1“आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
1
«در ماه ابیب عید فصح را به احترام خداوند خدایتان بجا آورید، زیرا در همین ماه بود که خداوند خدایتان هنگام شب، شما را از سرزمین مصر بیرون آورد.
2परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ।
2
در عید فصح از رمه و گلّهتان برای خداوند خدایتان در مکانی که خداوند برای پرستش خود برگزیده، قربانی کنید.
3यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ।
3
شما نباید گوشت قربانی را با نانی که با خمیرمایه پخته شده باشد بخورید. هفت روز نان فطیر بخورید. این نان، یادگار روزهای مشقّتبار شما در مصر و خاطرهٔ روزی است که با عجله آن سرزمین را ترک کردید.
4यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहानभन्दा अघि नै खाई सक्नुपर्छ।
4
برای مدّت هفت روز هیچکس در سرزمین شما نباید خمیرمایه در خانهاش داشته باشد و گوشت حیوانی را که در عصر روز اول قربانی شده است، باید در همان شب بخورید.
5“परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन।
5
«در سرزمینی که خداوند خدایتان به شما میدهد، قربانی فصح را فقط در مکانی که خدا برای پرستش خود برگزیده، انجام دهید و نه جایی دیگر. در هنگام غروب قربانی کنید، زیرا در غروب بود که شما مصر را ترک کردید.
6तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ।
6
گوشت قربانی را در مکانی که خداوند برای پرستش خود برگزیده، بپزید و بخورید و صبح روز بعد به خانهٔ خود بازگردید.
7परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ।
7
مدّت شش روز بعد از آن نان فطیر بخورید. در روز هفتم همهٔ شما برای پرستش خداوند خدایتان جمع شوید و به هیچ کار دست نزنید.
8तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।
8
«هفت هفته بعد از آغاز فصل درو،
9“बाली काटून शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।
9
عید نوبر محصولات را برگزار کنید و هدایای داوطلبانه خود را به نسبت برکتی که خداوند خدایتان به شما داده است، برای احترام به او تقدیم کنید.
10तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ।
10
همه با فرزندان، خدمتکاران، لاویان، بیگانگان، یتیمان و بیوه زنانی که در شهرهای شما زندگی میکنند، در حضور خداوند شادی کنید. این کار را در مکانی که خداوند برای پرستش خود برگزیده، انجام دهید.
11परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।
11
مطمئن باشید که از این فرمانها پیروی میکنید و فراموش نکنید شما در مصر برده بودید.
12सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।
12
«عید خیمهها را بعد از آن که خرمن خود را کوبیدید و آب انگورها را گرفتید، برای هفت روز برگزار کنید.
13“खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ।
13
این عید را با فرزندان، خدمتکاران، لاویان، بیگانگان، یتیمان و بیوهزنانی که در شهرهای شما زندگی میکنند، برگزار کنید.
14आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ।
14
خداوند خدایتان را با برگزاری این جشن به مدّت هفت روز در مکانی که خداوند برای پرستش خود برگزیده، محترم بشمارید. شادمان باشید زیرا خداوند محصولات و کار شما را برکت داده است.
15परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।
15
«همهٔ مردان شما سه بار در سال برای پرستش خداوند در مکانی که خداوند برای پرستش خود برگزیده، در روزهای عید فصح، عید نوبر محصولات، و عید خیمهها جمع شوند. هر مرد باید هدیهای با خود بیاورد.
16“परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा वर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ।
16
هریک به اندازهٔ توانایی و برکتی که خداوند به او داده است.
17परमप्रभुले उसलाई कति धेरै आशिर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सएछ उसले बलि दिनुपर्छ।
17
«برای هر یک از طایفههایتان در شهرهایی که خداوند خدایتان به شما میدهد، قضات و مأموران را بگمارید تا مردم را عادلانه داوری کنند.
18“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
18
در داوری بیعدالتی نکنید، طرفداری ننمایید و رشوه نگیرید؛ زیرا رشوه، حتّی چشمان مردم دانا و صادق را کور میکند و اشخاص راستگو را دروغگو میسازد.
19जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्।
19
از عدالت کامل پیروی کنید تا در سرزمینی که خداوند خدایتان به شما میدهد، زنده بمانید و مالک آن شوید.
20उद्धारता अनि न्याय! तिमीहरूले सधैं असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।
20
«شما نباید ستون چوبی الههٔ اشره را در کنار قربانگاه خداوند خدایتان قرار دهید
و نباید هیچ ستون سنگی را برای پرستش برپا کنید. خداوند خدایتان از آن نفرت دارد.
21“जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन।
21
و نباید هیچ ستون سنگی را برای پرستش برپا کنید. خداوند خدایتان از آن نفرت دارد.
22परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।