1“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।
1Why are not times treasured up with the Almighty? why do not they that know him see his days?
2“मानिसहरूले आफ्नो जमीन बढाउन सीमाना सार्छन् अनि अर्काको बगाल चोरेर टाढा र्खकमा चराउँछन्।
2They remove the landmarks; they violently take away the flocks and pasture them;
3तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।
3They drive away the ass of the fatherless, they take the widow's ox for a pledge;
4तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमिहिडन वाध्य गराउछन्। सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।
4They turn the needy out of the way: the afflicted of the land all hide themselves.
5गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।
5Lo, [as] wild asses in the desert, they go forth to their work, seeking early for the prey: the wilderness [yieldeth] them food for [their] children.
6गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन् अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
6They reap in the field the fodder thereof, and they gather the vintage of the wicked;
7गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ। जाडोबाट जोगिंन तिनीहरूसित केही हुँदैन्।
7They pass the night naked without clothing, and have no covering in the cold;
8तिनीहरू पर्वतहरूमा वर्षाले निथ्रुक्क भिज्छन्। चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीन कुनै उपाए छैन।
8They are wet with the showers of the mountains, and for want of a shelter embrace the rock ...
9खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
9They pluck the fatherless from the breast, and take a pledge of the poor:
10गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्। तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सँधै भोको हुन्छन्।
10These go naked without clothing, and, hungry, they bear the sheaf;
11गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्। मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
11They press out oil within their walls, they tread their winepresses, and suffer thirst.
12शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माँग्दै चिच्याउछन्। तर परमेश्वरले सुन्नुहुन्न।
12Men groan from out of the city, and the soul of the wounded crieth out; and +God imputeth not the impiety.
13कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
13There are those that rebel against the light; they know not the ways thereof, nor abide in the paths thereof.
14हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।
14The murderer riseth with the light, killeth the afflicted and needy, and in the night is as a thief.
15एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ। उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।
15And the eye of the adulterer waiteth for the twilight, saying, No eye shall see me; and he putteth a covering on [his] face.
16जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।
16In the dark they dig through houses; by day they shut themselves in; they know not the light:
17ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो। हो, तिनीहरू डरलाग्दो अन्धयारो रात मन पराउँछन्।
17For the morning is to them all [as] the shadow of death; for they are familiar with the terrors of the shadow of death.
18तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्। तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।
18He is swift on the face of the waters; their portion is cursed on the earth: he turneth not unto the way of the vineyards.
19हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ। यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।
19Drought and heat consume snow waters; so doth Sheol those that have sinned.
20त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन् मानिसहरूले उसलाई सम्झने छैनन। त्यो दुष्ट मानिस कुँहेको लट्ठी जस्तै भाँचिएको छ।
20The womb forgetteth him; the worm feedeth sweetly on him: he shall be no more remembered; and unrighteousness is broken as a tree, --
21दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
21He that despoileth the barren that beareth not, and doeth not good to the widow:
22दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
22He draweth also the mighty with his power; he riseth up, and no [man] is sure of life.
23दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
23[God] setteth him in safety, and he resteth thereon; but his eyes are upon their ways.
24नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन। तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
24They are exalted for a little, and are no more; they are laid low; like all [other] are they gathered, and are cut off as the tops of the ears of corn.
25म कसम खान्छु कि ती कुराहरू सत्य हुन। कसले प्रमाण गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”
25If it be not so now, who will make me a liar, and make my speech nothing worth?