1बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।
1The wisdom of women buildeth their house; but folly plucketh it down with her hands.
2जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।
2He that walketh in his uprightness feareth Jehovah; but he that is perverted in his ways despiseth him.
3मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ।
3In the fool's mouth is a rod of pride; but the lips of the wise shall preserve them.
4जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।
4Where no oxen are, the crib is clean; but much increase is by the strength of the ox.
5एकजना साँचो गवाहीले साँचो बोल्छ, तर झूटो गवाहीले सधैं झूटो नै बोलिरहन्छ।
5A faithful witness will not lie; but a false witness uttereth lies.
6एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।
6A scorner seeketh wisdom, and there is none [for him]; but knowledge is easy unto the intelligent.
7मूर्खको संगतबाट तिमी सधैं टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।
7Go from the presence of a foolish man, in whom thou perceivest not the lips of knowledge.
8ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।
8The wisdom of the prudent is to discern his way; but the folly of the foolish is deceit.
9पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ।
9Fools make a mock at trespass; but for the upright there is favour.
10यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
10The heart knoweth its own bitterness, and a stranger doth not intermeddle with its joy.
11एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ।
11The house of the wicked shall be overthrown; but the tent of the upright shall flourish.
12त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।
12There is a way that seemeth right unto a man, but the end thereof is the ways of death.
13कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ।
13Even in laughter the heart is sorrowful, and the end of mirth is sadness.
14एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
14The backslider in heart shall be filled with his own ways, and the good man from what is in himself.
15एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
15The simple believeth every word; but the prudent [man] heedeth his going.
16एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढछ।
16A wise [man] feareth and departeth from evil; but the foolish is overbearing and confident.
17चाँडो रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्छ अनि एकजना कुबाटोमा लाग्ने मानिस घृणित हुन्छ।
17He that is soon angry dealeth foolishly, and a man of mischievous devices is hated.
18अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ।
18The simple inherit folly; but the prudent are crowned with knowledge.
19नराम्रा मानिसहरू असल मानिसहरूको अघि झुक्नु पर्छ अनि दुष्ट मानिसहरू धर्मी मानिसहरूको दैलोमा झुक्नुपर्छ।
19The evil bow before the good, and the wicked at the gates of the righteous [man].
20गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन्। तर धनीका त धेरै मित्रहरू हुन्छन्।
20He that is poor is hated even of his own neighbour; but the rich hath many friends.
21जसले आफ्नो छिमेकिलाई हेला गर्छ उसले पाप गर्छ, तर जसले गरीब माथि दया गर्छ त्यो धन्यको हुन्छ।
21He that despiseth his neighbour sinneth; but he that is gracious to the afflicted, happy is he.
22जुन मानिसले षड्यन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ।
22Do they not err that devise evil? but loving-kindness and truth are for those that devise good.
23यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
23In all labour there is profit; but the talk of the lips [tendeth] only to want.
24ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।
24The crown of the wise is their riches; the folly of the foolish is folly.
25साँचो गवाहीले जीवनको रक्षा गर्छ, तर झूटो गवाहीले झूटो बोल्छ।
25A true witness delivereth souls; but deceit uttereth lies.
26परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।
26In the fear of Jehovah is strong confidence, and his children shall have a place of refuge.
27परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।
27The fear of Jehovah is a fountain of life, to turn away from the snares of death.
28यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
28In the multitude of people is the king's glory; but in the lack of people is the ruin of a prince.
29धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसको प्रकोपमा पर्छ उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।
29He that is slow to anger is of great understanding; but he that is hasty of spirit exalteth folly.
30शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।
30A sound heart is the life of the flesh; but envy the rottenness of the bones.
31जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ गरीबलाई दया देखाउँछ।
31He that oppresseth the poor reproacheth his Maker; but he that honoureth Him is gracious to the needy.
32एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।
32The wicked is driven away by his evil-doing; but the righteous trusteth, [even] in his death.
33ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
33Wisdom resteth in the heart of the intelligent [man]; but that which is in the foolish maketh itself known.
34धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।
34Righteousness exalteth a nation; but sin is a reproach to peoples.
35ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।
35The king's favour is toward a wise servant; but his wrath is [against] him that causeth shame.