1अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।
1Lo, mine eye hath seen all [this], mine ear hath heard and understood it.
2तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।
2What ye know, I know also: I am not inferior to you.
3तर म तिमीसँग तर्क गर्न चाहन्न। म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु। म परमेश्वरसँग आफ्ना संकट विषयमा बहश गर्न चाहन्छु।
3But I will speak to the Almighty, and will find pleasure in reasoning with ùGod;
4तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
4For ye indeed are forgers of lies, ye are all physicians of no value.
5म चाहन्छु तिमीहरू चूपचाप बस। त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
5Oh that ye would be altogether silent! and it would be your wisdom.
6“अब, मेरो तर्कमा ध्यान देऊ। म के भन्छु त्यसमा ध्यानदेऊ।
6Hear now my defence, and hearken to the pleadings of my lips.
7के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
7Will ye speak unrighteously for ùGod? and for him speak deceit?
8उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा माम्लामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ।
8Will ye accept his person? will ye contend for ùGod?
9यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, ‘के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
9Will it be well if he should search you out? or as one mocketh at a man, will ye mock at him?
10यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
10He will certainly reprove you, if ye do secretly accept persons.
11परमेश्वरको महा महिमाले तिमीहरूलाई भयभीत पार्नेछ। तिमीहरू उहाँदेखि डराउछौ।
11Shall not his excellency terrify you? and his dread fall upon you?
12तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्। तिमीहरूका बहशहरू बेकामे छन्।
12Your memorable sayings are proverbs of ashes, your bulwarks are bulwarks of mire.
13चूपचाप बस र मलाई बोल्न देऊ। जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
13Hold your peace from me, and I will speak, and let come on me what [will]!
14म स्वयंलाई संकटमा राख्ने छु, अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछ।
14Wherefore should I take my flesh in my teeth, and put my life in my hand?
15हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
15Behold, if he slay me, yet would I trust in him; but I will defend mine own ways before him.
16अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो। कुनै पनि दुष्ट मानिसले परमेश्वरले समक्ष सामना गर्न सक्तैन।
16This also shall be my salvation, that a profane man shall not come before his face.
17मैले भनेको कुरा ध्यान दिएर सुन। मलाई व्याख्या गर्न देऊ।
17Hear attentively my speech and my declaration with your ears.
18म आफै मेरो मामिलामा बचाऊ गर्न तत्पर छु। म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु। म जान्दछु म उचित नै ठहरिनेछु।
18Behold now, I have ordered the cause; I know that I shall be justified.
19यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने, तब म तुरन्तै चुप लाग्नेछु।
19Who is he that contendeth with me? For if I were silent now, I should expire.
20हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस् अनि म तपाईंबाट लुक्ने छैन।
20Only do not two things unto me; then will I not hide myself from thee.
21मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
21Withdraw thy hand far from me; and let not thy terror make me afraid:
22तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु। अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
22Then call, and I will answer; or I will speak, and answer thou me.
23मैले कति पाप कामहरू गरेको छु? मैले के गल्ती कामहरू गरे? मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।
23How many are mine iniquities and sins? Make me to know my transgression and my sin.
24हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
24Wherefore dost thou hide thy face, and countest me for thine enemy?
25के तपाईंले मलाई भयभीत पार्नु हुन्छ? म हावामा उडने पत्कर झैं हुँ। तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।
25Wilt thou terrify a driven leaf? and wilt thou pursue dry stubble?
26हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो। तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
26For thou writest bitter things against me, and makest me to possess the iniquities of my youth;
27तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो, मेरो प्रत्येक पाइला याद गर्नु भयो। तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
27And thou puttest my feet in the stocks, and markest all my paths; thou settest a bound about the soles of my feet; --
28यसैले म कमजोर भन्दा कमजोर भई रहेछु सड्दै गएको काठको टुक्रा जस्तो, माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”
28One who, as a rotten thing consumeth, as a garment that the moth eateth.