1यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ।
1When thou sittest to eat with a ruler, consider well who is before thee;
2तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ।
2and put a knife to thy throat, if thou be a man given to appetite.
3उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोउ किनभने उसको भोजन छलपूर्ण हुन्छ। -7-
3Be not desirous of his dainties; for they are deceitful food.
4धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर।
4Weary not thyself to become rich; cease from thine own intelligence:
5धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ। -8-
5wilt thou set thine eyes upon it, it is gone; for indeed it maketh itself wings and it flieth away as an eagle towards the heavens.
6एउटा कञ्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर।
6Eat thou not the food of him that hath an evil eye, neither desire thou his dainties.
7त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन।
7For as he thinketh in his soul, so is he. Eat and drink! will he say unto thee; but his heart is not with thee.
8तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्। -9-
8Thy morsel which thou hast eaten must thou vomit up, and thou wilt have wasted thy sweet words.
9मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर। -10-
9Speak not in the ears of a foolish [man], for he will despise the wisdom of thy words.
10जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर।
10Remove not the ancient landmark; and enter not into the fields of the fatherless:
11किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लडनु हुन्छ। -11-
11for their redeemer is mighty; he will plead their cause against thee.
12तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ। -12-
12Apply thy heart unto instruction, and thine ears to the words of knowledge.
13आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।
13Withhold not correction from the child; for [if] thou beatest him with the rod, he shall not die:
14यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ। -13-
14thou shalt beat him with the rod, and shalt deliver his soul from Sheol.
15हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।
15My son, if thy heart be wise, my heart shall rejoice, even mine;
16यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए।
16and my reins shall exult, when thy lips speak right things.
17पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।
17Let not thy heart envy sinners, but [be thou] in the fear of Jehovah all the day;
18तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन। -15-
18for surely there is a result, and thine expectation shall not be cut off.
19मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।
19Thou, my son, hear and be wise, and direct thy heart in the way.
20धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख।
20Be not among winebibbers, among riotous eaters of flesh.
21जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ। -19-
21For the drunkard and the glutton shall come to poverty; and drowsiness clotheth with rags.
22तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर।
22Hearken unto thy father that begat thee, and despise not thy mother when she is old.
23सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।
23Buy the truth, and sell it not; wisdom, and instruction, and intelligence.
24इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।
24The father of a righteous [man] shall greatly rejoice, and he that begetteth a wise [son] shall have joy of him:
25यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन। -17-
25let thy father and thy mother have joy, and let her that bore thee rejoice.
26हे मेरो छोरो! म जे भन्दैछु अलिक ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर।
26My son, give me thy heart, and let thine eyes observe my ways.
27एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो।
27For a whore is a deep ditch; and a strange woman is a narrow pit.
28एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे। -18-
28She also lieth in wait as a robber, and increaseth the treacherous among men.
29कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्?
29Who hath woe? Who hath sorrow? Who contentions? Who complaining? Who wounds without cause? Who redness of eyes?
30तिनीहरू ती हुन् जो रात दिन दाखरसको सेवनमा बिताउछन अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।
30-- They that tarry long at the wine; they that go to try mixed wine.
31दाखरसद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा सम्मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ।
31Look not upon the wine when it is red, when it sparkleth in the cup, and goeth down smoothly:
32तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।
32at the last it biteth like a serpent, and stingeth like an adder.
33तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कूद्ने छन्।
33Thine eyes shall behold strange women, and thy heart shall speak froward things;
34तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ।
34and thou shalt be as he that lieth down in the midst of the sea, and as he that lieth down upon the top of a mast:
35तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु। -19-
35-- ''They have smitten me, [and] I am not sore; they have beaten me, [and] I knew it not. When shall I awake? I will seek it yet again.''