1आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।
1And it came to pass when Jesus had finished commanding his twelve disciples, he departed thence to teach and preach in their cities.
2बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए।
2But John, having heard in the prison the works of the Christ, sent by his disciples,
3यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”
3and said to him, Art *thou* the coming [one]? or are we to wait for another?
4येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर।
4And Jesus answering said to them, Go, report to John what ye hear and see.
5अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।
5Blind [men] see and lame walk; lepers are cleansed, and deaf hear; and dead are raised, and poor have glad tidings preached to them:
6यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’
6and blessed is whosoever shall not be offended in me.
7यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई?
7But as they went [away], Jesus began to say to the crowds concerning John, What went ye out into the wilderness to see? a reed moved about by the wind?
8वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो।
8But what went ye out to see? a man clothed in delicate raiment? behold, those who wear delicate things are in the houses of kings.
9यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्।
9But what went ye out to see? a prophet? Yea, I say to you, and more than a prophet:
10यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ मलाकी 31
10this is he of whom it is written, Behold, *I* send my messenger before thy face, who shall prepare thy way before thee.
11म तिमीहरूलाई साँचो भन्दछु बप्तिस्मा दिने ‘यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो।
11Verily I say to you, that there is not arisen among [the] born of women a greater than John the baptist. But he who is a little one in the kingdom of the heavens is greater than he.
12बप्तिस्मा दिने यूहन्नाको समयदखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्।
12But from the days of John the baptist until now, the kingdom of the heavens is taken by violence, and [the] violent seize on it.
13सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउञ्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्।
13For all the prophets and the law have prophesied unto John.
14यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्।
14And if ye will receive it, this is Elias, who is to come.
15मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
15He that has ears to hear, let him hear.
16“आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटाकेटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
16But to whom shall I liken this generation? It is like children sitting in the markets, which, calling to their companions,
17‘तिमीहरूको निम्ति हामीहरूले संगीत बजायौ, तर तिमीहरू नाचेनौ; हामीहरूले दुखका गीत गायौं, तर तिमीहरू दुखी भएनौ।’
17say, We have piped to you, and ye have not danced: we have mourned to you, and ye have not wailed.
18मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनना। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छना।’
18For John has come neither eating nor drinking, and they say, He has a demon.
19मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
19The Son of man has come eating and drinking, and they say, Behold, a man [that is] eating and wine-drinking, a friend of tax-gatherers, and of sinners: -- and wisdom has been justified by her children.
20येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।
20Then began he to reproach the cities in which most of his works of power had taken place, because they had not repented.
21येशूले भन्नुभयो, ‘ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए।
21Woe to thee, Chorazin! woe to thee Bethsaida! for if the works of power which have taken place in you, had taken place in Tyre and Sidon, they had long ago repented in sackcloth and ashes.
22तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
22But I say to you, that it shall be more tolerable for Tyre and Sidon in judgment-day than for you.
23तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहँ तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।
23And *thou*, Capernaum, who hast been raised up to heaven, shalt be brought down even to hades. For if the works of power which have taken place in thee, had taken place in Sodom, it had remained until this day.
24तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
24But I say to you, that it shall be more tolerable for [the] land of Sodom in judgment-day than for thee.
25त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
25At that time, Jesus answering said, I praise thee, Father, Lord of the heaven and of the earth, that thou hast hid these things from the wise and prudent, and hast revealed them to babes.
26हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
26Yea, Father, for thus has it been well-pleasing in thy sight.
27“मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
27All things have been delivered to me by my Father, and no one knows the Son but the Father, nor does any one know the Father, but the Son, and he to whom the Son may be pleased to reveal [him].
28मकहाँ आऊ। ‘जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु।
28Come to me, all ye who labour and are burdened, and *I* will give you rest.
29मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।
29Take my yoke upon you, and learn from me; for I am meek and lowly in heart; and ye shall find rest to your souls;
30हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलका छ।”
30for my yoke is easy, and my burden is light.