1यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निर्ष्कषमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके?
1What shall we say then that Abraham our father according to flesh has found?
2यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्।
2For if Abraham has been justified on the principle of works, he has whereof to boast: but not before God;
3धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”
3for what does the scripture say? And Abraham believed God, and it was reckoned to him as righteousness.
4जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ।
4Now to him that works the reward is not reckoned as of grace, but of debt:
5“कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेश्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेश्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ।
5but to him who does not work, but believes on him who justifies the ungodly, his faith is reckoned as righteousness.
6त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः
6Even as David also declares the blessedness of the man to whom God reckons righteousness without works:
7“धन्य हुन तिनीहरू जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए। धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न।
7Blessed [they] whose lawlessnesses have been forgiven, and whose sins have been covered:
8अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ, त्यो मानिस साँच्ची नै खुशी हुँदछ।” भजनसँग्रह 321-2
8blessed [the] man to whom [the] Lord shall not at all reckon sin.
9यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो।
9[Does] this blessedness then [rest] on the circumcision, or also on the uncircumcision? For we say that faith has been reckoned to Abraham as righteousness.
10यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो।
10How then has it been reckoned? when he was in circumcision, or in uncircumcision? Not in circumcision, but in uncircumcision.
11परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ।
11And he received [the] sign of circumcision [as] seal of the righteousness of faith which [he had] being in uncircumcision, that he might be [the] father of all them that believe being in uncircumcision, that righteousness might be reckoned to them also;
12अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुसरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए
12and father of circumcision, not only to those who are of [the] circumcision, but to those also who walk in the steps of the faith, during uncircumcision, of our father Abraham.
13अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए।
13For [it was] not by law that the promise was to Abraham, or to his seed, that he should be heir of [the] world, but by righteousness of faith.
14यदि मानिसहरूले व्यवस्था पछयाएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो।
14For if they which [are] of law be heirs, faith is made vain, and the promise made of no effect.
15किन? किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।
15For law works wrath; but where no law is neither [is there] transgression.
16यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्।
16Therefore [it is] on the principle of faith, that [it might be] according to grace, in order to the promise being sure to all the seed, not to that only which [is] of the law, but to that also which [is] of Abraham's faith, who is father of us all,
17धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ” यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।
17(according as it is written, I have made thee father of many nations,) before the God whom he believed, who quickens the dead, and calls the things which be not as being;
18अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।”
18who against hope believed in hope to his becoming father of many nations, according to that which was spoken, So shall thy seed be:
19अब्राहाम प्रायः एकसय र्वष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन।
19and not being weak in faith, he considered not his own body already become dead, being about a hundred years old, and the deadening of Sarah's womb,
20परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे।
20and hesitated not at the promise of God through unbelief; but found strength in faith, giving glory to God;
21आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।
21and being fully persuaded that what he has promised he is able also to do;
22यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”
22wherefore also it was reckoned to him as righteousness.
23ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन।
23Now it was not written on his account alone that it was reckoned to him,
24ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो।
24but on ours also, to whom, believing on him who has raised from among [the] dead Jesus our Lord,
25येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
25who has been delivered for our offences and has been raised for our justification, it will be reckoned.