1अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।
1Man, born of woman, is of few days, and full of trouble.
2मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो यहाँ छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ।
2He cometh forth like a flower, and is cut down; and he fleeth as a shadow, and continueth not.
3त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ, एउटा मानिस? अनि तपाईं न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?
3Yet dost thou open thine eyes upon such a one, and bringest me into judgment with thee?
4“म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन।
4Who can bring a clean [man] out of the unclean? Not one!
5मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
5If his days are determined, if the number of his months is with thee, [and] thou hast appointed his bounds which he must not pass,
6यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस। हामीलाई एक्लो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।
6Look away from him; and let him rest, till he accomplish, as a hireling, his day.
7त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
7For there is hope for a tree: if it be cut down, it will sprout again, and its tender branch will not cease;
8यसको जराहरू भूईंमा बुढो भएर उम्रेला अनि यसको ठुटो मैलोमा सडनेछ।
8Though its root grow old in the earth, and its stock die in the ground,
9तर पानीमा यो फेरि उम्रनेछ। यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।
9Yet through the scent of water it will bud, and put forth boughs like a young plant.
100तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ।
10But a man dieth, and is prostrate; yea, man expireth, and where is he?
11नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ।
11The waters recede from the lake, and the river wasteth and drieth up:
12जब कुनै मानिस मर्छ, उ तल ढल्छ अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। होइन। मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।
12So man lieth down, and riseth not again; till the heavens be no more, they do not awake, nor are raised out of their sleep.
13म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
13Oh that thou wouldest hide me in Sheol, that thou wouldest keep me secret until thine anger be past, that thou wouldest appoint me a set time, and remember me, --
14यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तबसम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला
14(If a man die, shall he live [again]?) all the days of my time of toil would I wait, till my change should come:
15परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ अनि म तपाईंलाई जवाफ दिनेछु। तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न तपाईंले इच्छा गर्नुहुनेछ।
15Thou wouldest call, and I would answer thee; thou wouldest have a desire after the work of thy hands.
16तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।
16For now thou numberest my steps: dost thou not watch over my sin?
17तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।
17My transgression is sealed up in a bag, and thou heapest up mine iniquity.
18पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ। विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।
18And indeed a mountain falling cometh to nought, and the rock is removed out of its place;
19पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ बाढीहरूले मैदानको माटो काटिदिन्छ। त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
19The waters wear the stones, the floods thereof wash away the dust of the earth; and thou destroyest the hope of man.
20तपाईंले तिनीहरूलाई पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ। तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ। अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।
20Thou prevailest for ever against him, and he passeth away; thou changest his countenance, and dismissest him.
21यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन। यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
21His sons come to honour, and he knoweth it not; and they are brought low, and he perceiveth it not.
22त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ, अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”
22But his flesh hath pain for himself alone, and his soul mourneth for himself.