Nepali

Darby's Translation

Lamentations

1

1हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नित्तान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएको छ।
1How doth the city sit solitary [that] was full of people! She that was great among the nations is become as a widow; the princess among the provinces is become tributary!
2त्यो रातभरी साह्रै दुख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठयूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।
2She weepeth sore in the night, and her tears are on her cheeks; among all her lovers she hath no comforter; all her friends have dealt treacherously with her, they are become her enemies.
3यहूदा अति नै पीडीत भए अनि यहूदलाई कैद बनाइयो। यहूदा अन्य जातिहरू माझमा बस्थे। तर उनले कतै शान्ति पाएनन्। मानिसहरू जसले उनलाई खेदे अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।
3Judah is gone into captivity because of affliction, and because of great servitude; she dwelleth among the nations, she findeth no rest: all her pursuers have overtaken her within the straits.
4सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।
4The ways of Zion do mourn, because none come to the solemn assembly: all her gates are desolate; her priests sigh, her virgins are in grief; and as for her, she is in bitterness.
5यरूशलेमका शत्रुहरू विजय भएका छन्। उनीहरू सफल भएका छन्। यरूशलेमले थुप्रै पापहरू गरेकाले परमप्रभुले दण्ड दिनुभएको छ। उसका नानीहरू शत्रुहरूद्वारा पक्रेर टाढा लगिए।
5Her adversaries have become the head, her enemies prosper; for Jehovah hath afflicted her for the multitude of her transgressions: her children are gone into captivity before the adversary.
6छोरी, सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।
6And from the daughter of Zion all her splendour is departed: her princes are become like harts that find no pasture; and they are gone without strength before the pursuer.
7यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीचहररू भएको, सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे तिनीहरू हाँसे किनभने ऊ ध्वंश भएकी थिई।
7In the days of her affliction and of her wanderings, since her people fell into the hand of an adversary, and none did help her, Jerusalem remembereth all her precious things which she had in the days of old: the adversaries have seen her, they mock at her ruin.
8यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
8Jerusalem hath grievously sinned; therefore is she removed as an impurity: all that honoured her despise her because they have seen her nakedness; and she sigheth, and turneth backward.
9यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”
9Her impurity was in her skirts, she remembered not her latter end; and she came down wonderfully: she hath no comforter. Jehovah, behold my affliction; for the enemy hath magnified himself.
10शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।
10The adversary hath spread out his hand upon all her precious things; for she hath seen the nations enter into her sanctuary, concerning whom thou didst command that they should not enter into thy congregation.
11यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।
11All her people sigh, they seek bread; they have given their precious things for food to revive [their] soul. See, Jehovah, and consider, for I am become vile.
12यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।
12Is it nothing to you, all ye that pass by? Behold, and see if there be any sorrow like unto my sorrow, which is done unto me, whom Jehovah hath afflicted in the day of his fierce anger.
13परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।
13From on high hath he sent fire into my bones, and it prevaileth against them; he hath spread a net for my feet; he hath turned me back; he hath made me desolate [and] faint all the day.
14“मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।
14The yoke of my transgressions is bound by his hand: they are wreathed, they are come up upon my neck; he hath made my strength to fail; the Lord hath delivered me into hands out of which I am not able to rise up.
15“शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।
15The Lord hath cast down all my mighty men in the midst of me; he hath called an assembly against me to crush my young men; the Lord hath trodden as a winepress the virgin daughter of Judah.
16“म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”
16For these things I weep; mine eye, mine eye runneth down with water: for the comforter that should revive my soul is far from me; my children are desolate, for the enemy hath prevailed.
17सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।
17Zion spreadeth forth her hands; there is none to comfort her; Jehovah hath commanded concerning Jacob, [that] his adversaries [should be] round about him; Jerusalem is as an impurity among them.
18अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।
18Jehovah is righteous; for I have rebelled against his commandment. Hear, I pray you, all ye peoples, and behold my sorrow. My virgins and my young men are gone into captivity.
19मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।
19I called for my lovers, they have deceived me; my priests and mine elders have expired in the city, while they sought them food to revive their soul.
20“हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।
20See, Jehovah, for I am in distress, my bowels are troubled; my heart is turned within me, for I have grievously rebelled: without, the sword hath bereaved [me], within, it is as death.
21“मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।
21They have heard that I sigh: I have no comforter: all mine enemies have heard of my calamity; they are glad that thou hast done it. Thou wilt bring the day that thou hast called, and they shall be like unto me.
22“मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तौ गर्नु होस् किनभने मेरो हृदय निर्बल छ। म व्यावस्थामा कराइरहेकीछु, व्यावस्था बारम्बार कराइरहेकीछु।”
22Let all their wickedness come before thee; and do unto them, as thou hast done unto me for all my transgressions: for my sighs are many, and my heart is faint.