1“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँस जस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
1For behold, the day cometh, burning as a furnace; and all the proud and all that work wickedness shall be stubble; and the day that cometh shall burn them up, saith Jehovah of hosts, so that it shall leave them neither root nor branch.
2“तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूर्ति ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझैं तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ।
2And unto you that fear my name shall the Sun of righteousness arise with healing in his wings; and ye shall go forth and leap like fatted calves.
3त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।
3And ye shall tread down the wicked; for they shall be ashes under the soles of your feet in the day that I prepare, saith Jehovah of hosts.
4“मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”
4Remember the law of Moses my servant, which I commanded unto him in Horeb for all Israel, the statutes and ordinances.
5परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ।
5Behold, I send unto you Elijah the prophet, before the coming of the great and terrible day of Jehovah.
6[This verse may not be a part of this translation]
6And he shall turn the heart of the fathers to the children, and the heart of the children to their fathers, lest I come and smite the earth with a curse.