1दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर।
1Be not thou envious of evil men, neither desire to be with them;
2तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्। -20-
2for their heart studieth destruction, and their lips talk of mischief.
3एउटा घर ज्ञान द्वारा निर्माण गरिन्छ र समझशक्ति द्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।
3Through wisdom is a house built, and by understanding it is established;
4अनि ज्ञानद्वारा यसको भण्डारकोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्। -21-
4and by knowledge are the chambers filled with all precious and pleasant substance.
5एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मनिस भन्दा असल हो।
5A wise man is strong, and a man of knowledge increaseth strength.
6यसकारण तिमीले लडाई लडन। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चहान्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ। -22-
6For with good advice shalt thou make thy war; and in the multitude of counsellors there is safety.
7मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन। -23-
7Wisdom is too high for a fool: he will not open his mouth in the gate.
8दुष्ट षडयन्त्र सधैं गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
8He that deviseth to do evil shall be called a master of intrigues.
9मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ। -24-
9The purpose of folly is sin, and the scorner is an abomination to men.
10यदि तिमीले आफैंलाई सकंटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
10[If] thou losest courage in the day of trouble, thy strength is small.
11यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
11Deliver them that are taken forth unto death, and withdraw not from them that stagger to slaughter.
12यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ। -26-
12If thou sayest, Behold, we knew it not, will not he that weigheth the hearts consider it? And he that preserveth thy soul, he knoweth it; and he rendereth to man according to his work.
13हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।
13Eat honey, my son, for it is good; and a honeycomb is sweet to thy taste:
14यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन। -27-
14so consider wisdom for thy soul; if thou hast found it, there shall be a result, and thine expectation shall not be cut off.
15एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।
15Lay not wait, O wicked [man], against the dwelling of the righteous; lay not waste his resting-place.
16धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ। -28-
16For the righteous falleth seven times, and riseth up again; but the wicked stumble into disaster.
17शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
17Rejoice not when thine enemy falleth, and let not thy heart be glad when he stumbleth;
18यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला। -29-
18lest Jehovah see it, and it be evil in his sight, and he turn away his anger from him.
19दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर,
19Fret not thyself because of evil-doers, [and] be not envious of the wicked:
20किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्। -30-
20for there shall be no future to the evil [man]; the lamp of the wicked shall be put out.
21हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
21My son, fear Jehovah and the king: meddle not with them that are given to change.
22किनभने त्यस्ता मानिसहरू एकसी नासिनेछन। अनि तिमीलाई थाहाँ हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
22For their calamity shall rise suddenly; and who knoweth the ruin of them both?
23यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
23These things also come from the wise. It is not good to have respect of persons in judgment.
24एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
24He that saith unto the wicked, Thou art righteous, peoples shall curse him, nations shall abhor him;
25तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
25but to them that rebuke [him] shall be delight, and a good blessing cometh upon them.
26निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
26He kisseth the lips who giveth a right answer.
27पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
27Prepare thy work without, and put thy field in order, and afterwards build thy house.
28तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।
28Be not a witness against thy neighbour without cause; and wouldest thou deceive with thy lips?
29यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
29Say not, I will do so to him as he hath done to me, I will render to the man according to his work.
30म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
30I went by the field of a sluggard, and by the vineyard of a man void of understanding;
31त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
31and lo, it was all grown over with thistles, and nettles had covered the face thereof, and its stone wall was broken down.
32मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।
32Then I looked, I took it to heart; I saw, I received instruction:
33एक छिनको सुताईले अनि एक छिनको आरामले।
33-- A little sleep, a little slumber, a little folding of the hands to rest!
34दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
34So shall thy poverty come [as] a roving plunderer, and thy penury as an armed man.