1दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।
1ダビデは老い、その日が満ちたので、その子ソロモンをイスラエルの王とした。
2दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे।
2ダビデはイスラエルのすべてのつかさおよび祭司とレビびとを集めた。
3दाऊदले तीस र्बष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।
3レビびとの三十歳以上のものを数えると、その男の数が三万八千人あった。
4दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।
4ダビデは言った、「そのうち二万四千人は主の家の仕事をつかさどり、六千人はつかさびと、およびさばきびととなり、
5चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”
5四千人は門を守る者となり、また四千人はさんびのためにわたしの造った楽器で主をたたえよ」。
6दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।
6そしてダビデは彼らをレビの子らにしたがってゲルション、コハテ、メラリの組に分けた。
7गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए।
7ゲルションの子らはラダンとシメイ。
8लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए।
8ラダンの子らは、かしらのエヒエルとゼタムとヨエルの三人。
9शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।
9シメイの子らはシロミテ、ハジエル、ハランの三人。これらはラダンの氏族の長であった。
10शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।
10シメイの子らはヤハテ、ジナ、エウシ、ベリアの四人。皆シメイの子で、
11यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।
11ヤハテはかしら、ジザはその次、エウシとベリアは子が多くなかったので、ともに数えられて一つの氏族となった。
12कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
12コハテの子らはアムラム、イヅハル、ヘブロン、ウジエルの四人。
13अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।
13アムラムの子らはアロンとモーセである。アロンはその子らとともに、ながくいと聖なるものを聖別するために分かたれて、主の前に香をたき、主に仕え、常に主の名をもって祝福することをなした。
14जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।
14神の人モーセの子らはレビの部族のうちに数えられた。
15मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए।
15モーセの子らはゲルションとエリエゼル。
16गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए।
16ゲルションの子らは、かしらはシブエル。
17एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।
17エリエゼルの子らは、かしらはレハビヤ。エリエゼルにはこのほかに子がなかった。しかしレハビヤの子らは非常に多かった。
18यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।
18イヅハルの子らは、かしらはシロミテ。
19हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिंला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।
19ヘブロンの子らは長子はエリヤ、次はアマリヤ、第三はヤハジエル、第四はエカメアム。
20उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।
20ウジエルの子らは、かしらはミカ、次はイシアである。
21मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए।
21メラリの子らはマヘリとムシ。マヘリの子らはエレアザルとキシ。
22एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए।
22エレアザルは男の子がなくて死に、ただ娘たちだけであったが、キシの子であるその身内の男たちが彼女たちをめとった。
23मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।
23ムシの子らはマヘリ、エデル、エレモテの三人である。
24यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।
24これらはその氏族によるレビの子孫であって、その人数が数えられ、その名がしるされて、主の家の務をなした二十歳以上の者で、氏族の長であった。
25दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ।
25ダビデは言った、「イスラエルの神、主はその民に平安を与え、ながくエルサレムに住まわれる。
26यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”
26レビびとは重ねて幕屋およびその勤めの器物をかつぐことはない。
27इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।
27――ダビデの最後の言葉によって、レビびとは二十歳以上の者が数えられた――
28लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।
28彼らの務はアロンの子孫を助けて主の家の働きをし、庭とへやの仕事およびすべての聖なるものを清めること、そのほか、すべて神の家の働きをすることである。
29मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।
29また供えのパン、素祭の麦粉、種入れぬ菓子、焼いた供え物、油をまぜた供え物をつかさどり、またすべて分量および大きさを量ることをつかさどり、
30लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे।
30また朝ごとに立って主に感謝し、さんびし、夕にもまたそのようにし、
31शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।
31また安息日と新月と祭日に、主にもろもろの燔祭をささげるときは、絶えず主の前にその命じられた数にしたがってささげなければならない。このようにして彼らは会見の幕屋と聖所の務を守り、主の家の働きのためにその兄弟であるアロンの子らに仕えなければならない」。
32तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।
32このようにして彼らは会見の幕屋と聖所の務を守り、主の家の働きのためにその兄弟であるアロンの子らに仕えなければならない」。