1सिदकियाह यहूदाका राजा हुँदा उनी 12 वर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।
1Zedekiah was twenty-one years old when he began to reign; and he reigned eleven years in Jerusalem; and his mother's name was Hamutal, daughter of Jeremiah of Libnah.
2यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे।
2And he did evil in the sight of Jehovah, according to all that Jehoiakim had done.
3डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो। सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे।
3For, because the anger of Jehovah was against Jerusalem and Judah, until he had cast them out from his presence, Zedekiah rebelled against the king of Babylon.
4यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।
4And it came to pass in the ninth year of his reign, in the tenth month, on the tenth of the month, [that] Nebuchadrezzar king of Babylon came, he and all his army, against Jerusalem; and they encamped against it, and built turrets against it round about.
5शहर घेराव सिदकियाहको राज्यकालको एघारौं वर्षसम्म रह्यो।
5And the city was besieged until the eleventh year of king Zedekiah.
6चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।
6In the fourth month, on the ninth of the month, the famine prevailed in the city, and there was no bread for the people of the land.
7शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।
7And the city was broken into: and all the men of war fled, and went forth out of the city by night, by the way of the gate between the two walls, which was by the king's garden (now the Chaldeans were near the city round about); and they went the way toward the plain.
8तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।
8And the army of the Chaldeans pursued after the king, and overtook Zedekiah in the plains of Jericho; and all his army was scattered from him.
9बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।
9And they took the king, and brought him up to the king of Babylon, unto Riblah in the land of Hamath, and he pronounced judgment upon him.
10रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।
10And the king of Babylon slaughtered the sons of Zedekiah before his eyes; and he slaughtered also all the princes of Judah in Riblah.
11त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।
11And he put out the eyes of Zedekiah, and bound him with chains of brass; and the king of Babylon carried him to Babylon, and put him in prison till the day of his death.
12राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।
12And in the fifth month, on the tenth of the month, which was in the nineteenth year of Nebuchadrezzar king of Babylon, Nebuzar-adan, captain of the body-guard, who stood before the king of Babylon, came unto Jerusalem;
13नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।
13and he burned the house of Jehovah, and the king's house, and all the houses of Jerusalem; and every great [man's] house he burned with fire.
14बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए।
14And all the army of the Chaldeans, that were with the captain of the body-guard, broke down all the walls of Jerusalem round about.
15कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।
15And Nebuzar-adan the captain of the body-guard carried away captive of the poorest sort of the people, and the rest of the people that were left in the city, and the deserters that had deserted to the king of Babylon, and the rest of the multitude.
16तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।
16But Nebuzar-adan the captain of the body-guard left of the poor of the land for vinedressers and for husbandmen.
17बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।
17And the brazen pillars that were in the house of Jehovah, and the bases, and the brazen sea that was in the house of Jehovah, the Chaldeans broke up, and carried all the brass thereof to Babylon.
18बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।
18The pots also, and the shovels, and the knives, and the bowls, and the cups, and all the vessels of brass wherewith they ministered, they took away.
19राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।
19And the basons and the censers, and the bowls, and the pots, and the candlesticks, and the cups, and the goblets, that which was of gold in gold, and that which was of silver in silver, the captain of the body-guard took away.
20ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसकने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।
20The two pillars, the one sea, and the twelve brazen oxen that formed the bases, which king Solomon had made for the house of Jehovah: for the brass of all these vessels there was no weight.
21प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो।
21And as to the pillars: the height of one pillar was eighteen cubits, and a line of twelve cubits encompassed it; and the thickness thereof was four fingers: it was hollow.
22प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाले दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए।
22And the capital upon it was brass, and the height of the one capital [was] five cubits; and the network and the pomegranates, upon the capital round about, all of brass; and similarly for the second pillar, and the pomegranates.
23त्यस्का छेव-छैवमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।
23And there were ninety-six pomegranates on the [four] sides; all the pomegranates upon the network were a hundred round about.
24राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।
24And the captain of the body-guard took Seraiah the chief priest, and Zephaniah the second priest, and the three doorkeepers.
25तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।
25And out of the city he took a eunuch that was set over the men of war, and seven men of them that were in the king's presence, who were found in the city, and the scribe of the captain of the host, who enrolled the people of the land. And sixty men of the people of the land that were found in the midst of the city.
26[This verse may not be a part of this translation]
26And Nebuzar-adan the captain of the body-guard took them, and brought them to the king of Babylon to Riblah;
27[This verse may not be a part of this translation]
27and the king of Babylon smote them, and put them to death at Riblah in the land of Hamath. Thus Judah was carried away captive out of his land.
28नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः नबूकदनेस्सर राजा भएको सातौं वर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।
28This is the people whom Nebuchadrezzar carried away captive: in the seventh year three thousand and twenty-three Jews;
29नबूकदनेस्सरको राज्यकालको अठारौं वर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।
29in the eighteenth year of Nebuchadrezzar [he carried away captive] from Jerusalem eight hundred and thirty-two persons;
30नबूकदनेस्सरको राज्यकालको तेईसौं वर्षमा प्रहारीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो। जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो।
30in the twenty-third year of Nebuchadrezzar, Nebuzar-adan the captain of the body-guard carried away captive of the Jews seven hundred and forty-five persons: all the persons were four thousand six hundred.
31यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।
31And it came to pass in the thirty-seventh year of the captivity of Jehoiachin king of Judah, in the twelfth month, on the twenty-fifth of the month, [that] Evil-Merodach king of Babylon, in the year that he began to reign, lifted up the head of Jehoiachin king of Judah, and brought him forth out of prison;
32एवील-मरोदकले यहोयाकीनसँग प्रेमपर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसंग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।
32and he spoke kindly unto him, and set his seat above the seat of the kings that were with him in Babylon.
33यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।
33And he changed his prison garments; and he ate bread before him continually all the days of his life;
34प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।
34and his allowance was a continual allowance given him by the king of Babylon, every day a portion until the day of his death, all the days of his life.