Nepali

Persian

2 Chronicles

31

1निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
1 پس از پایان مراسم، تمام مردم اسرائیل که در آنجا حضور داشتند به تمام شهرهای یهودا رفتند و بُتها را شکستند. الههٔ اشره را نابود کردند و همهٔ پرستشگاههای بالای تپّه‌ها و قربانگاههایی را که در یهودا، بنیامین، افرایم و منسی بودند، ویران کردند. بعد همگی به شهر و خانه‌های خود بازگشتند.
2पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।
2 حزقیای پادشاه، وظایف کاهنان و لاویان را سازمان داد و وظایف هرکس را مشخص کرد. وظایف شامل تقدیم هدایای سوختنی و سلامتی و خدمت در دروازه‌های اردوی خداوند و شکرگزاری و ستایش بود.
3हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।
3 پادشاه از گلّه و رمهٔ خود، برای قربانی سوختنی در صبح و عصر و روزهای سبت و جشن ماه نو و تمام مراسم دیگر که طبق قانون خداوند بود، حیواناتی هدیه کرد.
4मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।
4 پادشاه به مردم اورشلیم فرمان داد تا سهم کاهنان و لاویان را پرداخت کنند تا ایشان بتوانند خود را وقف اجرای قوانین خداوند کنند.
5देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए।
5 بلافاصله بعد از صدور این فرمان، مردم اسرائیل سخاوتمندانه، هدایایی از نوبر غلاّت، شراب، روغن زیتون، عسل و دیگر محصولات کشاورزی و همچنین ده در صد آنچه را که داشتند، آوردند.
6यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।
6 مردم اسرائیل و یهودا که در شهرها زندگی می‌کردند، همچنین ده درصد از رمه و گوسفندان و مقدار فراوانی هدایای دیگر را به خداوند، خدای خود تقدیم کردند.
7मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।
7 از ماه سوم مردم شروع به هدیه آوردن کردند و تا چهار ماه هدایا به روی هم انباشته می‌شدند.
8जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
8 هنگامی‌که حزقیا و افسران او دیدند که مردم چقدر هدیه آورده‌اند، خداوند را ستایش کردند و از مردم سپاسگزاری نمودند.
9तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे।
9 حزقیا از کاهنان و لاویان در مورد هدایا پرسید.
10अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”
10 عزریا، کاهن اعظم که از خانوادهٔ صادوق بود پاسخ داد: «از زمانی که مردم آغاز به آوردن هدایا‌ها به معبد بزرگ کرده‌اند، ما به اندازهٔ کافی برای خوردن داشته‌ایم و مقدار زیادی نیز ذخیره کرده‌ایم، زیرا خداوند مردم را برکت داده است و به همین دلیل است که مقدار فراوانی باقیمانده است.»
11तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
11 آنگاه حزقیا به ایشان فرمان داد تا در معبد بزرگ انبارهایی تهیّه کنند و ایشان آنها را آماده کردند
12तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।
12 و همهٔ هدایا و ده در صدها را وفادارانه در آنجا نگهداری و حفظ کردند و ایشان یکی از لاویان به نام کننیای را مسئول آنها و برادرش، شمعی را به عنوان دستیار وی گماشتند.
13कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।
13 ده نفر از لاویان تعیین شدند تا زیرنظر ایشان خدمت کنند که نامهای ایشان عبارت بودند از: یحیئیل، عزریا، نحت، عسائیل، یریموت، یوزاباد، ایلیئیل، یسمخیا، محت و بنایاهو. همهٔ این کارها تحت‌نظر حزقیای پادشاه و عزریا، کاهن اعظم انجام گرفت.
14ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।
14 قوری پسر یمنهٔ لاوی فرمانده نگهبانان دروازهٔ شرقی معبد بزرگ، مسئول دریافت و تقسیم هدایایی که برای خداوند می‌آوردند، بود.
15एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।
15 در شهرهای دیگری که کاهنان زندگی می‌کردند، عِیدَن، منیامین، یشوع، شمعیا، امَریا و شکنیا دستیار او بودند، که با صداقت در توزیع آذوقه میان لاویان طبق وظایف ایشان سهم می‌دادند.
16यी मानिसहरूले चीज-बीजहरूको संग्रह तीन वर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो।
16 همچنین برای تمام پسران سه ساله و بالاتر که نام آنها در شجره‌‌نامه بود برحسب گروه و وظایفی که در معبد بزرگ انجام می‌دادند، سهمی تعلّق می‌گرفت.
17पूजाहारीहरूलाई संग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई संग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।
17 نامهای کاهنان بر حسب خاندان و نام لاویان بیست ساله و بالاتر بر حسب وظایف و گروههای ایشان ثبت شده بود.
18लेवी का नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि संग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।
18 کاهنان با همسران و کودکان، پسران و دختران ایشان ثبت نام شده بودند، زیرا ایشان وفادارانه خود را مقدّس نگاه می‌داشتند
19हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई संग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले संग्रहका अंश पाउँथे।
19 برای بازماندگان هارون، کاهنانی که در کشتزارهای اشتراکی در شهرهای خود بودند، کسانی برگزیده شدند تا سهم کاهنان و لاویانی را که ثبت نام شده بودند، به ایشان بدهند.
20यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।
20 حزقیای پادشاه در سراسر یهودا چنین کرد، او آنچه در برابر خداوند، خدای خود نیکو، راست و وفادارانه بود، انجام داد. او در پیروی از خدا هر کاری که برای خدمت معبد بزرگ و مطابق با فرامین و قوانین خدا بود، با تمامی دل انجام می‌داد و کامیاب می‌شد.
21तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे - परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।
21 او در پیروی از خدا هر کاری که برای خدمت معبد بزرگ و مطابق با فرامین و قوانین خدا بود، با تمامی دل انجام می‌داد و کامیاب می‌شد.