1शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
1ALEPH. Blessed are the perfect in the way, who walk in the law of Jehovah.
2परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
2Blessed are they that observe his testimonies, that seek him with the whole heart;
3ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
3Who also do no unrighteousness: they walk in his ways.
4परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
4Thou hast enjoined thy precepts, to be kept diligently.
5यदि सँधै तपाईंको विधिहरू पालन गरें भने, परमप्रभु,
5Oh that my ways were directed to keep thy statutes!
6तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
6Then shall I not be ashamed, when I have respect unto all thy commandments.
7जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँचो रूपमा तपाईंको सम्मान गर्नेछु।
7I will give thee thanks with uprightness of heart, when I shall have learned thy righteous judgments.
8परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्!
8I will keep thy statutes: forsake me not utterly.
9तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ?
9BETH. Wherewithal shall a young man cleanse his path? by taking heed according to thy word.
10म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
10With my whole heart have I sought thee: let me not wander from thy commandments.
11मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
11Thy ùword have I hid in my heart, that I might not sin against thee.
12हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
12Blessed art thou, Jehovah! teach me thy statutes.
13म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
13With my lips have I declared all the judgments of thy mouth.
14म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु।
14I have rejoiced in the way of thy testimonies, as [much as] in all wealth.
15म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुसरण गर्नेछु।
15I will meditate upon thy precepts, and have respect unto thy paths.
16म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।
16I delight myself in thy statutes; I will not forget thy word.
17मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्ने छु।
17GIMEL. Deal bountifully with thy servant [and] I shall live; and I will keep thy word.
18हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
18Open mine eyes, and I shall behold wondrous things out of thy law.
19म यस देशमा परदेशी हुँ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
19I am a stranger in the land; hide not thy commandments from me.
20म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु।
20My soul breaketh for longing after thy judgments at all times.
21हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
21Thou hast rebuked the proud [that are] cursed, who wander from thy commandments.
22मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु।
22Roll off from me reproach and contempt; for I observe thy testimonies.
23अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु।
23Princes also did sit [and] talk together against me: thy servant doth meditate in thy statutes.
24तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।
24Thy testimonies also are my delight [and] my counsellors.
25म चाँडै मर्नेछु। हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
25DALETH. My soul cleaveth unto the dust: quicken me according to thy word.
26मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्।
26I have declared my ways, and thou hast answered me: teach me thy statutes.
27हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
27Make me to understand the way of thy precepts, and I will meditate upon thy wondrous works.
28म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
28My soul melteth for sadness: strengthen me according to thy word.
29हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।
29Remove from me the way of falsehood, and graciously grant me thy law.
30हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौ भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
30I have chosen the way of faithfulness; thy judgments have I set [before me].
31म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्।
31I cleave unto thy testimonies; Jehovah, let me not be ashamed.
32म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।
32I will run the way of thy commandments when thou shalt enlarge my heart.
33हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुसरण गर्नेछु।
33HE. Teach me, O Jehovah, the way of thy statutes, and I will observe it [unto] the end.
34मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
34Give me understanding, and I will observe thy law; and I will keep it with [my] whole heart.
35हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँचो रूपले त्यो जीवन शैली अपनाउने छु।
35Make me to walk in the path of thy commandments; for therein do I delight.
36मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
36Incline my heart unto thy testimonies, and not to gain.
37परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
37Turn away mine eyes from beholding vanity; quicken me in thy way.
38त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
38Establish thy ùword unto thy servant, who is [devoted] to thy fear.
39हे परमप्रभु, जुन खप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
39Turn away my reproach which I fear; for thy judgments are good.
40हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
40Behold, I have longed after thy precepts: quicken me in thy righteousness.
41हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले कसम खाए जस्तै देखाउनु होस्, अनि मलाई बचाउनु होस्।
41VAU. And let thy loving-kindness come unto me, O Jehovah, -- thy salvation according to thy ùword.
42जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
42So shall I have wherewith to answer him that reproacheth me; for I confide in thy word.
43म सधैं तपाईंको साँचो उपदेशहरू बोल्न पाऊ। हे परमप्रभु, म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
43And take not the word of truth utterly out of my mouth; because I have hoped in thy judgments.
44हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुसरण गर्नेछु।
44Then will I keep thy law continually, for ever and ever;
45यसकारण म स्वतन्त्र हुने छु। किन? किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।
45And I will walk at liberty, for I have sought thy precepts;
46म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
46And I will speak of thy testimonies before kings, and will not be ashamed;
47म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु, परमप्रभु। म ती आज्ञाहरू मन पराउँछु।
47And I will delight myself in thy commandments, which I have loved;
48हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु। अनि म तिनीहरूलाई अध्ययन गर्छु।
48And I will lift up my hands unto thy commandments, which I have loved, and I will meditate in thy statutes.
49हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
49ZAIN. Remember the word for thy servant, upon which thou hast caused me to hope.
50म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
50This is my comfort in mine affliction; for thy ùword hath quickened me.
51ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ।
51The proud have derided me beyond measure: I have not declined from thy law.
52हे परमप्रभु, म सधैं तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ।
52I remembered thy judgments of old, O Jehovah, and have comforted myself.
53जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू मान्न छाड्दै गएको देखेर म क्रोधित भएँ।
53Burning indignation hath taken hold upon me because of the wicked who forsake thy law.
54मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्।
54Thy statutes have been my songs in the house of my pilgrimage.
55हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
55I have remembered thy name, O Jehovah, in the night, and have kept thy law.
56त्यस्तो हुने गर्छ किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।
56This I have had, because I have observed thy precepts.
57हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
57CHETH. My portion, O Jehovah, I have said, is to keep thy words.
58हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सँधै तपाईंले वचन दिए झै’ कृपादृष्टि रहोस्।
58I have sought thy favour with [my] whole heart: be gracious unto me according to thy ùword.
59मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचे’। अनि म तपाईंको करार प्रति फर्किएर आए।
59I have thought on my ways, and turned my feet unto thy testimonies.
60कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
60I have made haste, and not delayed, to keep thy commandments.
61केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु मैले तपाईंको उपदेशहरू भुलिनँ।
61The bands of the wicked have wrapped me round: I have not forgotten thy law.
62तपाईंको धार्मिक निर्णयहरूको निम्ति धन्यवाद दिन म रातमा उठें।
62At midnight I rise up to give thanks unto thee, because of thy righteous judgments.
63ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ। म ती सबै मानिसहरूको साथी हुँ ज-जसले तपाईंको आदेशहरू मान्दछन।
63I am the companion of all that fear thee, and of them that keep thy precepts.
64हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ। मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।
64The earth, O Jehovah, is full of thy loving-kindness: teach me thy statutes.
65परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
65TETH. Thou hast dealt well with thy servant, O Jehovah, according to thy word.
66हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्। म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
66Teach me good discernment and knowledge; for I have believed in thy commandments.
67म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
67Before I was afflicted I went astray, but now I keep thy ùword.
68परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ। तपाईंको नियमहरू सिकाउनु होस्।
68Thou art good, and doest good; teach me thy statutes.
69मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्। तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
69The proud have forged falsehood against me: I will observe thy precepts with [my] whole heart.
70ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
70Their heart is as fat as grease: as for me, I delight in thy law.
71मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें।
71It is good for me that I have been afflicted, that I might learn thy statutes.
72हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरूभन्दा उत्तम छ।
72The law of thy mouth is better unto me than thousands of gold and silver.
73हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
73YOD. Thy hands have made me and fashioned me: give me understanding, and I will learn thy commandments.
74हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।
74They that fear thee will see me, and rejoice; because I have hoped in thy word.
75हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
75I know, Jehovah, that thy Judgments are righteousness, and that in faithfulness thou hast afflicted me.
76अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
76Oh let thy loving-kindness be for my comfort, according to thy ùword unto thy servant.
77हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
77Let thy tender mercies come unto me, that I may live; for thy law is my delight.
78मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन्। परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु।
78Let the proud be ashamed; for they have acted perversely towards me with falsehood: as for me, I meditate in thy precepts.
79भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करारवचनहरू सिक्न सक्छन्।
79Let those that fear thee turn unto me, and those that know thy testimonies.
80परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ ताकि म लज्जित हुने छैन।
80Let my heart be perfect in thy statutes, that I be not ashamed.
81म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
81CAPH. My soul fainteth for thy salvation; I hope in thy word.
82मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन् परमप्रभु, कहिले मलाई सान्त्वना दिनुहुन्छ?
82Mine eyes fail for thy ùword, saying, When wilt thou comfort me?
83म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन।
83For I am become like a bottle in the smoke; I do not forget thy statutes.
84म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
84How many shall be the days of thy servant? when wilt thou execute judgment on them that persecute me?
85कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् सहित् मलाई प्रहार गरे।
85The proud have digged pits for me, which is not according to thy law.
86हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे। मलाई सहायता दिनुहोस्!
86All thy commandments are faithfulness. They persecute me wrongfully: help thou me.
87ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके। तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
87They had almost consumed me upon the earth; but as for me, I forsook not thy precepts.
88हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस्। तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।
88Quicken me according to thy loving-kindness, and I will keep the testimony of thy mouth.
89हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
89LAMED. For ever, O Jehovah, thy word is settled in the heavens.
90तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
90Thy faithfulness is from generation to generation: thou hast established the earth, and it standeth.
91तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
91By thine ordinances they stand this day; for all things are thy servants.
92यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
92Unless thy law had been my delight, I should then have perished in mine affliction.
93हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए।
93I will never forget thy precepts; for by them thou hast quickened me.
94हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किन? किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
94I am thine, save me; for I have sought thy precepts.
95दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
95The wicked have awaited me to destroy me; [but] I attend unto thy testimonies.
96तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
96I have seen an end of all perfection: thy commandment is exceeding broad.
97हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
97MEM. Oh how I love thy law! it is my meditation all the day.
98हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
98Thy commandments make me wiser than mine enemies; for they are ever with me.
99म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
99I have more understanding than all my teachers; for thy testimonies are my meditation.
100मेरो समझदार नेताहरूले भन्दा मैले बढता बुझेको छु किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
100I understand more than the aged, because I have observed thy precepts.
101मेरो प्रत्येक पाठशाला बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
101I have refrained my feet from every evil path, that I might keep thy word.
102यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
102I have not departed from thy judgments; for it is thou that hast taught me.
103तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्।
103How sweet are thy ùwords unto my taste! more than honey to my mouth!
104तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
104From thy precepts I get understanding; therefore I hate every false path.
105हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
105NUN. Thy word is a lamp unto my feet, and a light unto my path.
106तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
106I have sworn, and I will perform it, that I will keep thy righteous judgments.
107हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुनर्जीवित पार्नु होस्!
107I am afflicted very much; O Jehovah, quicken me according to thy word.
108हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्। अनि तपाईंका नियमहरू सिकाउनु होस्।
108Accept, I beseech thee, Jehovah, the voluntary-offerings of my mouth, and teach me thy judgments.
109मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
109My life is continually in my hand; but I do not forget thy law.
110दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
110The wicked have laid a snare for me; but I have not wandered from thy precepts.
111हे परमप्रभु, म सधैं तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ।
111Thy testimonies have I taken as a heritage for ever; for they are the rejoicing of my heart.
112म यथाशक्य तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
112I have inclined my heart to perform thy statutes for ever, unto the end.
113हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
113SAMECH. The double-minded have I hated; but thy law do I love.
114मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
114Thou art my hiding-place and my shield: I hope in thy word.
115हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
115Depart from me, ye evil-doers; and I will observe the commandments of my God.
116हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
116Uphold me according to thy ùword, that I may live; and let me not be ashamed of my hope.
117मलाई साथ दिनुहोस, परमप्रभु र म जोगिने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
117Hold thou me up, and I shall be safe; and I will have respect unto thy statutes continually.
118हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किन? किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
118Thou hast set at nought all them that wander from thy statutes; for their deceit is falsehood.
119परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सर्वदा मान्ने नै छु।
119Thou puttest away all the wicked of the earth [like] dross; therefore I love thy testimonies.
120हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।
120My flesh shuddereth for fear of thee; and I am afraid of thy judgments.
121मैले के सही र के राम्रो त्यही गरेकोछु। हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस् जसले मलाई आघात पुर्याउन चाहन्छन्।
121AIN. I have done judgment and justice: leave me not to mine oppressors.
122मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
122Be surety for thy servant for good; let not the proud oppress me.
123हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके।
123Mine eyes fail for thy salvation, and for the ùword of thy righteousness.
124म तपाईंको दास हुँ। तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
124Deal with thy servant according to thy loving-kindness, and teach me thy statutes.
125म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
125I am thy servant; give me understanding that I may know thy testimonies.
126हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो। मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
126It is time for Jehovah to work: they have made void thy law.
127हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु।
127Therefore I love thy commandments above gold, yea, above fine gold.
128म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।
128Therefore I regard all [thy] precepts concerning all things to be right: I hate every false path.
129हे परमप्रभु, तपाईंको करार अद्भूत छ। यसकारण म त्यसको अनुसरण गर्दछु।
129PE. Thy testimonies are wonderful; therefore doth my soul observe them.
130कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
130The entrance of thy words giveth light, giving understanding unto the simple.
131हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।
131I opened my mouth wide and panted; for I longed for thy commandments.
132हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्। जसले तपाईंको नाउँ जप्दछ ती मानिसहरूका लागि सही के हो त्यो काम गर्नुहोस्।
132Turn unto me, and be gracious unto me, as thou art wont to do unto those that love thy name.
133हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
133Establish my steps in thy ùword; and let not any iniquity have dominion over me.
134हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस् अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु।
134Deliver me from the oppression of man; and I will keep thy precepts.
135हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्।
135Make thy face to shine upon thy servant, and teach me thy statutes.
136म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।
136Mine eyes run down with streams of water, because they keep not thy law.
137हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र इमान्दार छन्।
137TZADE. Righteous art thou, Jehovah, and upright are thy judgments.
138तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो। हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं।
138Thou hast commanded thy testimonies in righteousness and exceeding faithfulness.
139मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ। म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले।
139My zeal destroyeth me, because mine oppressors have forgotten thy words.
140हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं, परमप्रभु। अनि म यसलाई मन पराउँछु।
140Thy ùword is exceeding pure, and thy servant loveth it.
141म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन।
141I am little and despised: thy precepts have I not forgotten.
142परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ। अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ।
142Thy righteousness is an everlasting righteousness, and thy law is truth.
143मसँग संकट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।
143Trouble and anguish have taken hold upon me: thy commandments are my delights.
144तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।
144The righteousness of thy testimonies is for ever: give me understanding, and I shall live.
145हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाक्दछु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
145KOPH. I have called with [my] whole heart; answer me, O Jehovah: I will observe thy statutes.
146हे परमप्रभु, म तपाईंलाई डाक्दछु मलाई बचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु।
146I call upon thee; save me, and I will keep thy testimonies.
147तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
147I anticipate the morning-dawn and I cry: I hope in thy word.
148तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु।
148Mine eyes anticipate the night-watches, that I may meditate in thy ùword.
149आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
149Hear my voice according to thy loving-kindness: O Jehovah, quicken me according to thy judgment.
150मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुसरण गर्दैनन्।
150They have drawn nigh that follow after mischief: they are far from thy law.
151परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
151Thou, Jehovah, art near, and all thy commandments are truth.
152धेरै वर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।
152From thy testimonies, I have known of old that thou hast founded them for ever.
153हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन।
153RESH. See mine affliction, and deliver me; for I have not forgotten thy law.
154हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
154Plead my cause, and redeem me: quicken me according to thy ùword.
155दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
155Salvation is far from the wicked; for they seek not thy statutes.
156हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
156Many are thy tender mercies, O Jehovah; quicken me according to thy judgments.
157मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनँ।
157Many are my persecutors and mine oppressors; I have not declined from thy testimonies.
158म ती विश्वासघातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन् र म तिनीहरुलाई घृणा गर्छु।
158I beheld them that deal treacherously, and was grieved; because they kept not thy ùword.
159हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
159See how I have loved thy precepts: quicken me, O Jehovah, according to thy loving-kindness.
160हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।
160The sum of thy word is truth, and every righteous judgment of thine is for ever.
161प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
161SHIN. Princes have persecuted me without a cause; but my heart standeth in awe of thy word.
162परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
162I have joy in thy ùword, as one that findeth great spoil.
163म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु! तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
163I hate and abhor falsehood; thy law do I love.
164दिनमा सातपल्ट म तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंको प्रशंसा गर्छु।
164Seven times a day do I praise thee because of thy righteous judgments.
165मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
165Great peace have they that love thy law, and nothing doth stumble them.
166हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
166I have hoped for thy salvation, O Jehovah, and have done thy commandments.
167मैले तपाईंको करार-वचनलाई अनुसरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढता नै मान्दछु।
167My soul hath kept thy testimonies, and I love them exceedingly.
168मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।
168I have kept thy precepts and thy testimonies; for all my ways are before thee.
169हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
169TAU. Let my cry come near before thee, Jehovah: give me understanding according to thy word.
170परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
170Let my supplication come before thee: deliver me according to thy ùword.
171म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
171My lips shall pour forth praise when thou hast taught me thy statutes.
172तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
172My tongue shall speak aloud of thy ùword; for all thy commandments are righteousness.
173मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले पुग्नु होस् र मलाई साथ दिनुहोस्।
173Let thy hand be for my help; for I have chosen thy precepts.
174हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
174I have longed for thy salvation, O Jehovah, and thy law is my delight.
175मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
175Let my soul live, and it shall praise thee; and let thy judgments help me.
176म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।
176I have gone astray like a lost sheep: seek thy servant; for I have not forgotten thy commandments.