1परमप्रभुले मोशालाई भननुभयो,
1And Jehovah spoke to Moses, saying,
2“इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ।
2Speak unto the children of Israel, and say unto them, I am Jehovah your God.
3बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।
3After the doings of the land of Egypt, wherein ye dwelt, shall ye not do; and after the doings of the land of Canaan, whither I bring you, shall ye not do; neither shall ye walk in their customs.
4तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुसरण गर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
4Mine ordinances shall ye do and my statutes shall ye observe to walk therein: I am Jehovah your God.
5यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।
5And ye shall observe my statutes and my judgments, by which the man that doeth them shall live: I am Jehovah.
6“तिमीहरूले आफ्नो नजिक को आफन्तहरुसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।
6No one shall approach to any that is his near relation, to uncover his nakedness: I am Jehovah.
7“तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसंग लैंगिक सम्बन्छ गर्नु हुँदैन।
7The nakedness of thy father, and the nakedness of thy mother, shalt thou not uncover: she is thy mother: thou shalt not uncover her nakedness.
8यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।
8The nakedness of thy father's wife shalt thou not uncover: it is thy father's nakedness.
9बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।
9The nakedness of thy sister, the daughter of thy father, or daughter of thy mother, born at home, or born abroad -- their nakedness shalt thou not uncover.
10“तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।
10The nakedness of thy son's daughter, or of thy daughter's daughter -- their nakedness shalt thou not uncover; for theirs is thy nakedness.
11“तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।
11The nakedness of thy father's wife's daughter, begotten of thy father: she is thy sister: thou shalt not uncover her nakedness.
12“तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन।
12The nakedness of thy father's sister shalt thou not uncover: she is thy father's near relation.
13तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन।
13The nakedness of thy mother's sister shalt thou not uncover; for she is thy mother's near relation.
14तिमीले तिम्रा बुबाका दाज्यू-भाईलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।
14The nakedness of thy father's brother shalt thou not uncover; thou shalt not approach his wife: she is thine aunt.
15“तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।
15The nakedness of thy daughter-in-law shalt thou not uncover: she is thy son's wife; thou shalt not uncover her nakedness.
16“तिमीले आफ्नो भाउज्यूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाईसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।
16The nakedness of thy brother's wife shalt thou not uncover: it is thy brother's nakedness.
17“आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।
17The nakedness of a woman and her daughter shalt thou not uncover; thou shalt not take her son's daughter, nor her daughter's daughter, to uncover her nakedness: they are her near relations: it is wickedness.
18“जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।
18And thou shalt not take a wife to her sister, to vex her, to uncover her nakedness beside her, during her life.
19“तिमीले रजस्वला भएको समयमा एकजना स्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।
19And thou shalt not approach a woman in the separation of her uncleanness to uncover her nakedness.
20“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।
20And thou shalt not lie carnally with thy neighbour's wife, to become unclean with her.
21“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।
21And thou shalt not give of thy seed to let them pass through [the fire] to Molech, neither shalt thou profane the name of thy God: I am Jehovah.
22“तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
22And thou shalt not lie with mankind as one lieth with a woman: it is an abomination.
23“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।
23And thou shalt lie with no beast to become unclean therewith; and a woman shall not stand before a beast to lie down with it: it is confusion.
24“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।
24Make not yourselves unclean in any of these things; for in all these have the nations which I am casting out before you made themselves unclean.
25तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
25And the land hath become unclean; and I visit the iniquity thereof upon it, and the land vomiteth out its inhabitants.
26“यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।
26But *ye* shall observe my statutes and my judgments, and shall not commit any of all these abominations: the home-born, and the stranger that sojourneth among you;
27त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए।
27(for all these abominations have the men of the land done, who were before you, and the land hath been made unclean);
28यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।
28that the land vomit you not out, when ye make it unclean, as it vomited out the nation that was before you.
29यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।
29For whoever committeth any of these abominations, ... the souls that commit them shall be cut off from among their people.
30अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
30And ye shall observe my charge, that ye commit not [any] of the abominable customs which were committed before you; and ye shall not make yourselves unclean therein: I am Jehovah your God.