Nepali

Persian

2 Kings

21

1मनश्शे बाह्र वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 वर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।
1 منسی دوازده ساله بود که به سلطنت رسید. او مدّت پنجاه و پنج سال در اورشلیم پادشاهی کرد و مادرش حِفصیبه نام داشت.
2मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोडनु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।
2 او کارهایی کرد که در نظر خداوند زشت بود. از کارهای شرم‌آور اقوامی که خداوند آنها را از سر راه قوم اسرائیل راند، پیروی نمود.
3मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे।
3 زیرا او پرستشگاههای بالای تپّه‌ها را که پدرش حزقیا ویران کرده بود، دوباره آباد کرد و قربانگاهی برای بعل ساخت. مانند اخاب، پادشاه اسرائیل الههٔ اشره را پرستش می‌کرد و حتّی ستارگان را می‌پرستید.
4मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”
4 در معبد بزرگ خداوند، در همان‌ جایی که نام خداوند را بر خود داشت، او قربانگاههایی برای خدایان دیگر ساخت.
5मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए।
5 در هر دو صحن معبد بزرگ خداوند، قربانگاههایی برای پرستش ستارگان بنا نمود.
6मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे। मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।
6 او پسر خود را در آتش قربانی کرد و فالگیری و افسونگری می‌کرد و با جادوگران و احضارکنندگان ارواح مشورت می‌نمود.
7मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद द दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु।
7 الههٔ اشره را در معبد بزرگی که خداوند به داوود و پسرش سلیمان گفته بود: «اینجا در اورشلیم، در این معبد بزرگ که مکانی است که من از تمام سرزمین‌های دوازده طایفهٔ اسرائیل برگزیده‌ام تا من ستایش شوم، جای داد.
8म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।”
8 اگر مردم اسرائیل از همهٔ فرامین من و تمام شریعتی که موسی خدمتگزار من به ایشان داد، پیروی کنند آنگاه من اجازه نخواهم داد که ایشان را از سرزمینی که به نیاکانشان دادم بیرون کنند.»
9भनें तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खतम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।
9 مردم اسرائیل به کلام خداوند گوش ندادند. منسی آنها را به راههایی برد که مرتکب کارهای زشت‌تری شدند و کارهای آنها بدتر بود از کارهای اقوامی که خداوند از سر راهشان رانده بود.
10परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः
10 خداوند به وسیلهٔ خدمتگزارانش یعنی انبیا گفت:
11“यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।
11 «زیرا منسی، پادشاه یهودا کارهای پلیدی را که بدتر از اموری‌ها بود، انجام داد و با بُتهای خود مردم یهودا را به گناه کشید.
12यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै संकट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ।
12 بنابراین من، خداوند خدای اسرائیل چنان بلایی بر اورشلیم و یهودا نازل کنم که هرکس آن را بشنود، ترسان شود.
13म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।
13 من اورشلیم را مانند سامره تنبیه خواهم کرد، چنانکه اخاب پادشاه اسرائیل و فرزندان او را تنبیه کردم و من اورشلیم را مانند ظرفی که پاک می‌کنند و برمی‌گردانند خواهم کرد.
14तर म मेरो बाँकी मनिसहरूलाई छोडनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुले पराजित गर्यानेछु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्।
14 من بازماندگان قوم را به دست دشمنانشان خواهم سپرد تا طعمهٔ آنان گردند و تاراج شوند.
15म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।
15 زیرا از روزی که نیاکانشان را از مصر بیرون آوردم تا به امروز ایشان آنچه را که از نظر من پلید بود، انجام دادند و خشم مرا برانگیختند.»
16अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।”‘
16 همچنین منسی آن‌قدر مردم بی‌گناه را کشت که در جاده‌های اورشلیم جوی خون جاری شد. او همچنین مردم یهودا را به راه بت‌پرستی کشاند و باعث شد که در مقابل خداوند مرتکب گناه شوند.
17सबै कामहरू जो मनश्शेले गरे जस्मा उनले गरेको पाप कामहरू पनि छ जस्को विषयमा ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
17 همهٔ کارهای دیگر منسی و گناهانی را که مرتکب شد، در کتاب تاریخ پادشاهان یهودا نوشته شده‌ است.
18मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए।
18 بعد از آن که منسی فوت کرد و به اجداد خود پیوست، او را در باغ قصرش، یعنی در باغ عُزا به‌ خاک سپردند، و پسرش آمون به جای او بر تخت سلطنت نشست.
19आमोन 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ वर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्।
19 آمون بیست و دو ساله بود که پادشاه شد و مدّت دو سال در اورشلیم سلطنت کرد. نام مادرش مُشَلمَت، دختر حاروص و از اهالی یهودا بود.
20आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो।
20 او مثل پدر خود منسی کارهایی کرد که در نظر خداوند زشت بودند.
21आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए।
21 در همهٔ امور از راه و روش پدر خود پیروی نمود و مانند او به بُتها خدمت کرد و آنها را پرستید.
22आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।
22 خداوند خدای اجداد خود را از یاد برد و در راه خداوند گام برنداشت.
23आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे।
23 خادمان آمون دسیسه کردند و او را در کاخش کشتند.
24साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।
24 امّا مردم یهودا همه توطئه‌گران را کشتند و پسر آمون، یوشیا را به جای او پادشاه ساختند.
25आमोनले गरेको अरू कामहरूको विषयमा ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
25 بقیّهٔ وقایع دوران سلطنت آمون در کتاب تاریخ پادشاهان یهودا نوشته شده‌ است. آمون در مقبره‌اش، در باغ عُزا به خاک سپرده شد و پسرش، یوشیا به جای او بر تخت سلطنت نشست.
26आमोनलाई उज्जाका बगैचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।
26 آمون در مقبره‌اش، در باغ عُزا به خاک سپرده شد و پسرش، یوشیا به جای او بر تخت سلطنت نشست.