Nepali

Darby's Translation

Romans

3

1यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ?
1What then [is] the superiority of the Jew? or what the profit of circumcision?
2हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो।
2Much every way: and first, indeed, that to them were entrusted the oracles of God.
3यो सत्य हो कि कतिपय यहूदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ?
3For what? if some have not believed, shall their unbelief make the faith of God of none effect?
4अहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छः “तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।” भजनसंग्रह 51:4
4Far be the thought: but let God be true, and every man false; according as it is written, So that thou shouldest be justified in thy words, and shouldest overcome when thou art in judgment.
5जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु।
5But if our unrighteousness commend God's righteousness, what shall we say? Is God unrighteous who inflicts wrath? I speak according to man.
6होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।
6Far be the thought: since how shall God judge the world?
7कुनै मानिसले भन्न सक्ला, “जब म झुटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”
7For if the truth of God, in my lie, has more abounded to his glory, why yet am *I* also judged as a sinner?
8तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती र्भत्सना हुनै पर्छ।
8and not, according as we are injuriously charged, and according as some affirm that we say, Let us practise evil things, that good ones may come? whose judgment is just.
9यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौ? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं।
9What then? are we better? No, in no wise: for we have before charged both Jews and Greeks with being all under sin:
10धर्मशास्त्रले भन्दछः “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्!
10according as it is written, There is not a righteous [man], not even one;
11त्यहाँ कोही बुझकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।
11there is not the [man] that understands, there is not one that seeks after God.
12सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन् अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।” भजनसंग्रह 14:1-3
12All have gone out of the way, they have together become unprofitable; there is not one that practises goodness, there is not so much as one:
13“मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन् तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।” भजनसंग्रह 5:9 “तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।” भजनसंग्रह 140:3
13their throat is an open sepulchre; with their tongues they have used deceit; asps' poison [is] under their lips:
14“तिनीहरूका मुखहरू श्राप र तीतोपनले परिपूर्ण छन्,” भजनसंग्रह 10:7
14whose mouth is full of cursing and bitterness;
15“तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्‌दछन्।
15swift their feet to shed blood;
16जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।
16ruin and misery [are] in their ways,
17तिनीहरू शान्तिको बाटो जान्दैनन्।” यशैया 59:7-8
17and way of peace they have not known:
18“तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।” भजनसंग्रह 36 : 1
18there is no fear of God before their eyes.
19हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।
19Now we know that whatever the things the law says, it speaks to those under the law, that every mouth may be stopped, and all the world be under judgment to God.
20किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।
20Wherefore by works of law no flesh shall be justified before him; for by law [is] knowledge of sin.
21तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।
21But now without law righteousness of God is manifested, borne witness to by the law and the prophets;
22परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।
22righteousness of God by faith of Jesus Christ towards all, and upon all those who believe: for there is no difference;
23सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्।
23for all have sinned, and come short of the glory of God;
24मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।
24being justified freely by his grace through the redemption which [is] in Christ Jesus;
25परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रक्तद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।
25whom God has set forth a mercy-seat, through faith in his blood, for [the] shewing forth of his righteousness, in respect of the passing by the sins that had taken place before, through the forbearance of God;
26अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।
26for [the] shewing forth of his righteousness in the present time, so that he should be just, and justify him that is of [the] faith of Jesus.
27यसकारण हामीले आफैले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो।
27Where then [is] boasting? It has been excluded. By what law? of works? Nay, but by law of faith;
28किन? किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ।
28for we reckon that a man is justified by faith, without works of law.
29परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।
29Is [God] the God of Jews only? is he not of [the] nations also? Yea, of nations also:
30परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ।
30since indeed [it is] one God who shall justify [the] circumcision on the principle of faith, and uncircumcision by faith.
31यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।
31Do we then make void law by faith? Far be the thought: [no,] but we establish law.