1“हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर।
1And now, ye priests, this commandment is for you.
2यदि तिमीहरूले सुन्दैनौ र मेरो नाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौ भनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
2If ye do not hear, and if ye do not lay [it] to heart, to give glory unto my name, saith Jehovah of hosts, I will even send the curse among you, and I will curse your blessings: yea, I have already cursed them, because ye do not lay [it] to heart.
3“हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएर आउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।
3Behold, I will rebuke your seed, and spread dung upon your faces, the dung of your feasts; and they shall take you away with it.
4तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।
4And ye shall know that I have sent this commandment unto you, that my covenant might be with Levi, saith Jehovah of hosts.
5परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसंग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूले मेरो नाउँको सम्मान गरे।
5My covenant with him was of life and peace, and I gave them to him that he might fear; and he feared me, and trembled before my name.
6लेवीहरूले साँचो शिक्षा दिए। लेवीबरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बचाएँ।
6The law of truth was in his mouth, and unrighteousness was not found in his lips: he walked with me in peace and uprightness, and he turned many from iniquity.
7पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनि परमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”
7For the priest's lips should keep knowledge, and at his mouth they seek the law; for he is the messenger of Jehovah of hosts.
8परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसंग गरेको करार भङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
8But ye are departed out of the way; ye have caused many to stumble at the law; ye have corrupted the covenant of Levi, saith Jehovah of hosts.
9“तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”
9And I also have made you contemptible and base before all the people, because ye have not kept my ways, but have respect of persons in [administering] the law.
10हामी सबैको एउटै पिता हुहुन्छ। उनै परमेश्वकले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्छ? उनिहरूले करार को पालना नगरेको प्रकट गर्छन्। उनीहरूले त्यो करारलाई लागु गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।
10Have we not all one father? Hath not one ùGod created us? Why do we deal unfaithfully every man against his brother, by profaning the covenant of our fathers?
11यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेम अनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्। यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।
11Judah hath dealt unfaithfully, and an abomination is committed in Israel and in Jerusalem; for Judah hath profaned the sanctuary of Jehovah which he loved, and hath married the daughter of a strange ùgod.
12परमप्रभुले ती मानिसहरूलाई यहूदाका कुलबाट अलग गर्नुहुन्छ। ती मानिसहरूले परमप्रभुलाई भेटी ल्याउँन सकलान् तर यसले कुनै सहायता गर्ने छैन।
12Jehovah will cut off from the tents of Jacob the man that doeth this, him that calleth and him that answereth; and him that offereth an oblation unto Jehovah of hosts.
13तिमीहरूले रोएर परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन। परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ।
13And further ye do this: ye cover the altar of Jehovah with tears, with weeping, and with sighing, insomuch that he regardeth not the oblation any more, nor receiveth [it] with satisfaction at your hand.
14तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्ध साक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसी थिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।
14Yet ye say, Wherefore? Because Jehovah hath been a witness between thee and the wife of thy youth, against whom thou hast dealt unfaithfully: yet is she thy companion, and the wife of thy covenant.
15परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्मा हुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।
15And did not one make [them]? and the remnant of the Spirit was his. And wherefore the one? He sought a seed of God. Take heed then to your spirit, and let none deal unfaithfully against the wife of his youth,
16परमप्रभु इस्रएलका परमेश्वर भन्नुहुन्छ, “म बिवाह बिच्छेद घृणा गर्छु। म पुरूषहरुको क्रुर कामहरू घृणा गर्छु। यसकारण अफ्नो आत्मीक एकताको रक्षा गर। आफ्नो पत्नीलाई धोका नदेऊ।
16(for I hate putting away, saith Jehovah the God of Israel;) and he covereth with violence his garment, saith Jehovah of hosts: take heed then to your spirit, that ye deal not unfaithfully.
17तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झूटो शिक्षाले परमप्रभुलाई अत्यन्तै कष्ट दिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटा मानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको
17Ye have wearied Jehovah with your words, and ye say, Wherein have we wearied [him]? In that ye say, Every one that doeth evil is good in the sight of Jehovah, and he delighteth in them; or, Where is the God of judgment?