Nepali

Persian

2 Kings

20

1त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आवेश्यकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।”‘
1 در آن روزها حزقیا تا سرحد مرگ بیمار شد. اشعیای نبی، پسر آموص نزد او رفت و گفت: «خداوند می‌فرماید: کارهایت را سر و سامان بده، زیرا تو خواهی مرد و بهبود نخواهی یافت.»
2हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थन् गरे अनि भने,
2 آنگاه حزقیا روی به سوی دیوار نمود و چنین دعا کرد:
3“परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।
3 «اکنون ای خداوند، من به تو التماس می‌کنم، به یاد آور که من چگونه با وفاداری و با تمام قلبم در برابر تو گام برداشته‌ام و آنچه را در نظر تو نیک بود، انجام داده‌ام.» حزقیا به تلخی گریست.
4यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो,
4 قبل از اینکه اشعیا از حیاط میانی کاخ خارج شود، کلام خداوند بر او آمد:
5“फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।
5 «بازگرد و به حزقیا رهبر قوم من بگو، خداوند خدای جدّت داوود چنین می‌گوید: 'من دعای تو را شنیده‌ام و اشکهای تو را دیده‌‌ام، من تو را شفا خواهم داد، در روز سوم برخیز و به معبد بزرگ برو.
6अनि म तिम्रो जीवनमा 15 वर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।”‘
6 من پانزده سال به عمر تو می‌افزایم. من تو را و این شهر را از دست امپراتور آشور رهایی می‌بخشم و من به‌خاطر خودم و خدمتگزارم داوود از این شهر دفاع خواهم کرد.'»
7तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।” यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।
7 اشعیا گفت: «خمیری از انجیر بیاورید و روی دُمَل او بگذارید تا خوب شود.»
8हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”
8 حزقیا از اشعیا پرسید: «نشانهٔ شفای من از طرف خداوند چیست؟ و من چگونه بعد از سه روز به معبد بزرگ بروم؟»
9यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।”
9 اشعیا پاسخ داد: «خداوند به تو نشانه‌ای خواهد داد تا به تو ثابت شود که او به وعدهٔ خود وفا می‌کند. حالا می‌خواهی که سایه روی پلّه‌ها ده پلّه جلو برود یا عقب؟»
10हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।”
10 حزقیا گفت: «این آسان است که سایه را ده پلّه جلو برد، آن را ده پلّه به عقب بازگردان.»
11तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलो को छायाँ दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।
11 اشعیا نزد خداوند دعا کرد و خداوند سایه را ده پلّه از روی پلّه‌ای که آحاز پادشاه ساخته بود، به عقب بازگرداند.
12त्यस समयमा बलदानका छोरा बरोदक बलदान बाबेलका राजा थिए। उनले पत्रहरू र एउटा उपहार हिजकियाहका लागि पठाए। बरोदक बलदानले यस्तो यसकारण गरे किनभने उनले सुनेका थिए हिजकियाह बिरामी भएका छन्।
12 در آن زمان مرُودَک بَلَدان (پسر بلدان پادشاه بابل) چون شنید حزقیا بیمار است، نمایندگان خود را همراه با نامه و هدیه‌ای نزد او فرستاد.
13हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।
13 حزقیا به آنها خوش‌آمد گفت و همهٔ خزانه‌ها، نقره، طلا، ادویه‌جات، عطرهای گرانبها، زرّادخانهٔ خود، هرآنچه را در انبارها یافت می‌شد و هرچه در کاخ و قلمرو او بود به آنها نشان داد.
14तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?” हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”
14 آنگاه اشعیای نبی نزد حزقیای پادشاه رفت و پرسید: «این مردان چه می‌گفتند؟ و از کجا آمده بودند؟» حزقیا پاسخ داد: «ایشان از سرزمینی دور آمده‌اند، از بابل.»
15यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?” हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईंन।”
15 اشعیا پرسید: «ایشان در کاخ تو چه دیدند؟» حزقیا پاسخ داد: «ایشان هرآنچه را در کاخ من بود، دیدند. هیچ چیزی در انبارهای من نیست که به آنها نشان نداده باشم.»
16तब यशैयाहले हिजकियाहलाई भने, “परमप्रभुबाट यो सन्देश सुन।
16 آنگاه اشعیا به پادشاه گفت: «خداوند قادر مطلق می‌فرماید:
17समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।
17 زمانی فرا خواهد رسید که هرآنچه در کاخ توست و آنچه نیاکان تو تا به امروز ذخیره کرده بودند، به بابل حمل خواهد شد و هیچ چیز باقی نخواهند ماند.
18बाबलीहरूले तिम्रो छोराहरूलाई लग्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुंसक हुनेछन्।”
18 بعضی از پسران تو را به اسارت خواهند برد، ایشان را خواجه خواهند کرد تا در کاخ پادشاه بابل خدمت کنند.»
19तब हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुको यो सन्देश राम्रो छ।” हिजकियाहले यस्तो पनि भने, “त्यो राम्रो हो यदि मेरो जीवन कालमा साँच्चो शान्ति हुनेछ।”
19 حزقیا پاسخ داد: «کلام خداوند که گفتی نیکوست.» زیرا او با خود اندیشید: «چرا که نه؟ زیرا در زمان من صلح و امنیّت برقرار خواهد بود.»
20सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कूलोहरू बनाउने काम छन् सबको विषयमा ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ।
20 کارهای دیگر حزقیای پادشاه، شجاعتهای او و چگونگی ساختمان استخر و حفر قنات برای آوردن آب به شهر، در کتاب تاریخ پادشاهان یهودا نوشته شده است. حزقیا درگذشت و پسرش منسی جانشین او شد.
21हिजकियाहको मृत्युभयो अनि उनलाई उनका पिता-पुर्खाहरूसँगै गाडियो। अनि हिजकियाहको छोरा मनश्शे उनीपछि नयाँ राजा भए।
21 حزقیا درگذشت و پسرش منسی جانشین او شد.