1परमप्रभुले मोशालाई भन्नुभयो,
1And Jehovah spoke to Moses, saying,
2“हारून, तिनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो।
2Speak unto Aaron, and unto his sons, and unto all the children of Israel, and say unto them, This is the thing which Jehovah hath commanded, saying,
3इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।
3Every one of the house of Israel that slaughtereth an ox, or sheep, or goat, in the camp, or that slaughtereth it out of the camp,
4त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
4and doth not bring it to the entrance of the tent of meeting to present it as an offering to Jehovah, before the tabernacle of Jehovah, blood shall be reckoned unto that man: he hath shed blood; and that man shall be cut off from among his people,
5यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ।
5to the end that the children of Israel bring their sacrifices, which they sacrifice in the open field, that they bring them to Jehovah, unto the entrance of the tent of meeting, unto the priest, and sacrifice them as sacrifices of peace-offerings to Jehovah.
6तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्।
6And the priest shall sprinkle the blood upon the altar of Jehovah, at the entrance of the tent of meeting, and burn the fat for a sweet odour to Jehovah.
7अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। त्यसरी तिनीहरूले वेश्याहरू सरह आचरण गरे। यी नियमहरू सधैंका लागि चल्नेछन्।
7And they shall no more sacrifice their sacrifices unto demons, after whom they go a whoring. This shall be an everlasting statute unto them for their generations.
8“मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ।
8And thou shalt say unto them, Every one of the house of Israel, and of the strangers who sojourn among them, that offereth up a burnt-offering or sacrifice,
9तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
9and bringeth it not to the entrance of the tent of meeting, to offer it up to Jehovah -- that man shall be cut off from his peoples.
10“इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।
10And every one of the house of Israel, or of the strangers who sojourn among them, that eateth any manner of blood, -- I will set my face against the soul that hath eaten blood, and will cut him off from among his people;
11किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।
11for the soul of the flesh is in the blood; and I have given it to you upon the altar to make atonement for your souls, for it is the blood that maketh atonement for the soul.
12यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।
12Therefore have I said unto the children of Israel, No soul of you shall eat blood, neither shall the stranger who sojourneth among you eat blood.
13“इस्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते; उसले त्यसको रगत भूइँमा खन्याएर धुलोले छोपोस्।
13And every one of the children of Israel, and of the strangers who sojourn among them, that catcheth in the hunt a beast or fowl that may be eaten, he shall pour out the blood thereof, and cover it with earth;
14तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्याइन्छ।
14for as to the life of all flesh, its blood is the life in it; and I have said unto the children of Israel, Of the blood of no manner of flesh shall ye eat, for the life of all flesh is its blood: whoever eateth it shall be cut off.
15“यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।
15And every soul that eateth of a dead carcase, or of that which was torn, be it one home-born, or a stranger, he shall wash his clothes, and bathe in water, and be unclean until the even: then he shall be clean.
16यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउदैन भने ऊ पापको दोषी बनिनेछ।”
16And if he wash them not nor bathe his flesh, then he shall bear his iniquity.