Nepali

Darby's Translation

Hosea

13

1“एप्रैम आफैले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ।
1When Ephraim spoke, there was trembling; he exalted himself in Israel: but he trespassed through Baal, and he died.
2इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।
2And now they sin more and more, and have made them molten images of their silver, idols according to their own understanding, all of it the work of the craftsmen: they say of them, Let the men that sacrifice kiss the calves.
3अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।
3Therefore they shall be as the morning cloud, and as the early dew that passeth away, as the chaff driven with the whirlwind out of the threshing-floor, and as the smoke out of the lattice.
4“मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो।
4Yet I [am] Jehovah thy God from the land of Egypt, and thou hast known no God but me; and there is no saviour besides me.
5उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें।
5I knew thee in the wilderness, in the land of drought.
6मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।
6According to their pasture, they became full; they became full, and their heart was exalted: therefore have they forgotten me.
7“यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु।
7And I will be unto them as a lion; as a leopard I will lurk for them by the way;
8म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”
8I will meet them as a bear bereaved of her [whelps], and will rend the covering of their heart, and there will I devour them like a lioness: the beast of the field shall tear them.
9“हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु।
9It is thy destruction, O Israel, that [thou art] against me, against thy help.
10कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउनु हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस्,’ भनी विन्ती गरेको थियौ।
10Where then is thy king, that he may save thee in all thy cities? and thy judges of whom thou saidst, Give me a king and princes? --
11म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।
11I gave thee a king in mine anger, and took him away in my wrath.
12“एफ्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ, उसको पाप अभिलेखमा राखिएको छ। ऊ दण्डित हुनेछ।
12The iniquity of Ephraim is bound up; his sin is laid by in store.
13उसलाई प्रसव वेदना हुनेछ। ऊ एउटा अज्ञानी शिशु जस्तै हो चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।
13The pangs of a woman in travail shall come upon him: he is a son not wise; for at the time of the breaking forth of children, he was not there.
14“के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।
14I will ransom them from the power of Sheol. I will redeem them from death: where, O death, are thy plagues? where, O Sheol, is thy destruction? Repentance shall be hid from mine eyes.
15इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ तर पूर्वीय बतास आउनेछ। परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ अनि इस्राएलको कुवाहरू सुक्ने छन्। त्यसको पानीको मूल सुख्नेछ। त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।
15Though he be fruitful among [his] brethren, an east wind shall come, a wind of Jehovah [that] cometh up from the wilderness, and his spring shall become dry, and his fountain shall be dried up: he shall spoil the treasure of all pleasant vessels.
16सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”
16Samaria shall bear her guilt; for she hath rebelled against her God: they shall fall by the sword; their infants shall be dashed in pieces, and their women with child shall be ripped up.