1अय्यूबले भने, “मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ। उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।
1地上の人には、激しい労務があるではないか。またその日は雇人の日のようではないか。
2मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ। मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।
2奴隷が夕暮を慕うように、雇人がその賃銀を望むように、
3त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।
3わたしは、むなしい月を持たせられ、悩みの夜を与えられる。
4जब म सुतें, मैले सोचें, ‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’ तर रात लामो छ। अनि घाम नझुल्कुञ्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।
4わたしは寝るときに言う、『いつ起きるだろうか』と。しかし夜は長く、暁までころびまわる。
5मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।
5わたしの肉はうじと土くれとをまとい、わたしの皮は固まっては、またくずれる。
6मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
6わたしの日は機のひよりも速く、望みをもたずに消え去る。
7परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो। म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।
7記憶せよ、わたしの命は息にすぎないことを。わたしの目は再び幸を見ることがない。
8अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
8わたしを見る者の目は、かさねてわたしを見ることがなく、あなたがわたしに目を向けられても、わたしはいない。
9बादल विलिन भएर गए जस्तै मानिस मर्छ अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन।
9雲が消えて、なくなるように、陰府に下る者は上がって来ることがない。
10उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।
10彼は再びその家に帰らず、彼の所も、もはや彼を認めない。
11यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
11それゆえ、わたしはわが口をおさえず、わたしの霊のもだえによって語り、わたしの魂の苦しさによって嘆く。
12के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?
12わたしは海であるのか、龍であるのか、あなたはわたしの上に見張りを置かれる。
13मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ, मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।
13『わたしの床はわたしを慰め、わたしの寝床はわが嘆きを軽くする』とわたしが言うとき、
14तर परमेश्वर जब म ढल्किन्छु सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।
14あなたは夢をもってわたしを驚かし、幻をもってわたしを恐れさせられる。
15यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्याएर मर्न चाहन्छु।
15それゆえ、わたしは息の止まることを願い、わが骨よりもむしろ死を選ぶ。
16म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन।
16わたしは命をいとう。わたしは長く生きることを望まない。わたしに構わないでください。わたしの日は息にすぎないのだから。
17परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ? किन तपाईंले उसको सम्मान गर्नुपर्छ? किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?
17人は何者なので、あなたはこれを大きなものとし、これにみ心をとめ、
18किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ? अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?
18朝ごとに、これを尋ね、絶え間なく、これを試みられるのか。
19परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।
19いつまで、あなたはわたしに目を離さず、つばをのむまも、わたしを捨てておかれないのか。
20परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?
20人を監視される者よ、わたしが罪を犯したとて、あなたに何をなしえようか。なにゆえ、わたしをあなたの的とし、わたしをあなたの重荷とされるのか。なにゆえ、わたしのとがをゆるさず、わたしの不義を除かれないのか。わたしはいま土の中に横たわる。あなたがわたしを尋ねられても、わたしはいないでしょう」。
21किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।”
21なにゆえ、わたしのとがをゆるさず、わたしの不義を除かれないのか。わたしはいま土の中に横たわる。あなたがわたしを尋ねられても、わたしはいないでしょう」。