Nepali

Darby's Translation

Psalms

118

1परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सर्वदा रहनेछ!
1Give ye thanks unto Jehovah; for he is good; for his loving-kindness [endureth] for ever.
2इस्राएल ले यसो भन्छ, “उहाँको स्नेहपूर्ण करूणा सदा सर्वदा रहनेछ!”
2Oh let Israel say, that his loving-kindness [endureth] for ever.
3पूजाहारीहरू यसो भन्छन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”
3Oh let the house of Aaron say, that his loving-kindness [endureth] for ever.
4मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”
4Oh let them that fear Jehovah say, that his loving-kindness [endureth] for ever.
5म संकटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें। परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
5I called upon Jah in distress; Jah answered me [and set me] in a large place.
6परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउन सक्तैन।
6Jehovah is for me, I will not fear; what can man do unto me?
7परमप्रभु मेरो सहयोगी हुनुहुन्छ म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
7Jehovah is for me among them that help me; and I shall see [my desire] upon them that hate me.
8मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
8It is better to trust in Jehovah than to put confidence in man;
9तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
9It is better to trust in Jehovah than to put confidence in nobles.
10धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
10All nations encompassed me; but in the name of Jehovah have I destroyed them.
11शत्रुहरूले मलाई घरि-घरि हेरी रहे। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
11They encompassed me, yea, encompassed me; but in the name of Jehovah have I destroyed them.
12शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ। तर, तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।
12They encompassed me like bees; they are quenched as the fire of thorns: for in the name of Jehovah have I destroyed them.
13मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए। तर परमप्रभुले मलाई साथ दिनुभयो।
13Thou hast thrust hard at me that I might fall; but Jehovah helped me.
14परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ!
14My strength and song is Jah, and he is become my salvation.
15तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
15The voice of triumph and salvation is in the tents of the righteous: the right hand of Jehovah doeth valiantly;
16परमप्रभुको पाखुराहरू विजयी भएर उठे। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16The right hand of Jehovah is exalted, the right hand of Jehovah doeth valiantly.
17म बाँच्ने छु मर्ने छैन अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
17I shall not die, but live, and declare the works of Jah.
18परमप्रभुले मलाई दण्ड दिनु भयो, तर उहाँले मलाई मर्न दिनु भएन।
18Jah hath chastened me sore; but he hath not given me over unto death.
19असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
19Open to me the gates of righteousness: I will enter into them; Jah will I praise.
20तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्। विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्दछन्।
20This is the gate of Jehovah: the righteous shall enter therein.
21परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु। मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
21I will give thee thanks, for thou hast answered me, and art become my salvation.
22जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गा हुन गयो।
22[The] stone which the builders rejected hath become the head of the corner:
23परमप्रभुले यस्तो बनाउनु भयो। अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौ!
23This is of Jehovah; it is wonderful in our eyes.
24आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं!
24This is the day that Jehovah hath made; we will rejoice and be glad in it.
25मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर! परमप्रभुले हामीलाई बचाउनु हुन्छ!
25Oh save, Jehovah, I beseech thee; Jehovah, I beseech thee, oh send prosperity!
26परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।” पूजाहारीहरूले जवाफ दिए। “हामी तिमीहरूलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
26Blessed be he that cometh in the name of Jehovah. We have blessed you out of the house of Jehovah.
27परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ। भेंडाका पाठालाई बलिदानको लागि बाँध अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”
27Jehovah is ùGod, and he hath given us light: bind the sacrifice with cords, -- up to the horns of the altar.
28परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु। म तपाइको प्रशंसा गर्छु।
28Thou art my ùGod, and I will give thee thanks; my God, I will exalt thee.
29परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा सर्वदा रहेनेछ।
29Give ye thanks unto Jehovah; for he is good; for his loving-kindness [endureth] for ever.