1तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
1And Jehovah answered Job out of the whirlwind and said,
2“त्यो अज्ञानी मानिस को हो जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ?”
2Who is this that darkeneth counsel by words without knowledge?
3अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
3Gird up now thy loins like a man; and I will demand of thee, and inform thou me.
4“तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
4Where wast thou when I founded the earth? Declare, if thou hast understanding.
5यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो?
5Who set the measures thereof -- if thou knowest? or who stretched a line upon it?
6पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो?
6Whereupon were the foundations thereof sunken? or who laid its corner-stone,
7जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।
7When the morning stars sang together, and all the sons of God shouted for joy?
8अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
8And who shut up the sea with doors, when it burst forth, issuing out of the womb?
9त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।
9When I made the cloud its garment, and thick darkness a swaddling band for it;
10मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें।
10When I cut out for it my boundary, and set bars and doors,
11मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’
11And said, Hitherto shalt thou come and no further, and here shall thy proud waves be stayed?
12अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?
12Hast thou since thy days commanded the morning? hast thou caused the dawn to know its place,
13अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।
13That it might take hold of the ends of the earth, and the wicked might be shaken out of it?
14बिहानको उज्यालोले पहाडहरू र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ जब दिनको उज्यालो पृथ्वीमा आउँछ, ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन। नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै पृथ्वीले आकार धारण गर्छ।
14It is changed like the signet-clay; and [all things] stand forth as in a garment:
15दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।
15And from the wicked their light is withholden, and the uplifted arm is broken.
16अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?
16Hast thou entered as far as the springs of the sea? and hast thou walked in the recesses of the deep?
17अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?
17Have the gates of death been revealed unto thee? and hast thou seen the gates of the shadow of death?
18अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
18Hath thine understanding compassed the breadths of the earth? Declare if thou knowest it all.
19अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ?
19Where is the way to where light dwelleth? and the darkness, where is its place,
20अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
20That thou shouldest take it to its bound, and that thou shouldest know the paths to its house?
21निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ। जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यही थियौ?
21Thou knowest, for thou wast then born, and the number of thy days is great!
22“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?
22Hast thou entered into the storehouses of the snow, and hast thou seen the treasuries of the hail,
23मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु।
23Which I have reserved for the time of distress, for the day of battle and war?
24तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?
24By what way is the light parted, [and] the east wind scattered upon the earth?
25अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?
25Who hath divided a channel for the rain-flood, and a way for the thunder's flash;
26कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
26To cause it to rain on the earth, where no one is; on the wilderness wherein there is not a man;
27त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ।
27To satisfy the desolate and waste [ground], and to cause the sprout of the grass to spring forth?
28के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ?
28Hath the rain a father? or who begetteth the drops of dew?
29के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ?
29Out of whose womb cometh the ice? and the hoary frost of heaven, who bringeth it forth?
30पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ अनि महासागरको सतह जम्छ।
30When the waters lie hidden as in stone, and the face of the deep holdeth fast together.
31अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?
31Canst thou fasten the bands of the Pleiades, or loosen the cords of Orion?
32के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई खेलाउन सक्छौ?
32Dost thou bring forth the constellations each in its season? or dost thou guide the Bear with her sons?
33के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?
33Knowest thou the ordinances of the heavens? dost thou determine their rule over the earth?
34अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?
34Dost thou lift up thy voice to the clouds, that floods of waters may cover thee?
35के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, “हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?
35Dost thou send forth lightnings that they may go, and say unto thee, Here we are?
36अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?
36Who hath put wisdom in the inward parts? or who hath given understanding to the mind?
37त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
37Who numbereth the clouds with wisdom? or who poureth out the bottles of the heavens,
38यसैले धूलो हिलो बनिन्छ र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।
38When the dust runneth as into a molten mass, and the clods cleave fast together?
39अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?
39Dost thou hunt the prey for the lioness, and dost thou satisfy the appetite of the young lions,
40ती सिंहहरू आफ्ना गुफामा लडिरहेका छन्। आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।
40When they crouch in [their] dens, [and] abide in the thicket to lie in wait?
41जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?
41Who provideth for the raven his food, when his young ones cry unto ùGod, [and] they wander for lack of meat?