Nepali

Persian

1 Timothy

5

1आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई जस्तै व्यवहार गर।
1 مردی را كه از تو مسن‌تر است سرزنش نكن بلكه او را طوری نصیحت كن كه گویی پدر توست. با جوانان مثل برادران
2ठूला स्त्रीहरूसित आफ्नी आमालाई जस्तै व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै अनि शुद्ध मनले व्यवहार गर।
2 و با زنهای پیر مانند مادران و با زنهای جوان مثل خواهران خود با كمال پاكدامنی رفتار كن.
3विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्।
3 بیوه‌زنانی را كه واقعاً بیوه هستند مورد توجّه قرار بده.
4तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।
4 امّا اگر آنها دارای فرزندان و یا نوادگان هستند، باید این فرزندان و نوادگان وظیفهٔ دینی خود را اول نسبت به خانوادهٔ خود بیاموزند و تعّهدی را كه به والدین خود دارند بجا آوردند، زیرا این كار خدا را خشنود می‌سازد.
5कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसंग प्रार्थना र्गछिन्। उनले परमेश्वरसंग सहायता माग्छिन्।
5 کسی‌که واقعاً بیوه و تنهاست، به خدا توکّل دارد و شب و روز به مناجات و دعا مشغول است.
6तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।
6 ولی آن بیوه زنی كه تسلیم عیّاشی می‌شود حتّی اگر زنده باشد، در واقع مرده است.
7यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्।
7 این را به ایشان دستور بده تا از سرزنش به دور باشند.
8मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
8 اگر كسی وسایل زندگی خویشاوندان و مخصوصاً خانوادهٔ خود را فراهم نكند، ایمان را انكار كرده و بدتر از كافران شده است.
9विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60र्वष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ।
9 نام بیوه زنی كه بیش از شصت سال داشته و بیش از یک شوهر نكرده باشد، باید ثبت شود.
10उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।
10 علاوه بر این، او باید در امور خیریه، از قبیل پرورش اطفال، مهمان‌نوازی، شستن پاهای مقدّسین، دستگیری ستمدیدگان و انجام هر نوع نیكوكاری شهرت داشته باشد.
11तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा न लेख। तिनीहरूले आफूलाई ख्रीष्टमा सर्मपित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्।
11 نام بیوه‌زنهای جوان‌تر ثبت نگردد؛ زیرا به محض اینکه هوی و هوس آنها را از مسیح دور سازد، علاقه‌مند به ازدواج می‌شوند
12तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ।
12 و از اینکه پیمان قبلی خود را با مسیح می‌شكنند، محكوم خواهند شد.
13यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।
13 گذشته از این یاد می‌گیرند كه خانه به خانه بگردند و بیكار باشند. نه فقط بیكار بلكه سخن‌چین و فضول و چیزهایی می‌گویند كه گفتن آنها شایسته نیست.
14यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।
14 پس عقیدهٔ من این است، كه بیوه‌زنهای جوان ازدواج كنند و صاحب فرزندان شوند و خانه‌داری نمایند تا به دشمنان ما فرصت بدگویی ندهند.
15कतिपय तरूणी विधवाहरू शैतानको अनुसरण गर्न र्फकिसकेकाछन्।
15 زیرا بعضی از بیوه‌زنها قبل از این هم منحرف شده و به دنبال شیطان رفته‌اند.
16यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँचो अर्थमा अभावग्रस्त विधवा छन्।
16 اگر زن ایمانداری، خویشاوند بیوه داشته باشد باید ایشان را یاری دهد كه بر كلیسا تحمیل نگردند تا كلیسا به بیوه‌زنهای حقیقی كمک نماید.
17अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।
17 رهبرانی را كه به خوبی رهبری می‌کنند مخصوصاً آنانی كه در وعظ و تعلیم زحمت می‌کشند، باید مستحقّ دریافت مزد دو برابر دانست.
18किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।” अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”
18 زیرا کتاب‌مقدّس می‌فرماید: «دهان گاوی را كه خرمن می‌كوبد، نبند» و «كارگر مستحق مزد خود می‌باشد.»
19यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन।
19 هیچ ادّعایی علیه یكی از رهبران نپذیر، مگر آنکه به وسیلهٔ دو یا سه شاهد تأیید شود.
20जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
20 آنانی را كه در گناه پافشاری می‌کنند، در حضور همه توبیخ كن تا دیگران عبرت گیرند.
21परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।
21 در حضور خدا و عیسی و فرشتگان برگزیده تو را موظّف می‌سازم كه دستورهای فوق را بدون غَرَض نگاه داشته و هیچ كاری را از روی تبعیض انجام ندهی.
22धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
22 در دستگذاری كسی برای خدمت خداوند عجله نكن و در گناهان دیگران شریک نباش، خود را پاک نگه‌دار،
23तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।
23 و از این پس فقط آب ننوش بلكه كمی هم شراب بخور تا شكم تو را تقویت كند، زیرا اغلب مریض‌ هستی.
24कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ।
24 گناهان بعضی‌ها اكنون آشكار است و آنها را به سوی كیفر می‌کشاند، امّا گناهان دیگران بعدها معلوم خواهد شد. همچنین کارهای نیک نیز آشكار می‌باشند و حتّی اگر اكنون آشكار نباشند نمی‌توان آنها را تا به آخر پنهان نگاه داشت.
25मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।
25 همچنین کارهای نیک نیز آشكار می‌باشند و حتّی اگر اكنون آشكار نباشند نمی‌توان آنها را تا به آخر پنهان نگاه داشت.