corpses: they stumble over their corpses.
4यी सबै निनवेको कारणले भएको हो। निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन। त्यसलाई अझै धेरै-धेरै चाहिन्छ। उसले अझै धेरै देशमा आफुलाई बेच्यो अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।
4-- Because of the multitude of the fornications of the well-favoured harlot, mistress of sorceries, that selleth nations through her fornications, and families through her sorceries,
5सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।
5behold, I am against thee, saith Jehovah of hosts; and I will uncover thy skirts upon thy face, and I will shew the nations thy nakedness, and the kingdoms thy shame.
6म तिमीमाथि घृणा लाग्दा चिजहरु फ्याँकिदिनेछु। म तिमीलाई घृणित ब्यवहार गर्नेछु। मानिसले तिमीलाई देख्नेछन्, अनि तिमीलाई देखेर हाँस्ने छन्।
6And I will cast abominable filth upon thee, and make thee vile, and will set thee as a gazing stock.
7प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्। तिनीहरुले भन्नेछन्, ‘निनवे ध्वंश भयो! उसका निम्ति को रूँन्छ?’ म जान्दछु कि निनवेलाई शान्तवना दिने म कोही पनि भेट्नेछैन।
7And it shall come to pass, [that] all they that see thee shall flee from thee, and shall say, Nineveh is laid waste! Who will bemoan her? whence shall I seek comforters for thee?
8निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरुबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो।
8Art thou better than No-Amon, that was situate among the rivers, [that had] the waters round about her, whose rampart was the sea, [and] of the sea was her wall?
9[This verse may not be a part of this translation]
9Ethiopia was her strength, and Egypt, and it was infinite; Phut and the Libyans were her helpers.
10तर अमोन पराजि भयो। तिनका मानिसहरु कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरुको कुनामा शत्रुका सैनिकहरुले उसका साना-साना नानीहरुलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरुलाई उनीहरुले साङ्गलाले बाँधे।
10She too was carried away, she went into captivity: her infants also were dashed in pieces, at the top of all the streets; and they cast lots for her honourable men, and all her great men were bound with chains.
11यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।
11Thou also shalt be drunken: thou shalt be hid; thou also shalt seek a refuge from the enemy.
12तर निनवे, तिम्रो सबै बलियो ठाउँहरु नेभाराको रुखहरु जस्तै हुनेछ। नयाँ नेभाराको फल पाकनेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।
12All thy strongholds are [like] fig-trees with the first-ripe figs: if they be shaken, they even fall into the mouth of the eater.
13निनवे तिम्रो सबै मानिसहरु, स्त्रीहरु जस्तै छन् अनि तिनीहरुलाई लान शत्रुका सैनिकहरु तयार छन्। तिम्रो भूमिका फाटकहरु तिम्रो शत्रुहरुका निम्ति खुल्लाछन् अनि तिनीहरु भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरु जलाएर ध्वंश पारेकाछन्।
13Behold, thy people in the midst of thee are [as] women: the gates of thy land are set wide open unto thine enemies; the fire devoureth thy bars.
14तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरुका शहरहरु घेर्नेछन्। तिनीहरुले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउँन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईंटा बनाउनको निम्ति माटो जम्मा गर। ईंटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार।
14Draw thee water for the siege, strengthen thy fortresses; go into the clay, and tread the mortar, make strong the brick-kiln.
15तिमी यी सबै कामहरु गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिम्रो केही भूमि यस्तो देखा पर्नेछ मानौ केही सलहहरु आएकाछन् र यसको हर चिज खाईदिएका छन्। निनवे तिमी लगातार बढ्दै गयौ तिमी फट्याङ्ग्राको हूल झैं भयौ। तिमी सलहको हूल झैं थियौ।
15There shall the fire devour thee; the sword shall cut thee off; it shall devour thee like the cankerworm. Make thyself many as the cankerworm, make thyself many as the locust.
16तिम्रो ब्यापारिको (जो बिभिन्न ठाउँमा गएर सामानहरु किन्छन् तिनीहरुको) संख्या बढेकोछ। तिनीहरु आकाशका ताराहरु जस्तै धोरै भएकाछन्। तिनीहरु सलहको हूल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्।
16Thou hast multiplied thy merchants more than the stars of the heavens; the cankerworm spreadeth himself out and flieth away.
17अनि तिम्रो राज्यका अधिकारीहरु, सलहहरु जस्तैछन्। यी ती सलहहरु जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरु पनि यस्तै छन्।
17Thy chosen men are as the locusts, and thy captains as swarms of grasshoppers, which camp in the hedges in the cold day: when the sun ariseth they flee away, and their place is not known where they are.
18हे अश्शूरका राजा, तिम्रो गोठालाहरु निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरु आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरु पर्वतमा घुमिरहेकाछन्। तिनीहरुलाई फर्काएर ल्याउने कोही छैन्।
18Thy shepherds slumber, O king of Assyria; thy nobles lie still; thy people are scattered upon the mountains, and no man gathereth them.
19निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरु निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरु सबैले ताली बजाउँछन्। उनीहरु सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरु सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरुले उनीहरुलाई सधैं दुःख दिने गर्थ्यौ।
19There is no healing of thy breach; thy wound is grievous; all that hear the report of thee clap the hands over thee; for upon whom hath not thy wickedness passed continually?