1परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्यारो गरें। तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।
1When Israel was a child, then I loved him, and out of Egypt I called my son.
2तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे। उनीहरूले मूर्तिको अगाडी धूप जलाए।
2As they called them, so they went from them: they sacrificed unto the Baals, and burned incense to graven images.
3“एप्रैमलाई मैले हिँडन सिकाएँ। इस्राएललाई मैले अंगालोमा बोकें अनि मैले नै तिनीहरूलाई निको पारें। तर यी सबै कुरा तिनीहरू जान्दैनन्।
3And I it was that taught Ephraim to walk, -- He took them upon his arms, -- but they knew not that I healed them.
4मैले तिनीहरूलाई प्रेमको डोरी मायाको बन्धनले बाँधेर डोर्याएँ। म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ, म निउरेर उनीहरूलाई खाना खुवाएँ।
4I drew them with bands of a man, with cords of love; and I was to them as they that take off the yoke on their jaws, and I gently caused them to eat.
5“तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।
5He shall not return into the land of Egypt, but the Assyrian shall be his king; for they refused to return [to me];
6उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिइन्छ।
6and the sword shall turn about in his cities, and shall consume his bars, and devour [them], because of their own counsels.
7“मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
7Yea, my people are bent upon backsliding from me: though they call them to the Most High, none at all exalteth [him].
8“हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु। म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। म आफ्नो मन बद्ली रहेछु, तिमीप्रति दयाले मन पग्लिरहेछ।
8How shall I give thee over, Ephraim? [how] shall I deliver thee up, Israel? how shall I make thee as Admah? [how] shall I set thee as Zeboim? My heart is turned within me, my repentings are kindled together.
9म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्। म फेरि एप्रैमलाई नष्ट पार्नेछैन। म त परमेश्वर हुँ, म कुनै मानिस होइन। म तिनीहरू माझ एक पवित्र छु। म आफ्नो रिस देखाउँनेछैन।
9I will not execute the fierceness of mine anger, I will not again destroy Ephraim; for I am ùGod, and not man, -- the Holy One in the midst of thee: and I will not come in anger.
10म सिंह जस्तै गर्जने छु, म गर्जन्छु अनि मेरा संन्तान मसंग आउने छन्, र मेरो पछि-पछि हिँडनेछन्। मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।
10They shall walk after Jehovah; he shall roar like a lion; when he shall roar, then the children shall hasten from the west:
11तिनीहरू चरा जस्तै वेगसित मिश्र देशबाट आउनेछन्। तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन् अनि म तिनीहरूलाई घरमा पठाउनेछु।” परमप्रभुले यो भन्नु भयो।
11they shall hasten as a bird out of Egypt, and as a dove out of the land of Assyria; and I will cause them to dwell in their houses, saith Jehovah.
12“एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ। इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यंत्र रचे। तर यहूदा अहिले सम्म परमेश्वरसँग छ। यहूदा पवित्र र साँचो छ।”
12Ephraim encompasseth me about with lies, and the house of Israel with deceit; but Judah yet walketh with ùGod, and with the holy things of truth.