Nepali

Darby's Translation

Psalms

64

1हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्। मेरो शत्रुले मलाई धमास दिएको छ। त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!
1{To the chief Musician. A Psalm of David.} Hear, O God, my voice in my plaint; preserve my life from fear of the enemy:
2मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
2Hide me from the secret counsel of evil-doers, from the tumultuous crowd of the workers of iniquity,
3तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
3Who have sharpened their tongue like a sword, [and] have aimed their arrow, a bitter word;
4तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताख्दछन्।
4That they may shoot in secret at the perfect: suddenly do they shoot at him, and fear not.
5एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काँउदछन्। तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्। तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
5They encourage themselves in an evil matter, they concert to hide snares; they say, Who will see them?
6तिनीहरूले पासोहरू लुकाएका छन्। तिनीहरूले शिकार खोजीरहेका हुन्छन्। मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
6They devise iniquities: We have it ready, the plan is diligently sought out. And each one's inward [thought] and heart is deep.
7तर परमेश्वरले पनि आफ्ना “काँडहरू” हान्न सक्नु हुन्छ! अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।
7But God will shoot an arrow at them: suddenly are they wounded;
8दुष्ट मानिसहरूले उरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्। तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ, अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ। तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हालाउने छन्।
8By their own tongue they are made to fall over one another: all that see them shall flee away.
9परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्। अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्। तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ। कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
9And all men shall fear, and shall declare God's doing; and they shall wisely consider his work.
10एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ। ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ, तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।
10The righteous shall rejoice in Jehovah, and trust in him; and all the upright in heart shall glory.