1एउटा वचन परमेश्वरबाट। यो वचन परमप्रभुदेखि इस्राएललाई हो। परमेश्वरले मलाकीलाई यो वचन दिन उपयोग गर्नु भयो।
1The burden of the word of Jehovah to Israel by Malachi.
2परमप्रभु भन्नुहुन्छ, “मानिसहरू, म तिमीहरूलाई प्रेम गर्छु।” तर तिमीहरूले भन्यौ, “तपाईंले हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी थाहा पाउँनु?” परमप्रभुले भन्नुभयो, “एसाव याकूको दाजू थियो, थिएन र? तर मैले याकूवलाई चुनें।
2I have loved you, saith Jehovah; but ye say, Wherein hast thou loved us? Was not Esau Jacob's brother? saith Jehovah, and I loved Jacob,
3अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाड पारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”
3and I hated Esau; and made his mountains a desolation, and [gave] his inheritance to the jackals of the wilderness.
4यो सम्भव छ कि एदोमका मानिसहरूले भन्न सक्छन्, “ठिकैछ हामी नष्ट भेका छौं, तर हामी हाम्रो शहर फेरि निर्माण गर्छौं।” तर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यदि तिनीहरूले तिनीहरूको शहर पुनःर्निर्माण गरे ता पनि म त्यसलाई फेरि भत्काई दिनेछु।” यशैकारण मानिसहरूले एदोमलाई नराम्रो देश भन्छन्। मानिसहरू भन्छन् कि परमप्रभु तिनीहरूसित सधैं क्रोधित हुनुहुन्छ।
4If Edom say, We are broken down, but we will build again the ruined places, -- thus saith Jehovah of hosts: They shall build, but I will throw down; and [men] shall call them the territory of wickedness, and the people against whom Jehovah hath indignation for ever.
5मानिसहरूले यी सबै कुराहरू आँखाले देखे र भने, “इस्रएको सिमाना भन्दा बाहिर पनि परमप्रभु महान हुनुहुन्छ।”
5And your eyes shall see [it], and ye shall say, Jehovah is magnified beyond the border of Israel.
6सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ, यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौं? म तिमीहरूको मालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।” तर तिमीहरू भन्छौ, “हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।”
6A son honoureth [his] father, and a servant his master: if then I be a father, where is mine honour? and if I be a master, where is my fear? saith Jehovah of hosts unto you, priests, that despise my name. But ye say, Wherein have we despised thy name?
7परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।” तर तिमीहरू भन्छौ, “त्यो रोटी कसरी अशुद्ध भयो?” परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।
7Ye offer polluted bread upon mine altar; and ye say, Wherein have we polluted thee? In that ye say, The table of Jehovah is contemptible.
8तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागी बीमारी अनि लङ्गडा पशुहरू लिएर आउँदछौ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउँने चेष्टा गर्छौ! के तिनीहरू तिमीहरूसित खुशी हुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो।
8And if ye offer the blind for sacrifice, is it not evil? And if ye offer the lame and sick, is it not evil? Present it now unto thy governor: will he be pleased with thee? or will he accept thy person? saith Jehovah of hosts.
9“पूजाहारीहरू, तिमीहरूले परमप्रभुसँग हाम्रो असल हुनको निम्ति बिन्ती गर्नुपर्छ। तर उनले तिम्रो बिन्ती सुन्ने छैनन् अनि यी सबै दोष तिम्रो हुनेछ।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
9And now, I pray you, beseech ùGod that he will be gracious unto us. This hath been of your hand: will he accept any of your persons? saith Jehovah of hosts.
10“साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकार गर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
10Who is there among you that would even shut the doors? and ye would not kindle [fire] on mine altar for nothing. I have no delight in you, saith Jehovah of hosts, neither will I accept an oblation at your hand.
11“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूप बाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
11For from the rising of the sun even unto its setting my name shall be great among the nations; and in every place incense shall be offered unto my name, and a pure oblation: for my name shall be great among the nations, saith Jehovah of hosts.
12तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ परमप्रभुको टेवल पवित्र छैन्।
12But ye profane it, in that ye say, The table of the Lord is polluted; and the fruit thereof, his food, is contemptible.
13अनि तिमीहरू त्यो टेवलबाट भोजन लिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ यो राम्रो होइन। तर यो साँच्चो हैन। तब तिमीहरूले रोगी, खोरण्डा अनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।
13And ye say, Behold, what a weariness! And ye have puffed at it, saith Jehovah of hosts, and ye bring [that which was] torn, and the lame, and the sick; thus ye bring the oblation: should I accept this of your hand? saith Jehovah.
14कति मानिसहरूसित तिम्रो पशुहरू छन्, जुन उनीहरूले बलिदान स्वरूप चढाउँन सक्छन् तर उनीहरूले ती राम्रा पशुहरू मलाई चढाउँदैनन्। केही मानिसहरूले राम्रो पशुहरू मकहाँ ल्याउँछन्। तिनीहरूले स्वास्थ पशुहरू ल्याउँने प्रतिज्ञा गर्छन् तर गुप्तरूपमा त्यो राम्रो स्वास्थ पशुलाई रोगी पशुहरूसँग साटेर मलाई रोगी पशुहरू चढाउँछन्। तिनीहरूमाथि आपद् आईलाग्नेछ। किनभने म महान राजा हुँ। तिमीहरूले मलाई सम्मान गर्नु पर्ने हो। सारा पृथ्वीका मानिसहरूले मेरो सम्मान गर्छन्।” सर्वशक्तिमान परमप्रभुले ती सबै कुराहरू भन्नुभयो।
14Yea, cursed be the deceiver, who hath in his flock a male, and voweth and sacrificeth unto the Lord a corrupt thing; for I am a great King, saith Jehovah of hosts, and my name is terrible among the nations.