1“प्रत्येक सात वर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ।
1
«در پایان هر هفت سال، باید وامهای بدهکاران خود را ببخشید.
2तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किन? किनभने परमप्रभुले यस वर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ।
2
هرکسی که از همسایهٔ اسرائیلی خود طلبی دارد، باید آن را ببخشد. او نباید وام خود را طلب کند، زیرا خود خداوند این قرض را لغو کرده است.
3तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ।
3
اگر یک نفر بیگانه از شما قرض گرفته باشد، میتوانید قرض خود را پس بگیرید؛ امّا هرگاه کسی از قوم خودتان به شما مقروض باشد، نباید آن را مطالبه کنید.
4तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै धेरै आशीर्वाद दिनु हुनेछ।
4
«پس در بین شما هیچکسی نباید به چیزی محتاج باشد، چرا که خداوند خدایتان شما را در سرزمینی که به شما داده است، برکت خواهد داد و حتّی یک نفر از مردم شما فقیر نخواهد بود.
5तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ।
5
اگر از او اطاعت کنید و دستورهایی را که امروز دادهام به دقّت انجام دهید،
6तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपिया हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।
6
خداوند شما را طبق وعدهاش برکت خواهد داد. شما به ملّتهای زیادی وام خواهید داد ولی مجبور نخواهید شد که از کسی قرض کنید. شما بر ملّتهای زیادی حکومت خواهید کرد امّا آنها بر شما حکومت نخواهند کرد.
7“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।
7
«اگر در سرزمینی که خداوند خدایتان به شما میدهد، در یکی از شهرهایش، اسرائیلی نیازمندی باشد، خودخواه نباشید و از کمک کردن به او کوتاهی نکنید.
8त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।
8
بلکه سخاوتمند باشید و به اندازهٔ نیازش به او وام بدهید.
9“सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।
9
از وام دادن به او بهخاطر نزدیکی سالی که وامها بخشیده میشود خودداری نکنید. اجازه ندهید چنین فکر پلیدی به ذهن شما راه یابد. اگر شما از دادن وام خودداری کنید، او علیه شما به درگاه خداوند ناله میکند و شما گناهکار شناخته خواهید شد.
10“तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।
10
با سخاوت و بدون خودخواهی به او وام دهید و خداوند شما را در هر کاری برکت خواهد داد.
11त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
11
همیشه افراد تنگدست و نیازمند اسرائیلی خواهند بود، پس من به شما فرمان میدهم با آنها سخاوتمند باشید.
12“यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रु मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ वर्षसम्म राख्न सक्छौ तर सातौं वर्षमा उसलाई मुक्त गर्नै पर्छ।
12
«هرگاه یک برادر یا خواهر اسرائیلی را بخرید، پس از شش سال خدمت، در سال هفتم باید او را آزاد کنید.
13तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन।
13
هنگامیکه او را آزاد میکنید، او را دست خالی نفرستید.
14तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।
14
با سخاوت از برکاتی مانند گوسفند، غلاّت و شراب، که خداوند به شما داده است به او بدهید.
15तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।
15
به یاد بیاورید که شما در مصر برده بودید و خداوند خدایتان شما را آزاد کرد و به همین دلیل است که به شما این فرمانها را میدهم.
16“तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन। उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ।
16
«امّا اگر او به شما بگوید که من نمیخواهم شما را ترک کنم، زیرا او شما و خانوادهٔ شما را دوست دارد،
17त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैंको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।
17
آنگاه او را به دَم در ببرید و گوش او را با درفشی سوراخ کنید و بعد از آن او برای همیشه بردهٔ شما میباشد. با کنیزان خود نیز چنین رفتار کنید.
18“कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, वर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।
18
هنگامیکه بردهای را آزاد میکنید، ناراحت نباشید؛ زیرا مدّت شش سال برای شما با نصف دستمزد یک کارگر استخدامی کار کرده است. این کار را انجام دهید و خداوند خدایتان شما را در همهٔ امور برکت خواهد داد.
19“तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउनै पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेडाहरूबाट ऊन कात्नु हुँदैन।
19
«همهٔ نخستزادهگان نر گاو و گوسفند را وقف خداوند کنید. از این گاوها کار نکشید و پشم این گوسفندان را نچینید.
20प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।
20
شما میتوانید گوشت آنها را هر ساله با خانوادهٔ خود در حضور خداوند خدایتان در مکانی که خداوند برای پرستش خود برگزیده، بخورید.
21“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।
21
امّا اگر این حیوانات معیوب باشند، اگر کور و لنگ باشند یا هر عیب جدّی دیگری داشته باشند، شما نباید آنها را برای خداوند خدایتان قربانی کنید.
22तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।
22
همهٔ شما میتوانید این حیوانات را در خانههای خود بخورید، چه پاک یا ناپاک باشید. همانطور که گوشت آهو یا غزال، را میخورید.
امّا خون آنها را نباید بخورید بلکه آن را مثل آب بر زمین بریزید.
23तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूँइमा पानी खन्याए जस्तै पोख्नु पर्छ।
23
امّا خون آنها را نباید بخورید بلکه آن را مثل آب بر زمین بریزید.