Nepali

Darby's Translation

Hosea

14

1हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
1O Israel, return unto Jehovah thy God; for thou hast fallen by thine iniquity.
2जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन, “हाम्रा सबै पापहरू टाढा गरेर जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौ।”
2Take with you words, and turn to Jehovah; say unto him, Forgive all iniquity, and receive [us] graciously; so will we render the calves of our lips.
3“अश्शूरले हामीलाई बचाउँन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौ। किन? किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने केवल तपाईं मात्र हुनुहुन्छ।”
3Assyria shall not save us; we will not ride upon horses: neither will we say any more to the work of our hands, [Thou art] our God; because in thee the fatherless findeth mercy.
4परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
4I will heal their backsliding, I will love them freely; for mine anger is turned away from him.
5म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।
5I will be as the dew unto Israel: he shall blossom as the lily, and cast forth his roots as Lebanon.
6त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्। त्यो सुन्दर हुनेछ। त्यो त्यस सुगन्ध झैं हुनेछ जुन लबानोनको रूखको जराबाट आउँछ।
6His shoots shall spread, and his beauty shall be as the olive-tree, and his smell as Lebanon.
7इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। तिनीहरू अन्न झैं बढ्नेछन्। तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।”
7They shall return and sit under his shadow; they shall revive [as] corn, and blossom as the vine: the renown thereof shall be as the wine of Lebanon.
8“हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।”
8Ephraim [shall say], What have I to do any more with idols? (I answer [him], and I will observe him.) I am like a green fir-tree. -- From me is thy fruit found.
9यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाच्छन। पापीहरू तिनीहरूद्वारा मर्छन्।
9Who is wise, and he shall understand these things? intelligent, and he shall know them? For the ways of Jehovah are right, and the just shall walk in them; but the transgressors shall fall therein.