1परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
1Jehovah reigneth, he hath clothed himself with majesty: Jehovah hath clothed himself, he hath girded himself with strength; yea, the world is established, it shall not be moved.
2परमेश्वर, तपाईंको राज्य सर्वदा चल्ने छ। परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
2Thy throne is established of old; thou art from eternity.
3हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
3The floods lifted up, O Jehovah, the floods lifted up their voice; the floods lifted up their roaring waves.
4जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् तर परमप्रभु तिनीहरूमाथि अझ शक्तिशाली हुनुहुन्छ।
4Jehovah on high is mightier than the voices of many waters, than the mighty breakers of the sea.
5हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
5Thy testimonies are very sure: holiness becometh thy house, O Jehovah, for ever.