1त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे।
1At that time Jesus went on the sabbath through the cornfields; and his disciples were hungry, and began to pluck the ears and to eat.
2फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
2But the Pharisees, seeing [it], said to him, Behold, thy disciples are doing what is not lawful to do on sabbath.
3उहाँले तिनीहरूलाई भन्नुभयो, ‘दाऊदले, आफै र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?
3But he said to them, Have ye not read what David did when he was hungry, and they that were with him?
4दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो।
4How he entered into the house of God, and ate the shewbread, which it was not lawful for him to eat, nor for those with him, but for the priests only?
5अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन।
5Or have ye not read in the law that on the sabbaths the priests in the temple profane the sabbath, and are blameless?
6म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ।
6But I say unto you, that there is here what is greater than the temple.
7धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया जाहन्छु।’ वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
7But if ye had known what is: I will have mercy and not sacrifice, ye would not have condemned the guiltless.
8“मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”
8For the Son of man is Lord of the sabbath.
9येशू त्यहाँबाट हिंडनु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो।
9And, going away from thence, he came into their synagogue.
10उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, ‘के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
10And behold, there was a man having his hand withered. And they asked him, saying, Is it lawful to heal on the sabbath? that they might accuse him.
11उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेडा छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ?
11But he said to them, What man shall there be of you who has one sheep, and if this fall into a pit on the sabbath, will not lay hold of it and raise [it] up?
12एउटा मानिस भेडा भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
12How much better then is a man than a sheep! So that it is lawful to do well on the sabbath.
13तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, ‘मलाई तिम्रो हात हेर्न देऊ।’ त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो।
13Then he says to the man, Stretch out thy hand. And he stretched [it] out, and it was restored sound as the other.
14तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
14But the Pharisees, having gone out, took counsel against him, how they might destroy him.
15फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशुलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोडनुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो।
15But Jesus knowing [it], withdrew thence, and great crowds followed him; and he healed them all:
16उहाँको हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नु येशूले चेताउनी दिनुभयो भएको थियो।
16and charged them strictly that they should not make him publicly known:
17येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
17that that might be fulfilled which was spoken through Esaias the prophet, saying,
18“यहाँ मेरो दास छ; मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु। अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
18Behold my servant, whom I have chosen, my beloved, in whom my soul has found its delight. I will put my Spirit upon him, and he shall shew forth judgment to the nations.
19उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ। उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
19He shall not strive or cry out, nor shall any one hear his voice in the streets;
20उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन। उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन। उसले यी सबै गरिहनेछ जबसम्म साँचो न्यायले विजय प्राप्त गर्देन।
20a bruised reed shall he not break, and smoking flax shall he not quench, until he bring forth judgment unto victory;
21सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन।” यशैया 421-4
21and on his name shall [the] nations hope.
22त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।
22Then was brought to him one possessed by a demon, blind and dumb, and he healed him, so that the dumb [man] spake and saw.
23सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”
23And all the crowds were amazed and said, Is this [man] the Son of David?
24जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
24But the Pharisees, having heard [it], said, This [man] does not cast out demons, but by Beelzebub, prince of demons.
25येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।
25But he, knowing their thoughts, said to them, Every kingdom divided against itself is brought to desolation, and every city or house divided against itself will not subsist.
26यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ?
26And if Satan casts out Satan, he is divided against himself; how then shall his kingdom subsist?
27तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भुत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्।
27And if *I* cast out demons by Beelzebub, your sons, by whom do they cast [them] out? For this reason *they* shall be your judges.
28तर म परमेश्वरका आत्माको शक्तिद्वारा भुतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।
28But if *I* by [the] Spirit of God cast out demons, then indeed the kingdom of God is come upon you.
29“यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ।
29Or how can any one enter into the house of the strong [man] and plunder his goods, unless first he bind the strong [man]? and then he will plunder his house.
30जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।
30He that is not with me is against me, and he that gathers not with me scatters.
31यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।
31For this reason I say unto you, Every sin and injurious speaking shall be forgiven to men, but speaking injuriously of the Spirit shall not be forgiven to men.
32यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
32And whosoever shall have spoken a word against the Son of man, it shall be forgiven him; but whosoever shall speak against the Holy Spirit, it shall not be forgiven him, neither in this age nor in the coming [one].
33“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्ष नै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।
33Either make the tree good, and its fruit good; or make the tree corrupt, and its fruit corrupt. For from the fruit the tree is known.
34ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।
34Offspring of vipers! how can ye speak good things, being wicked? For of the abundance of the heart the mouth speaks.
35असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। हृदयमा थुपारेको यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।
35The good man out of the good treasure brings forth good things; and the wicked man out of the wicked treasure brings forth wicked things.
36यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ।
36But I say unto you, that every idle word which men shall say, they shall render an account of it in judgment-day:
37तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”
37for by thy words thou shalt be justified, and by thy words thou shalt be condemned.
38तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, ‘गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।’
38Then answered him some of the scribes and Pharisees, saying, Teacher, we desire to see a sign from thee.
39येशूले जवाफ दिनुभयो, ‘दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेकै
39But he, answering, said to them, A wicked and adulterous generation seeks after a sign, and a sign shall not be given to it save the sign of Jonas the prophet.
40तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ।
40For even as Jonas was in the belly of the great fish three days and three nights, thus shall the Son of man be in the heart of the earth three days and three nights.
41अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निवेदक मानिसहरू यस पुस्ताको साथमा खडा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बदलेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।
41Ninevites shall stand up in the judgment with this generation, and shall condemn it: for they repented at the preaching of Jonas; and behold, more than Jonas [is] here.
42न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।
42A queen of [the] south shall rise up in the judgment with this generation, and shall condemn it; for she came from the ends of the earth to hear the wisdom of Solomon; and behold, more than Solomon [is] here.
43‘जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन।
43But when the unclean spirit has gone out of the man, he goes through dry places, seeking rest, and does not find [it].
44तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा र्फकिजानेछु, जसलाई मैले छाडे र आए।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ।
44Then he says, I will return to my house whence I came out; and having come, he finds [it] unoccupied, swept, and adorned.
45त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढता दुष्ट आत्मा अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।’
45Then he goes and takes with himself seven other spirits worse than himself, and entering in, they dwell there; and the last condition of that man becomes worse than the first. Thus shall it be to this wicked generation also.
46जब येशू मानिसहरूसित अझ बातचीत गर्दे हुनुहुन्थयो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशुसँग भेट गर्न चाहन्थे।
46But while he was yet speaking to the crowds, behold, his mother and his brethren stood without, seeking to speak to him.
47कुनै एकजनाले भने, ‘तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।’
47Then one said unto him, Behold, thy mother and thy brethren are standing without, seeking to speak to thee.
48येशूले त्यो मानिसलाई बोल्दै गर्ने मानिसलाई भन्नुभयो, ‘मेरा आमा र मेरा भाइहरू को हुन्?’
48But he answering said to him that spoke to him, Who is my mother, and who are my brethren?
49आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘हेर। यिनीहरू नै आमा र भाइहरू हुन्।
49And, stretching out his hand to his disciples, he said, Behold my mother and my brethren;
50जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
50for whosoever shall do the will of my Father who is in [the] heavens, he is my brother, and sister, and mother.