1अय्यूबले भने, “मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ। उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।
1Hath not man a life of labour upon earth? and are not his days like the days of a hireling?
2मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ। मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।
2As a bondman earnestly desireth the shadow, and a hireling expecteth his wages,
3त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।
3So am I made to possess months of vanity, and wearisome nights are appointed to me.
4जब म सुतें, मैले सोचें, ‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’ तर रात लामो छ। अनि घाम नझुल्कुञ्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।
4If I lie down, I say, When shall I rise up, and the darkness be gone? and I am full of tossings until the dawn.
5मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।
5My flesh is clothed with worms and clods of dust; my skin is broken, and suppurates.
6मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
6My days are swifter than a weaver's shuttle, and are spent without hope.
7परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो। म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।
7Remember thou that my life is wind; mine eye shall no more see good.
8अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
8The eye of him that hath seen me shall behold me no [more]: thine eyes are upon me, and I am not.
9बादल विलिन भएर गए जस्तै मानिस मर्छ अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन।
9The cloud consumeth and vanisheth away; so he that goeth down to Sheol shall not come up.
10उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।
10He shall return no more to his house, neither shall his place know him again.
11यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
11Therefore I will not restrain my mouth: I will speak in the anguish of my spirit; I will complain in the bitterness of my soul.
12के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?
12Am I a sea, or a sea-monster, that thou settest a watch over me?
13मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ, मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।
13When I say, My bed shall comfort me, my couch shall ease my complaint;
14तर परमेश्वर जब म ढल्किन्छु सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।
14Then thou scarest me with dreams, and terrifiest me through visions;
15यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्याएर मर्न चाहन्छु।
15So that my soul chooseth strangling, death, rather than my bones.
16म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन।
16I loathe it; I shall not live always: let me alone, for my days are a breath.
17परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ? किन तपाईंले उसको सम्मान गर्नुपर्छ? किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?
17What is man, that thou makest much of him? and that thou settest thy heart upon him?
18किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ? अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?
18And that thou visitest him every morning, triest him every moment?
19परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।
19How long wilt thou not look away from me, nor let me alone till I swallow down my spittle?
20परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?
20Have I sinned, what do I unto thee, thou Observer of men? Why hast thou set me as an object of assault for thee, so that I am become a burden to myself?
21किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।”
21And why dost not thou forgive my transgression and take away mine iniquity? for now shall I lie down in the dust, and thou shalt seek me early, and I shall not be.