1हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
1O ùGod of vengeances, Jehovah, ùGod of vengeances, shine forth;
2तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
2Lift up thyself, thou judge of the earth, render the reward to the proud.
3हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु?
3How long shall the wicked, O Jehovah, how long shall the wicked triumph?
4कहिलेसम्म ती दुष्टकर्मीहरूले तिनीहरूको भयंकर कामहरू गर्नेछन्?
4[How long] shall they utter [and] speak insolence -- all the workers of iniquity boast themselves?
5हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए। तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
5They crush thy people, O Jehovah, and afflict thine inheritance;
6ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधुवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
6They slay the widow and the stranger, and murder the fatherless,
7अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्। तिनीहरूले भने कि इस्राएल का परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।
7And say, Jah will not see, neither will the God of Jacob regard [it].
8तिमी अबुझ मानिसहरू तिमीहरूले ज्ञानी हुन्छौ? हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ? तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ। तिमीहरूले बुझ्नु नै पर्छ।
8Understand, ye brutish among the people; and ye fools, when will ye be wise?
9परमेश्वरले यो कुरा सोच्दैनौ कि जसले कान बनायो उसले सुन्नसक्छ? निश्चय नै जसले तिम्रो आँखहरू बनायो उसले देख्न पनि सक्छ। परमेश्वरले आँखा बनाउनु भयो, यसकारण निश्चय नै के भइरहेको छ त्यो देख्ने आँखाहरू उहाँका पनि छन्।
9He that planted the ear, shall he not hear? He that formed the eye, shall he not see?
10परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ। ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
10He that instructeth the nations, shall not he correct -- he that teacheth man knowledge?
11मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू मात्र हावाका झोंका हुन्। भनेर।
11Jehovah knoweth the thoughts of man, that they are vanity.
12मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
12Blessed is the man whom thou chastenest, O Jah, and whom thou teachest out of thy law;
13हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
13That thou mayest give him rest from the days of evil, until the pit be digged for the wicked.
14परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न उहाँले तिनीहरूलाई सहयोग दिन छोडनुहुन्न।
14For Jehovah will not cast off his people, neither will he forsake his inheritance;
15न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
15For judgment shall return unto righteousness, and all the upright in heart shall follow it.
16कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लडन सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाई गर्न उभिएनन्।
16Who will rise up for me against the evil-doers? who will stand for me against the workers of iniquity?
17यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
17If Jehovah had not been my help, my soul had almost dwelt in silence.
18म जान्दछु कि म पतन हुन लागेको थिंए, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
18When I said, My foot slippeth, thy loving-kindness, O Jehovah, held me up.
19म अत्यन्त चिन्तीत र हडबडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
19In the multitude of my anxious thoughts within me thy comforts have delighted my soul.
20परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्त्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
20Shall the throne of wickedness be united to thee, which frameth mischief into a law?
21त्यस्ता न्यायकर्त्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्। तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
21They band together against the soul of the righteous, and condemn innocent blood.
22तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमेश्वर मेरो चट्टान हुनुहुन्छ मेरो सुरक्षाको ठाउँ!
22But Jehovah will be my high tower; and my God the rock of my refuge.
23परमेश्वरले भयंकर कार्य गर्ने ती दुष्ट न्यायकर्त्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्त्ताहरूलाई नष्ट गर्नुहुनेछ।
23And he will bring upon them their iniquity, and will cut them off in their own evil: Jehovah our God will cut them off.