1नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।
1A soft answer turneth away fury; but a grievous word stirreth up anger.
2ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
2The tongue of the wise useth knowledge aright; but the mouth of the foolish poureth out folly.
3परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
3The eyes of Jehovah are in every place, beholding the evil and the good.
4जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।
4Gentleness of tongue is a tree of life; but crookedness therein is a breaking of the spirit.
5मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।
5A fool despiseth his father's instruction; but he that regardeth reproof becometh prudent.
6धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ।
6In the house of a righteous [man] is much treasure; but in the revenue of a wicked [man] is disturbance.
7बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।
7The lips of the wise disperse knowledge, but not so the heart of the foolish.
8एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
8The sacrifice of the wicked is an abomination to Jehovah; but the prayer of the upright is his delight.
9दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र इमान्दारी हुन संघर्ष गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।
9The way of a wicked [man] is an abomination to Jehovah; but him that pursueth righteousness he loveth.
10जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।
10Grievous correction is for him that forsaketh the path; he that hateth reproof shall die.
11परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।
11Sheol and destruction are before Jehovah; how much more then the hearts of the children of men!
12मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।
12A scorner loveth not one that reproveth him; he will not go unto the wise.
13एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
13A joyful heart maketh a cheerful countenance; but by sorrow of heart the spirit is broken.
14विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।
14The heart of an intelligent [man] seeketh knowledge; but the mouth of the foolish feedeth on folly.
15गरीब मानिसहरूको समय सधैं दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।
15All the days of the afflicted are evil; but a cheerful heart is a continual feast.
16धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
16Better is little with the fear of Jehovah than great store and disquietude therewith.
17घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।
17Better is a meal of herbs where love is, than a fatted ox and hatred therewith.
18एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ।
18A furious man stirreth up contention; but he that is slow to anger appeaseth strife.
19एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।
19The way of the sluggard is as a hedge of thorns; but the path of the upright is made plain.
20एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।
20A wise son maketh a glad father; but a foolish man despiseth his mother.
21मूर्खलाई दुष्ट कामले खुशी तुल्याँउछ। तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।
21Folly is joy to him that is void of sense; but a man of understanding regulateth his walk.
22चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
22Without counsel purposes are disappointed; but in the multitude of counsellors they are established.
23सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।
23A man hath joy by the answer of his mouth; and a word in its season, how good is it!
24बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।
24The path of life is upwards for the wise, that he may depart from Sheol beneath.
25अहंकारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।
25Jehovah plucketh up the house of the proud; but he establisheth the boundary of the widow.
26दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचार सँग खुशी हुनु हुन्छ।
26The thoughts of the evil [man] are an abomination to Jehovah; but pure words are pleasant.
27लोभी मानिसले आफ्नै घरमा आफ्द बोलाउँछ, तर त्यो मानिस बाँची रहन्छ जसले घूसलाई घृणा गर्छ।
27He that is greedy of gain troubleth his own house; but he that hateth gifts shall live.
28एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।
28The heart of a righteous [man] studieth to answer; but the mouth of the wicked poureth out evil things.
29परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।
29Jehovah is far from the wicked; but he heareth the prayer of the righteous.
30एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।
30That which enlighteneth the eyes rejoiceth the heart; good tidings make the bones fat.
31जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ।
31The ear that heareth the reproof of life shall abide among the wise.
32जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।
32He that refuseth instruction despiseth his own soul; but he that heareth reproof getteth sense.
33परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ।
33The fear of Jehovah is the discipline of wisdom, and before honour [goeth] humility.