1सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
1{To the chief Musician. A Psalm of David: a Song.} Praise waiteth for thee in silence, O God, in Zion; and unto thee shall the vow be performed.
2सबै मानिसहरू तपाईंकहाँ आउँछन् किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
2O thou that hearest prayer, unto thee shall all flesh come.
3जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन् तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
3Iniquities have prevailed against me: our transgressions, thou wilt forgive them.
4हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
4Blessed is he whom thou choosest and causest to approach: he shall dwell in thy courts. We shall be satisfied with the goodness of thy house, of thy holy temple.
5हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
5By terrible things in righteousness wilt thou answer us, O God of our salvation, thou confidence of all the ends of the earth, and of the distant regions of the sea. ...
6परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो। हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
6Who by his strength established the mountains, being girded with power;
7परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
7Who stilleth the raging of the seas, the raging of their waves, and the tumult of the peoples.
8संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्। सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
8And they that dwell in the uttermost parts are afraid at thy tokens; thou makest the outgoings of the morning and evening to rejoice.
9तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
9Thou hast visited the earth, thou hast watered it; thou greatly enrichest it: the river of God is full of water; thou providest their corn, when thou hast so prepared it:
10तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो, तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
10Thou dost satiate its furrows, thou smoothest its clods, thou makest it soft with showers; thou blessest the springing thereof.
11तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो। तपाईंले हाते-गाडी धेरै फसलहरूले भर्नुभयो।
11Thou crownest the year with thy goodness, and thy paths drop fatness:
12तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
12They drop upon the pastures of the wilderness, and the hills are girded with gladness.
13चउरहरू भेंडाहरूले भरिएका छन्, बेंसीहरू अन्नले पुरिएका छन्। हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।
13The meadows are clothed with flocks, and the valleys are covered over with corn; they shout for joy, yea, they sing.